Wednesday, August 19News That Matters

स्वास्थ्य

उदयपुरमा पनि थपिए ६ संक्रमित

उदयपुरमा पनि थपिए ६ संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ दोस्रो चरणको कारोना लहर सँगै पछिल्लो समय उदयपुरमा पनि ६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यलयका अनुसार एन्टिजिन विधिबाट ४ जना र पिसिआर बिधिबाट २ जना गरी ६ जना संक्रमित जिल्लामा थपिएको जनाएको छ ।बिहीबार दिउँसो कार्यालय परिषरमा एन्टिजिन विधीबाट ११ जनाको स्वाव परीक्षण गर्दा रौतामाई गाउँपालिका वडानं ५ का ६८ बर्षिय, त्रियुगा नगरपालिका ८ का ३३ बर्षिय पुरुष र त्रिनपा ६ का २६ र २८ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।यता ५ जनाको पिसिआर टेष्ट गर्दा २ जना पुष्टि भएको छ । यो सँगै जिल्लामा दोस्रोचरणको कोराना भाइरसको लहरबाट संक्रमित हुनेको संख्या बीस पुगेको छ । हालसम्म संक्रिय संक्रमितको संख्या १७ रहेको छ । स्थानीय तहसँगको समन्वयमा ९ जना होम आईसोलेसन र ८ जना क्वारेन्टिनमा बसेका छन् । ...
सास फेर्न गाह्रो भएमा  संक्रमितले यी कुराहरु अपनाउनुहोस् ।

सास फेर्न गाह्रो भएमा संक्रमितले यी कुराहरु अपनाउनुहोस् ।

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ कोरोनाले श्वासप्रश्वासमा समस्या पार्दै अन्तिममा मान्छेको ज्यान पनि लिन सक्ने भएकाले आफुलाई बलियो बनाउन श्वासप्रश्वासलाई निकै ध्यान दिन जरुरी छ । अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमीका कारण बिरामीको अवस्था नाजुक छ । यस अवस्थामा स्वास्थ्य अधिकारीले मानिसहरुलाई घरमा नै बसेर उपचार गराउन सल्लाह दिइरहेका छन् । डाक्टरले सास फेर्न समस्या हुँदा अस्पताल आइहाल्न आवश्यक नभएको बताइरहेका छन् । यदि अक्सीमिटरमा अक्सिजनको स्तर लगातार ९० भन्दा मुनी देखिएको छ भने मात्रै अस्पताल जान डाक्टरहरुको सल्लाह छ । यसका साथै जसलाई सास फेर्न समस्या भइरहेको छ, उनीहरुले केही विशेष कुरालाई ध्यानमा राख्न आवश्यक छ । यी कुराहरुबाट परै रहनुस । वेबएमडीको एक रिपोर्ट अनुसार शरीरमा अक्सिजनको कमी हुँदा ग्यास स्टोभ, मैनबत्ती, बिजुली वा ग्यास हिटरजस्ता चिजबाट ५ फिट टाढै रहनु पर्ने डाक्टरहरु सुझाउँछन्...
कोरोना खोप बेच्न नेपाललाई ४ कम्पनीको प्रस्तात, सरकार निर्णयमै अड्कियो

कोरोना खोप बेच्न नेपाललाई ४ कम्पनीको प्रस्तात, सरकार निर्णयमै अड्कियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ नेपाललाई कोरोना खोप बेच्न ४ कम्पनीहरुको प्रस्ताव आएपनि नेपालले यस बिषयमा निर्णय गर्न सकिरहेको अवस्था छैन । नेपालमा खोप प्रर्याप्त नहुँदा सर्वसाधरणहरुलाई खोप पुराउन नसकिरहेको अवस्थामा सरकार भने निर्णयमै अड्किरहेको अवस्था छ । नेपाललाई ‘रुस, चीन र भारतका दुई उत्पादकको खोप खरिदका लागि मूल्यसहितको प्रस्ताव पेस भइसकेको स्रोतले बताएको छ । नेपालको लागि ४ कम्पन्नीहरु कोभ्याक्सिन, भेरोसेल, स्पुतनिक–५ र कोभिसिल्ड गरी ४ कम्पनीको प्रस्ताव आएको छ । कोभ्याक्सिन र कोभिसिल्ड भारतको उत्पादन हो भने भेरोसेल चाइनाको र स्पुतनिक–५ भने रुसको रहेको स्रोतले उल्लेख गरेको छ । कोभ्याक्सिन कम्पनीको लागि नेपाली एजेन्ट हस्पिटेक इन्टरप्राईजेज, भेरोसेल कम्पनीका लागि चिनियाँ दुवासको समन्वय, स्पुतनिक–५ लोमसको लागि फर्मास्युटिकल्स, र कोभिसिल्डको लागि फर्मास्युटिकल्स नेपाली एजेन्ट मार्फत खोप खरिद...
परिक्षण गरिएकोमध्य ८० प्रतिशसम्म संक्रमण पुष्टि, नेपालगन्जमा घरघरमै संक्रमित

परिक्षण गरिएकोमध्य ८० प्रतिशसम्म संक्रमण पुष्टि, नेपालगन्जमा घरघरमै संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ नेपालमा परिक्षणगरिएको मध्ये ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि देखिएको छ । बाँके जिल्लाको नेपालगन्जमा परिक्षण गरिएको मध्य ८० प्रतिशत सम्मलाई संक्रमण पुष्टि देखिएको छ । नेपालगन्जको घरघरमै संक्रमितहरु फेला पर्न थालेको छ । प्रत्येक दिन परीक्षण गरिएका स्वाबका नमुनामध्ये ८० प्रतिशतसम्ममा संक्रमण पुष्टि भइरहेको हो । दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन् । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । यहाँस्थित प्रयोगशालाका अनुसार संक्रमितमध्ये धेरै सहरकै छन् । नेपालगन्ज उपमहानगरका भृकुटीनगर, कोरियनपुर र कारकाँदोका घरघरमै संक्रमित छन् । यी प्रमुख आवास क्षेत्र हुन् । यहीँ बसोबास गरिरहेका व्यक्ति संक्रमणको सिकार हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । स्थानीयले संक्रमण ‘भुसको आगो’ झैं फैलिरहेको बताएका छन् । ...
देशका  यी जिल्लाहरुमा निषेधज्ञा

देशका यी जिल्लाहरुमा निषेधज्ञा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ कोरोना संक्रमणको बृद्धि सँगै देशको बिभिन्न स्थानहरुमा निषेधज्ञा गर्नु पर्ने भएको छ । केहि जिल्लाहरुमा निषेधाज्ञा कार्यन्वयनमा आईसकेको अवस्था छ भने केहिले कार्यन्वयन गर्दै गरेको अवस्था छ । उपत्यकामा हिजै बाट निषेधज्ञा सुरु भएको छ । गृहमन्त्रालयबाट प्राप्त विवरणमा आजसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ । बाँके लगायतका केही जिल्लाले यसअघि नै आदेश जारी गरेका थिए भने धेरै जिल्लाले आजबाट लागू हुनेगरी एक हप्ताका लागि अत्यावयक बाहेकका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका छन् । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो। उक्त आदेश २० गतेसम्म जारी रहने छ। त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ। सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो। आदेश यही वै...
बाँकेमा ११ संक्रमितको एकै दिनमा मृत्यु

बाँकेमा ११ संक्रमितको एकै दिनमा मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ बाँकेमा कोरोना संक्रमित ११ जना एकै दिनमा मृत्यु भएको छ । उनिहरुको बिहिबार मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । आलीका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो । यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष ...
भारतमा कोरोना भयावह, एकैदिन ३६ सय कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना भयावह, एकैदिन ३६ सय कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ भारत यतिवेला विश्कै कोरोना हस्पट देश बन्न पुगेको छ । त्यहाँ एकै दिनमा ३६ सयको हाराहारीमा संक्रमितहरुको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमितहरुको संङख्या अन्य देशहरुमा उत्ति बढेको नसुनिएको अवस्थामा भारतमा भने दैनिक संक्रमित र मृत्युको खबरले दुखित बनाइरहेको छ ।छिमेकी देश समेत रहेको भारतको कोरोना बिकरलले नेपालमा पनि ठुलो त्रास छाएको छ । पहिलो चरणको कोरोना भाईरसको लहरमा यति धेरै संक्रमित नभएपनि दोस्रो लहरको कोरोना भाइरस महामारीको लहरका कारण भारतको अवस्था दिन प्रति दिन अति भयावह बन्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा त्यहाँ कोरोनाका कारण ३ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या एक करोड ८३ लाख ७६ हजार नाघेको ...
आईसियु सारिएको संक्रमित ३ दिन सम्म पनि क्लिनिकमै बस्न बाध्य

आईसियु सारिएको संक्रमित ३ दिन सम्म पनि क्लिनिकमै बस्न बाध्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ नेपालमा कोरोना उपचारमा थप चुनौति थपिँदै गएको छ । संक्रमितहरुको उच्च बृद्धि भईरहँदा उपचारमा सहज उपचारको लागि थप समस्या देखिन थालेको हो । बिरामी बढ्दै गएपछि प्रविधि, जनशक्ति, भौतिक सामाग्रि जस्ता बिभिन्न समस्याले बिरामीहरुले सहज उपचार पाउन सकिरहेको छैन् । बेड अभावका कारण बुटवलमा एक संक्रमितले हस्पिटलमा उपचार पाएनन् । सामान्य अवस्थामा रहेको विरामी थप समस्या आएपछि उनलाई आईसियु लैजान भनेका थिए । गत शुक्रबारदेखि कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा बेड खाली नभएपछि गम्भीर लामिछाने संक्रमित आफ्नो दिदिलाई तीन दिन घरमै लगेर राखे । सुरूका एक दुई दिन खासै समस्या नदेखिए पनि चौथो दिनदेखि उनको स्वास्थ्य गम्भीर बन्दै गयो । स्वास फेर्न गाह्रो भएपछि गम्भीरले गत मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल ल्याइपु¥याएका थिए । शुक्रबार ९० रहेको उनको अक्सिजन लेबल मंगलबार अस्पताल ल्याइ...
कोभिड-१९ संक्रमण रोक्न झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनाउने निणर्य

कोभिड-१९ संक्रमण रोक्न झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनाउने निणर्य

समाचार, स्वास्थ्य
पूणर्पुष्टि,वैशाख १५ विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बच्नका निम्ती प्रदेश १ को झापा जिल्लामा पूर्व तयारी गर्ने निणर्य भएको छ । जिल्लाका सबै स्थानीय तहमा कम्तिमा १ सय बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमताका अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरिने निणर्य भएको हो । एक साताभित्रै सबै स्थानीय तहले ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाले जानकारी दिनुभयो । अहिले झापामा १ सय ९३ बेड क्षमताको आइसोलेसन वार्ड सञ्चालनमा छ । प्रजिअ तिम्सिनाका अनुसार रोकथामको प्रयास स्वरूप सीमा नाकामा थप सुरक्षा व्यवस्था कडाइ गर्ने, अत्यावश्यक कामबिना नेपाल भारत आवतजावत बन्द गर्ने काम पनि भइरहेको छ । तिम्सिनाकाअनुसार जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापनका लागि डीसीसीएमसीको बैठकले काँकरभिट्टा न...
७० जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण, संक्रमित स्वास्थ्यकर्मीबाटै अन्य संक्रमितलाई उपचार

७० जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण, संक्रमित स्वास्थ्यकर्मीबाटै अन्य संक्रमितलाई उपचार

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १५ भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् । भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा कोरोना संक्रमित बढ्दै जाँदा जन शक्तिको भने प्रचुर अभाव रहेको डा. राजन पाण्डेले बताउनुभयो । पाण्डेले सातै जना चिकित्सकहरु इमेरजेन्सीमा कार्यरत रहेको जनाउनुभयो । यता बेडको पनि समस्या रहेको छ । करिब २ सयको हाराहारीमा कोरोना संक्रमितहरुका लागि बेड निर्माण गरिएको छ । सामान्य विरामीहरुको त अस्पतालले भर्ना नै लिएको छैन् । बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन, डा. पाण्डेले भन्नुभयो । अस्पतालमा हाल ४ सय जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सामाग्रीहरु खासै अभाव नरहेपनि जनशक्ति भने निर्क अभाव भएको अस्पतलाका प्रमुख डा.प्रकाश थापाले बताउनुभयो । ‘महामारी स...