Thursday, May 28News That Matters

स्वास्थ्य

काेराेना विरूद्ध गाउँमा उदाहरणीय काम

काेराेना विरूद्ध गाउँमा उदाहरणीय काम

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । उदयपुरको त्रियुगा नगरपालिका ६ को एउटा गाउँमा गाउँलेहरुले कोरोना संक्रमण विरुद्धको अभियान उदाहरणीयरुपमा सञ्चालन गरेका छन् । उनीहरुले बोझे, मोहनपुर, माटिखेर गाउँलाई समेटेर गाउँमै थन थर्मोमिटरले ज्वारो नाप्ने, कोरोना संक्रमणबारे जनचेतना दिने काम गरिरहेका छन् । घरेलु तथा साना उद्योग महासंघ उदयपुरसंगको व्यवस्थापन र स्थानीय युवाहरुको सक्रियतामा थालिएको कार्यले स्थानीय खुसी बनेका छन् । गाउँलेहरु र बटुवाहरु समेतलाई ज्वारो नाप्ने र कोरोनबारे सचेतना दिने गरेको घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो । गाउँलाई कोरोना संक्रमण हुनबाट बचाउन र लापरवाहीलाई रोक्न यस्ता अभियान थालिएको युवाहरुको भनाई छ । यस्तो कार्य थालिएपछि गाउँमा लापरवाहीपन हट्नुका साथै जाँडरक्सी खाएर होहल्ला गर्ने क्रम रोकिएको छ । गाउँभित्रै रहेको केके लाइम फ्याक्ट्रीले ज्वा...
भुल्केमा १२५ काे स्वास्थ्य परिक्षण, कोरोना लक्षण देखिए

भुल्केमा १२५ काे स्वास्थ्य परिक्षण, कोरोना लक्षण देखिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ ।        कोरोना संक्रमित स्थान भुल्केमा आज भएको स्वास्थ्य परिक्षणमा कसैको पनि कोरोना संक्रमणको लक्षण फेला परेन । सामान्य स्वास्थ्य शिविरकै रुपमा गरिएको स्वास्थ्य परिक्षणमा भुल्केका एकसय २५ जनाको स्वास्थ्य परिक्षण भएकोमा कसैमा पनि कोरोनाको लक्षण देखा नपरेको जिल्ला अस्पताल उदयपुरका प्रमख डाक्टर निमित्त मेडिकल सुपरिटेनडेन्ट जिवनारायण मण्डलले जानकारी दिनुभयो । त्यहाँ ७३ महिला र ५२ पुरुष गरी १ सय २५ जनाको स्वास्थ्य जाँच भएको उहाँले बताउनुभयो ।        स्वास्थ्य जाँच गराएकाहरुमा प्रेसर, सुगर र अन्य सामान्य विमारीहरु आएका थिए । केही गर्भवतीको पनि चेक भएको थियो । चेकमा गम्भिर अवस्थाको विरामी नभएको डाक्टर मण्डलले बताउनुभयो । विशेष गरी उक्त ठाउँ कोरोना संक्रमित स्थान भएपनि चेकमा आएका मानिसहरु कसैमा कोरोनाको लक्षण नदेखिएको उहाँले बताउनुभयो । कोरोनाको लक्षण भेटिएको अवस्थामा अस्प...
कोरोना संक्रमित फेला परेपछि गाउँपालिका ‘सिल’

कोरोना संक्रमित फेला परेपछि गाउँपालिका ‘सिल’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १२ गते ।  भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित फेला परेपछि गाउँपालिका ‘सिल’ गरिएको छ । हगापा–६ होम्ताङ्गका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका प्रवेश, बाहिरिन तथा आवतजावतमा पूर्ण रुपले बन्द गरिएको प्रशासनले जनाएको छ । आज बसेकोे जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र संखुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन  गरेर कडाइ गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन भोजपुरले जनाएको छ । गत फगुन ३० गते साउदी अरबबाट काठमाडौं हुँदै होम्ताङ्ग घर आइपुगेको थियो । उनको ‘ट्राभल हिस्ट्रि’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा परीक्षणको दायरा बढाउनेबारे छलफल भएको थियो । उनका परिवारका सदस्य र सम्पर्कमा रहेकाहरू र वरपरको क्षेत्रमा कोरोना परीक्षणको लागि विज्ञ चिकित्सकसहित आरडीटी किट, पीपीई सेट, स्यानिटाइजर, एन–९५...
०५५ एसएलसी व्याजी, गाइघाटकाे सुरक्षाकर्मीलाइ सेनिटाइजर र मास्स सहयाेग

०५५ एसएलसी व्याजी, गाइघाटकाे सुरक्षाकर्मीलाइ सेनिटाइजर र मास्स सहयाेग

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । नागरिक सुरक्षाका लागि अग्रपंतीमा खट्ने सुरक्षाकर्मी अहिले कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा पनि अग्रपंतीमै खटिरहेका छन् । कोरोनाको संक्रमणको उच्च जोखिममा पनि खट्ने उनीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुगोस् भन्ने हेतुले २०५५ एसएलसी ब्याजी समुह, गाइघाटले सुक्रबार सेनीटाइजर र मास्क उपलब्ध गराएको छ । सशस्त्र प्रहरी बल हेड क्वाटर, ५ नम्बर गण उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सेनिटाइजर र मास्क समुहको तर्फबाट उपलब्ध गराएका हो । सशस्त्र प्रहरीलाई ६० थान सेनीटाइजर र ३ सय थान मास्क तथा नेपाल प्रहरीलाई ६० थान सेनीटाइजर र २ सय मास्क उपलब्ध गराएको समुहले जनाएको छ । समुहका संयोजक सुनिल पोखरेल, सदस्यहरु उद्धव अधिकारी, राजेन्द्र अधिकारी र भोटराज राईले सशस्त्र प्रहरीका गणपती एसपी गाहरधन राई र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरलाई सामान हस्तान्तरण गरे...
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १२ गते । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । आठ लाख ८६ हजारभन्दा बढीमा सक्रमण पुष्टि भएको छ । अहिलेसम्म ८५ हजार नौ सय २२ जना निको भईसकेका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २७ लाख २५ हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै आठ लाख ८६ हजार सात भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा ५० हजार दुई सयभन्दा बढीको मृत्यु भईसकेको वल्डोमिटरले जनाएको छ । विश्वभरि २७ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा सात लाख ४५ हजार आठ सय १९ जना उपचारपछि निको भएका छन् । १७ लाख ८८ हजारभन्दा धेरैको उपचार भइरहेको छ ।...
मलेसियामा कोरोना सक्रमित २ जना नेपाली निको भए

मलेसियामा कोरोना सक्रमित २ जना नेपाली निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १२ गते ।  मलेसियामा कोरोना संक्रमित दुई जना नेपाली निको भएका छन् । अहिलेसम्म मलेसियामा तीन जना नेपाली श्रमिकमा कोरोना देखा परेपनि दुई जना निको भएको मलेसियाका लागी नेपाली दुतावासले जनाएको छ । तीन जना मध्ये एक जना संक्रमित अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको दुताबासले जनाएको छ । अहिलेसम्म मलेसियामा  पाँच हजार छ सय तीन जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये तीन हजार पाँच सय ४२ जना निको भएका छन् भने एक हजार नौ सय ६६ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट मलेसियामा ९५ जनाको मृत्यु भईसकेको छ ।...
भुल्केमा स्वाव लिइएका काेराेना संक्रमित ४ जना मोरङ, १ सप्तरीका, १२ भारतीय

भुल्केमा स्वाव लिइएका काेराेना संक्रमित ४ जना मोरङ, १ सप्तरीका, १२ भारतीय

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ । १ नं. प्रदेश सरकारले प्रदेश अन्तर्गत पुष्टि भएका कोरोना संक्रमित बारे जानकारी सार्बजनिक गरेको छ । उसले हालसम्म प्रदेशमा २८ जना संक्रमित भेटिएको जनाएको छ । जसमा २ महिला र २६ पुरुष रहेका छन् । जसमा १२ भारतीय (सबै पुरुष) र १६ जना नेपाली नागरिक (दुई महिलासहित) छन् । उनीहरु सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा स्वाव नमुना संकलन गरी परिक्षण गर्दा पोजेटिभ भेटिएको जनाएको छ । भुल्केमा स्वाव संकलन गरिए पनि उनीहरुको ठेगाना भने फरक फरक रहेको पाइएको छ । प्रदेश सरकारले जनाए अनुसार १२ जना भारतीय, जो दिल्लीको विभिन्न ठाउँबाट आएका हुन् । ४ जना मोरङका, १ जना सप्तरीका र बाँकी सबै उदयपुर भुल्केका छन् । संक्रमित सबैजनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार हुँदैछ । ती सबैको अवस्था सामान्य रहेको छ । हालसम्म प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । ...
कोरोना संक्रमित ८१ वर्षीया महिला सहित २ जना उपचारपछि निको भए

कोरोना संक्रमित ८१ वर्षीया महिला सहित २ जना उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ गते ।  नेपालमा थप दुईजना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । ८१ वर्षीया जेष्ठनागरिक र र ५८ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किएका हुन् । पाटन अस्पतालमा उपचारार्थ पेप्सीकोलाको सनसीटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षीय महिला र ५८ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु एकै परिवारका हुन् । उनीहरुसँगै नेपालमा कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
थप एक जनामो कोरोना संक्रमण पुष्टि

थप एक जनामो कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ गते ।  आज जनकपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जनकपुरको १४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसहित देशमा संक्रमितको संख्या ४७ पुगेको हो ।
२ वटा बिरालोमा कोरोना संक्रमण

२ वटा बिरालोमा कोरोना संक्रमण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ गते ।  न्युयोर्कको दुई वटा घर पालुवा बिरालोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । बिरालोमा कोरोना संक्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । संघीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको संक्रमण पाइएको यो पहिलो घटना हो ।...