त्रियुगा नगरपालिकामा दर्ता नगरी संचालन गर्ने स्वास्थ्य संस्थाको अनुगमन
पूर्णपुष्टि, जेठ ६ । उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । आईतबार त्रिनपाका उप–प्रमुख महेश्वरी राईको नेतृत्वमा गरिएको अनुगमनमा धेरै जसो स्वास्थ्य संस्थाले नगरपालिकामा दर्ता नै नगरी संञ्चालन गर्दै आएको पाईएको छ ।
आज दिउँसो ३ बजे देखी नगरपालिकाले फार्मेसी, मेडिकल, क्लिनिक–पोलिक्लिनिक र आयुर्वेद गरी ११ वटा स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै जसो स्वास्य संस्थामा औषधी भण्डारन, फोहोर व्यवस्थापन र नविकरण तथा कागजी प्रकृयामा क्रुटि देखिएको उप–प्रमुख महेश्वरी राईले बताईन् ।
त्रिनपाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक उपेन्द्र कार्कीले अनिस आयुर्वेद पसल, शिवशक्ती मेडिकल, विश्वास मेडिकल, कटुवाल मेडिकल, रौता मेडिकल हल, रौता अस्पताल, मेडिकेयर पोलिक्लिनिक र अनिस आयुर्वेद पसलले नगरपालिका स्वास्थ्य शाखामा नविकरण नगरी संचालन ...









