Tuesday, August 18News That Matters

स्वास्थ्य

आज थप १ सय २ जना कोरोना संक्रमित निको भए

आज थप १ सय २ जना कोरोना संक्रमित निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  आज नेपालमा १ सय २ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ४ सय ६७ पुगेको हो । १ सय जना पुरुष र २ जना महिला डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३ सय ९९ जना पुरुष र ६८ जना महिला उपचारपछि निको भएका हुन् । १ न. प्रदेशमा ९१ जना,  २ न. प्रदेशमा १ सय ८६ जना, वाग्मती  प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, ५ न.  प्रदेशमा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना उपचारपछि निको भएका छन् । आज २ सय १३ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।...
थप २ सय १३ जना कोरोना संक्रमण पुष्टि

थप २ सय १३ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  आज नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्य ३ हजार ४ सय ४५ पुगेको हो । आज २ सय ९ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये आजसम्म ४ सय ६७ जना उपचारपछि निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुिष्ट, जेठ २५ गते ।  आज कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६ सय ४१ पुगेको हो । सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालीकोटका तीन जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना तथ्याङ्क हेर्न तल हेर्नुस् :...
आज उदयपुरमा फेला परेका ३ जना मध्ये बेलकाका दुइजना दम्पती

आज उदयपुरमा फेला परेका ३ जना मध्ये बेलकाका दुइजना दम्पती

समाचार, स्वास्थ्य
पूर्णपुिष्ट, जेठ २५ गते । आज उदयपुरमा बेलकामा फेला परेका दुई जना कोरोना संक्रमित एक दम्पती भएको बुझिएको छ । उनीहरु भारतबाट घर फर्किए र बेलका नगरपालिका–३ को एक क्वारेन्टाईनमा बस्दै आएको थियो । उनीहरु भारतमा ज्याला मजदुरी गर्ने बुझिएको छ । कोरोनाको कारण लकडाउन भएपछि नेपाल आएको थियो । उनीहरुको स्वव नमुना परिक्षण पठाएकोमा ३६ वर्षीय पुरुष र ३५ वर्षीय महिलाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुलाई विराटनगरको कोशी अस्पताल लैजाने तयारी भैरहेको जनाईएको छ । आज बेलका नगरपालिकामा २ र चौदण्डिगढि नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख भन्दा बढी

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  विश्वका विभिन्न देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । अहिलेसम्म विश्वभर कोरोना सैक्रमणबाट ४ लाख २ हजार भन्दा बढीको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ । अहिलसम्म विश्वका २ सय १३ देश र २ वटा अन्र्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरसबाट ६९ लाख ८२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये ३४ लाख १३ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । अहिलेसम्म भारतमा २ लाख ४७ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भईसकेका छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय नाघेको छ ।...
उदयपुरमा काेराेना संक्रमित थपियाे, बेलकामा दुई र चाैदण्डिगढीमा एकजना

उदयपुरमा काेराेना संक्रमित थपियाे, बेलकामा दुई र चाैदण्डिगढीमा एकजना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ । उदयपुरमा काेराेना संक्रमित थपिएकाे छ । जिल्लाकाे बेलका नगरपालिकामा २ र चाैदण्डिगढि नगरपालिकामा १ गरि ३ जना थपिएकाेे हुन् । अब उदयपुरमा संक्रमितकाे संख्या ३६ पुगेकाे छ । स्वास्थ्य कार्यालय उदयपुर प्रमुख माेहन सुवेदिले ३ जना थपिएकाे खबरपछि संक्रमितकाे व्यवस्थापनमा लागेकाे बताउनुभयाे । बेलकाका भारतबाट अाई क्वारेन्टाईनमा बसेकामा ३२ वर्षका दुईजनामा संक्रमण देखिएकाे बुझिएकाे छ भने चाैदण्डिकाे स्थानीय १ जना भएकाे बुझिएकाे छ । गत जेठ २ गते संक्रमित ३३ जना पुगेपछि थपिएकाे थिएन । भारतबाट अाउने उदयपुरे नागरिकमा काेराेना संक्रमणकाे अासंका थियाे । गाईघाटकाे माेतिगडा क्वारेन्टाईनकाे ५४ जना भारतबाट अाएकाकाे रिपाेर्ट अाउन बाकि रहेकाे बुझिएकाे छ ।  ...
१ हप्तामा क्वरेण्टीनमा बसेका ६ जनाको मृत्यु

१ हप्तामा क्वरेण्टीनमा बसेका ६ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  सुदूरपश्चिम प्रदेशमा एक हप्तामा घर फर्किएर क्वरेण्टीनमा बसेका ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिमको ४ जिल्लामा ६ जनाको क्वरेण्टीनमा मृत्यु भएको हो । उनीहरुमध्ये  ३ जनाको कोरोना जाँच भएकोमा रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको कोरोना परिक्षण बाँकी नै रहेको जनाईएको छ । आज बिहान डोटीको केआईसिंह गाउँपालिकाको १९ वर्षीय पुरुषको मृत्यु भएको छ । सिताराम आधारभुत विद्यालयको क्वरेण्टीनमा बसेका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । मृतकको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर धनगढी पठाउने तयारी भइरहेको जनाइएको छ । यस्तै बैतडीमा पाटन नगरपालिका–६ भीमदत्त प्राविधिक शिक्षालयको क्वरेण्टीनमा बसेका ३१ वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मृतकको स्वाब परिक्षणका लागि धनगढी पठाउने तयारी भईरहेको छ । बैतडीमा यस...
पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा बस्नु पर्नेे

पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा बस्नु पर्नेे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  रसुवामा शंका लागेका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वरेन्टीनमा बस्नुपर्ने भएको छ । शंका लागेकाहरुको सुरुमा नै आरटी–पीसीआर गरिने भएकाले उनीहरूलाई रिपोर्ट नेगेटिभ आए पनि क्वरेन्टीनमै राखिने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कोरोना संक्रमितमा कोरोनाको लक्षण नदेखिएका कारण रिपोर्ट नेगेटिभ आएपनि १४ दिन क्वरेन्टीन बस्नै पर्ने जीवजीवे ग्रामीण अस्पतालले जनाएको छ । अहिले ४ सय ८७ जनाको आरडीटी परिक्षण गरिएको छ । अहिलेसम्म २७ जनाको स्वाब संकलन गरेर परिक्षणको लागी प्रयोगशाला पठाइएकोमा जसमा २४ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।...
कोरोना संक्रमणबाट सुरक्षित नेपालको ७ जिल्ला

कोरोना संक्रमणबाट सुरक्षित नेपालको ७ जिल्ला

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  अहिलेसम्म कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नेपालको ७ जिल्ला सुरक्षित रहेको छ । १ न. प्रदेशको ओखलढुङ्गा र ईलाम, वाग्मती प्रदेशको रसुवा, ५ न. प्रदेशको रोल्पा, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको रुकुम पश्चिमका कोरोना संक्रमण फेला परेको छैन । हिजो एकै दिन कर्णाली प्रदेशको हुम्ला,जाजरकोट, डोल्पा, गण्डकी प्रदेशको गोरखा र कास्कीमा  पहिलो पटक कोरोना संक्रमण पुष्टि भएसँगै नेपालको ७० जिल्लामा संक्रमित भेटिएका छन् । २ न. प्रदेश र सुदूरपश्चिम प्रदेशका सवै जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो एकै दिन थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । उक्त संक्रमित मध्ये ३ सय ६५ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएईसकेको छ ।...
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ३८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपएिकाहरुमा स्याङ्जाको वालिङ नगरपालिका २९,४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षका पुरुष रहेका छन् भने भीरकोट नगरपालिकाका ४५ वर्षका पुरुष रहेका छन् । उनीहरु पालिकाकै क्वरेन्टीनमा बस्दै आएका छन् । यसैगरी बाग्लुङका बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, १६ र १ जना उमेर नखुलेका पुरुष रहेका छन् भने ढोरपाटन नगरपालिकाका १ जना २६ वर्षका पुरुष रहेका छन् । त्यस्तै गोरखाको गण्डकी नगरपालिकाका संक्रमितहरुमा २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षका पुरुष रहेका छन् । त्यस्तै पालुङटारका १७ वर्षका पुरुष रहेका छन् । त्यस्तै नवलपरासी सुस्तापू...