Thursday, August 20News That Matters

स्वास्थ्य

मोरङमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० मोरङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालमा एक जनाको र एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । विराटनगर महानगरपालिका ४ की ६४ वर्षीया महिलाको कोशी अस्पतालमा हिजो बेलुकी मृत्यु भएको थियो । उनको आज बिहान पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर–११ की ४३ वर्षीया संक्रमित महिलाको हिजो बेलुकी मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको मृत्यु भ...
रुपन्देहीमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु

रुपन्देहीमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० रुपन्देहीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गतराति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि दुवै जनाको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको थियो ।...
भारतमा एकैदिन ८७ हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ८७ हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० भारतमा एकैदिन ८७ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ४० लाख २० हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको मृत्यु भएको छ ३१ लाख चार हजार भन्दा धेरै निको भईसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा दुई लाख ८८ हजार भन्दा बढी संक्रमित थपिएपछि विश्वमा कोरोना सङ्क्रमितको संख्या दुइ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ । आठ लाख ७८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने एक करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएको जनाईएको छ ।...
नेपालमा थप १३५४ जना कोरोना मुक्त

नेपालमा थप १३५४ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ नेपालमा आज एक हजार तीन सय ५४ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको छ । गत २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा अहिलेसम्मकै बढी १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा अहिलेसम्मकै बढी १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ नेपालमा अहिलेसम्मकै बढी आज एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा थप एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।...
रुपन्देहीमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

रुपन्देहीमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ रुपन्देहीमा कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका–८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका–७ का ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । ती महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आजै बिहान कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल उप–महानगरपालिका–८ का ७८ वर्षीय वृद्धको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत ४ गतेदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएको ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।...
नेपालको १२ वटा जिल्लामा ५ सय जना भन्दा बढी संक्रमित

नेपालको १२ वटा जिल्लामा ५ सय जना भन्दा बढी संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ नेपालको १२ वटा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी छ । काठमाण्डौ, ललितपुर, चितवन, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही र रुपन्देहीमा ५ सयभन्दा बढी सङ्क्रमित रहेको स्वास्थ्इ तथा जनासंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालको ६ वटा जिल्लामा एक जना पनि सङ्क्रमित छैनन् । ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्लामा सङ्क्रमित एक जना पनि संक्रमित नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । बिहीबार नौ सय १७ जना कोरोना सङ्क्रमणमुक्त भइ घर फर्केको छ । योसँगै अहिलेसम्म निको हुनेको संख्या २४ हजार दुई ७ पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार चार सय १३ रहेको मन्त्रालयले जनाएको छ ।...
बैतडीमा १ महिनामा ४९ जनामा स्क्रब टाइफस

बैतडीमा १ महिनामा ४९ जनामा स्क्रब टाइफस

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ बैतडीमा एक महिनामा ४९ जनामा स्क्रव टाईफसको विरामी फेला परेको छ । गत साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस पुुष्टि भएको जनाईएको छ । जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी जाँच गर्दा स्क्रब टाइफस देखिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनामै ४९ जनामा स्क्रब टाइफसको स...
विश्वमा कोरोना संक्रमणबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ विश्वमा कोरोना भाईरसको संक्रमणबाट सात हजार स्वास्थ्यकर्मीको मृत्यु भएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ । सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । मेक्सिकोमा अहिलेसम्म एक हजार ३ सय २० जना स्वास्थ्यकर्मीको मृत्यु भईसकेको जनाईएको छ । मेक्सिको पछि अमेरिकामा एक हजार ७७ जना, बेलायतमा ६ सय ४९ र ब्राजिलमा ६ सय ३४ स्वास्थ्यकर्मीको मृत्यु भईसकेको एमनेस्टीले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिलेसम्म भारतमा ५ सय ७३ र दक्षिण अफ्रिकामा २ सय ४० जनाको मृत्यु भईसकेको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीकै मृत्यु हुनुले समस्या थप बढ्दै जाने देखिएको एमनेस्टीले जनाएको छ ।...
उदयपुरमा स्वास्थ्यकर्मीमा पनि सरयाे कोरोना, जिल्लामा संक्रमितको संख्या ११२ पुग्यो

उदयपुरमा स्वास्थ्यकर्मीमा पनि सरयाे कोरोना, जिल्लामा संक्रमितको संख्या ११२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ ।  उदयपुरमा स्वास्थ्यकर्मीमा पनि कोरोना सरेको छ । त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाइनमा खटिएका एक सिनियर अहेबमा कोरोना सरेको हो । ४८ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना सरेको हो । विगत तीन महिनादेखि रातको समयमा खट्दै आएका उनको स्वाव परिक्षण गर्दा हिजो कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उनलाई क्वारेन्टाइनमा बस्न आएकाहरुबाट नै सरेको हुनसक्ने अनुमान गरिएको छ । त्रिनपा १ जोगिदह दरबन्दी भई हाल क्वारेन्टाइनमा रातीको समयमा खट्दै आएका थिए । उनी उदयपुरको पहिलो कारोना संक्रमित स्वास्थ्यकर्मी हुन् । कोरोना विरुद्धको लडाईमा अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मीहरु जोखिममा रहेको बेला उदयपुरको हकमा उनी पहिलो संक्रमित बन्न पुगेका छन् । उनी संक्रमित भएपछि उनको परिवारको कन्ट्राक ट्रेसिङ गरिएको त्रियुगा नगर स्वास्...