Thursday, August 20News That Matters

स्वास्थ्य

पीसीआर परीक्षण गर्दा बढी शुल्क लिनेलाई कारवाही हुने

पीसीआर परीक्षण गर्दा बढी शुल्क लिनेलाई कारवाही हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १४ सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । तोके भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । सरकारले पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरे पनि केही निजी प्रयोगशाला तथा अस्पतालले बढी शुल्क लिइरहेका छन् । मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार रुपैया शुल्क तोकेको थियो । अहिले भने सरकारले दुई हजार रुपैयाँ शुल्क तोकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई बढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारवाही गर्नका लागि निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।...
भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण पुष्टि

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १४ भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि भएको उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर जानकारी दिएको हो । उहाँलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उहाँकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । गत २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका छन् भने साढे ९७ हजारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।...
कोरोनाबाट त्रिविका १ स्वास्थ्यकर्मीको मृत्यु

कोरोनाबाट त्रिविका १ स्वास्थ्यकर्मीको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १३ कोरोना संक्रमणबाट त्रिविका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया  महिला स्वास्थ्यकर्मीको मृत्यु भएको हो । उनलाई यहि असोज ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा निमोनिया, दम र थाइराइडको समस्या देखिएको अस्पतालले जनाएको छ । उनको अस्पताको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...
नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १३ नेपालमा आज थप एक हजार पाँच सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७६ हजार दुई सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार आठ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय १३ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा सात सय ३१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार तीन सय ७१ जना पुगेको छ । अब नेपालमा २० हजार तीन सय ९६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार सात सय ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।...
बालुवा निकालने क्रममा पुरिएर एक पुरुषको मृत्यु

बालुवा निकालने क्रममा पुरिएर एक पुरुषको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १३ वालिङमा आज बालुवा झिक्ने क्रममा पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा हुन् । उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालले जनाएको छ ।...
नेपालमा थप १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १२ नेपालमा आज थप एक हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५१ जनामा सङ्क्रमण देखिएको हो । गत २४ घण्टामा सात सय ४२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६ सय ४० जना पुगेको छ । अब नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।...
चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको  मृत्यु

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १२  चितवनमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा भरतपुर महानगरपालिका–७ का ५५ बर्षीय पुरुषको मृत्यु भएको हो । खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । आज दिउँसो १ः२० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।...
थप ९ प्रकारका स्यानिटाइजरमा खराब रसायन फेला

थप ९ प्रकारका स्यानिटाइजरमा खराब रसायन फेला

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १२ मानिसले प्रयोग गर्दै आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएको छ । बजारमा बिक्री वितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको छ । ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाण्डौ लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको हो । रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् । यसअगाडि पनि विभागले विभिन्न नौ कम्पनीका ह्यान्ड स्यानिटाइ...
नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ११ नेपालमा आज थप एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएको हो । गत २४ घण्टामा आठ सय ८५ जना निको भएर डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ । अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने संक्रमणको मृत्यु हुनेका संख्या चार सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।...
भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति थाप सेल्फ क्वरेण्टीनमा

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति थाप सेल्फ क्वरेण्टीनमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ११ नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बस्नुभएको छ । प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानसेनापति सेल्फ क्वरेण्टीनमा बस्नुभएको हो । शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको थियो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बस्नुभएको विज्ञप्तिमा उल्लेख छ ।...