Friday, August 14News That Matters

Breaking News 1

काठमाण्डौँ माहानगरपालिकाले दिने एम्वुलेन्स बितरणमा लिम्चुङबुङ गाउँपालिका पनि छनोट

काठमाण्डौँ माहानगरपालिकाले दिने एम्वुलेन्स बितरणमा लिम्चुङबुङ गाउँपालिका पनि छनोट

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ पुष । उदयपुरको पहाडी गाउँपालिका लिम्चुङबुङ गाउँपालिकाले काठमाण्डौँ माहानगरपालिका बाट एम्वुलेन्स पाउने भएको छ । गाउँपालिकाहरुमा माहानगरले वितरण गर्ने भनिएको एम्वुलेन्समा लिम्चुङबुङ गाउँपालिका पनि छनोटमा परेको हो । माहानगरपालिकाको सूचनामा लिम्चुङबुङ गाउँपालिका पनि एम्वुलेन्स वितरणमा छनोट परेको उल्लेख गरिएको छ । एम्वुलेन्स वितरण मापदण्ड अनूरुप लिम्चुङबुङ गाउँपालिकाले मापदण्ड पुरा गरेको भन्दै एम्वुलेन्स उपलब्ध गराउने माहानागरले जनाएको छ ।...
मृगौला रोगीका लागि उदयपुर अस्पतालमै हेमो डायलासिस सेवा सुरु

मृगौला रोगीका लागि उदयपुर अस्पतालमै हेमो डायलासिस सेवा सुरु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ३ पुष । जिल्ला अस्पताल उदयपुरले मृगौला पिडितहरुका लागि हेमा डायलासिस सेवा सुरु गरेको छ । लामो समयको प्रयासपछि अस्पतालले जिल्लामै डायलासिस सेवा सुरु गरेको हो । अस्पतालले ५ ओटा मेशिन सहित सेवा सुरु गरेको छ । मृगौला बिरामीहरुका लागि यो मेशिन अत्यावश्यक रहेको छ । मंगलबार संघिय सांसद तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काले हेमो डायलासिस सेवाको उद्घाटन गरेको हो । अस्पतालका मे.सु ज्ञानेन्द्र झाले अस्पतालमा झण्डै २ सय बढी डायलासिस गुर्नृ पर्ने बिरामीहरु रहेको जनाए । त्यस्ता बिरामीलाई धरान र बिराटनगर रेफर गर्नु बाहेक बिकल्प नरहेको भन्दै अब त्यो समस्या सामाधान भएको जनाए । अब भने जिल्लामै उक्त सेवा सुभारम्भ भएको समेत झाले जनाए । अस्पतालमा अहिले अत्याधुनिक मेशिनहरुको जोगाड हुँदै गर्दा सेवा दिन सहज बन्दै गएको हस्पिटलको विश्वास छ ।...
उदयपुरको बेलका र त्रियुगाबाट लागुऔषाध १५ एम्फुल र १३ केजी गाँजा सहित दुई युवा फक्राउ

उदयपुरको बेलका र त्रियुगाबाट लागुऔषाध १५ एम्फुल र १३ केजी गाँजा सहित दुई युवा फक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ पुष । उदयपुरमा दुई युवालाई लागु औषाध एम्पुल र गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिकाका रबिन राईलाई १३ केजी गाँजा र त्रियुगाको बिशाल राईलाई १५ एम्पुल नियन्त्रित लागुऔषाध सहित पक्राउ गरेको हो । त्रियुगा नगरपालिका ६ जलजलेबाट सोही नगरपालिका १० का २६ बर्षिय बिशाल राईको साथबाट ५ एम्पुल बु्रप्रेनोरफिन ५ एम्पुल फेनारगन र ५ एम्पुल डाईजेपाम गरी जम्मा १५ एम्पुल र दुई थान निडल सहितको रिरिन्ज पनि पनि नियन्त्रित लागुऔषाध सँगै बरामद भएको थियो भने, बेलका नगरपालिका ९ भचुवाका २९ बर्षिय रबिनको साथबाट १३ केजी बराबरको गाँजा बरामद भएको हो । निज दुवै जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
गाईघाटमा देवरथ ब्राण्डको तिन पाँग्रे इन्डियन सिटी रिक्सा लन्च

गाईघाटमा देवरथ ब्राण्डको तिन पाँग्रे इन्डियन सिटी रिक्सा लन्च

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ पुष । गाईघाटमा देवरथ ब्राण्डको तिन पाँग्रे इन्डियन सिटी रिक्सा लन्च भएको छ । आधिकारीक बिक्रेता कालिका अटो लिंक गाईघाटले उक्त ब्राण्डको तिन पाँग्रे अटो रिक्सा सोमवबार एक कार्यक्रमकोबीच लन्च गरेको हो । त्रियुगा नगर प्रमुख बसन्त बस्नेत र कालिका अटो लिंक गाईघाटका म्यानेजर डाईरेक्टर सुनिल कुमार ठाकुरले केक काटेर रिक्साको लन्च गरेका थिए । लन्च सँगै डाईरेक्टर ठाकुरले अन्य रिक्साको दाँजोमा देवरथ ब्राण्डका रिक्सा निकै सहज र सरल रहेको बताए । गाईघामा उक्त कम्पनीको रिक्सानै पहिलो पटक कालिकाले लन्च गरेको ठाकुरको भनाई छ । लन्चको क्रममा पहिलो ५० जना ग्राहकले हरेक अटो रिक्सा खरिदमा एउटा वाशिनमेशिन पाउने पनि ठाकुरले जानकारी गराए । कम्पनीले तत्काल अटो रिक्सा बुक गरी ५० जना भित्र परी वाशिनमेशीन समेत प्राप्त गर्न ग्राहकहरुलाई अनुरोध समेत गरेको छ । कालिका अटो लिंकका गाईघाटका म्यानेजर बिनो...
राष्ट्रिय काराँते खेलाडी उदयपुरकी अनुद्धारा उत्कृष्ट अंक ल्याउने तिन खेलाडीलाई १० हजार प्रदान

राष्ट्रिय काराँते खेलाडी उदयपुरकी अनुद्धारा उत्कृष्ट अंक ल्याउने तिन खेलाडीलाई १० हजार प्रदान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २ पुष । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कराते खेलाडी उदयपुरकी अनु अधिकारीले गाईघाटमा आयोजित प्रदेश स्तरीय कराते प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेकी छिन् । अधिकारी हाल अमेरिका स्थित न्यु योर्कमा कराते प्रशिक्षणको रुपमा छिन् । अधिकारीले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप रु १० हजार व्यक्तिगत रकम पुरस्कार बापत प्रदान गरेको हो । अधिकारी करातेमा निकै सफल खेलाडी हुन् । उनी हाल सम्म अन्तराष्ट्रिय स्तरको ५ खेलमा च्याम्पियननै भैसकेकी छिन् । तेस्रो सार्क अल स्टाईल ओपन कराँते च्याम्पियनशिप, जर्मन ओपन कराँते, थाईल्याण्ड ओपन डो कराँते, अस्ष्टिे«लियन ओपन कराँते र मार्शल आर्टस टे«डिशनल कराँते प्रतियोगिता गरी ५ ओटा खेलमा च्याम्पियन भैसकेकी छिन् । त्यो सँगै १३ औँ सागमा स्र्ण पदक, ११ औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक, ओपन सितेरियो कराँते कप हँ...
गाईघाटमा फुल रोपेर पार्किङ व्यवस्थापन सुरु

गाईघाटमा फुल रोपेर पार्किङ व्यवस्थापन सुरु

Breaking News 1
पूर्णपुष्टि, १ पुष । गाईघाटमा अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी सहितका निकाय लागि परेका छन् । अस्तव्यस्त बजार र सडकलाई व्यवस्थीत गर्ने बिषयमा केहि समय अगाडी मात्रै त्रियुगा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहित, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, ब्यपारी सहितको संयुक्त छलफलमा सडक पेटी र पार्किङको व्यवस्थापन गर्ने भनिएको थियो । सोही अन्तर्गत ट्राफिक प्रहरीले आजबाट लाईनिङ समेत हान्न थालेको हो । पार्किङ व्यवस्थापनका लागि अत्यादिक पार्किङ हुने स्थानमा ड्रमहरु राखेर व्यवस्थापन गरिएको छ । भने सुन्दर सहर निर्माणका लागि फुलहरु समेत रोपिएको छ । त्यो सँगै सडक दुर्घटना न्युनिकरणको सचेतना बोर्डहरु समेत राखिएको छ । उक्त कार्यको उद्घाटन नगर प्रमुख बसन्त वस्नेत, उपप्रमुख महेश्वरी राई, एसपी रमेश थापा र १६ नं वडाअध्यक्ष मान वहादुर राईले फुल रोपेर सुरु गरेको हो ।  ...
उदयपुर प्रदेश स्तरीय कराते प्रतियोगिता : १० पदक सहित सुनसरी च्याम्पियन

उदयपुर प्रदेश स्तरीय कराते प्रतियोगिता : १० पदक सहित सुनसरी च्याम्पियन

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १ पुष । उदयपुरमा भएको प्रथम कोशी अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगितामा सुनसरी च्याम्पियन बनेका छन् । शनिवार सम्पन्न प्रतियोगितामा सुनसरीले १० पदक प्राप्त गर्दै च्याम्पियन बनेको हो । त्यस मध्य ४ स्वर्ण, ५ रजत र १ कास्य सुनसरीले कब्जा गरे । त्यस्तै ४ स्वर्ण, १ रजत र १ कास्य गरी ६ पदक सहित सिराहा दोस्रो भएको छ भने २ स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त गर्दै झापा तेस्रो भएको छ । यता आयोजक त्रियुगा उदयपुर भने चौथो स्थानमै चित्त बुझाउनु पर्यो । आयोजक त्रियुगाले २ स्वर्ण ३ रजत र २ कास्य मात्रै प्राप्त चौथो स्थान बनाए । प्रतियोगितामा ६० पदकका लागि १२० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पुरुष तर्फ ३५, ४०, ४५, ५०, ५५, ६०, ६७ र ७५ केजी गरी ८ तौलमा र महिला तर्फ ३५, ४०, ४५, ५०, ५५, ६१ र ६८ गरी ७ तौलमा खेलाईएका थिए । प्रतियोगिताकी उत्कृष्ट खेलाडीहरुलाई नगद सहितको पुरस्कार समेत प्रद...
उदयपुरमा मदन भण्डारी राजमार्ग र सगरमाथा राजमार्ग ठप्प, जनजिवन प्रभावित

उदयपुरमा मदन भण्डारी राजमार्ग र सगरमाथा राजमार्ग ठप्प, जनजिवन प्रभावित

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ पुष । पहिचानवादीहरुले आह्वान गरेको बन्दले उदयपुर ठप्प भएको छ । जिल्लाको सगरमाथा राजमार्ग र मदन भण्डारी राजमार्ग बन्दकर्ताहरुले ठप्प पारेको छ । लामो दुरीको सवारी बन्द हुँदा यात्रुहरु अलपत्र परेको छ । आईतवार प्रारम्भीक बन्द गरेको पहिचानवादीहरुले आईतबारदेखी पूर्णतया बन्द सक्रिय बनाएको छ । जिल्लाको चौदण्डीगढी, बेलका, कटारी र सदरमुकाम गाईघाटमा यातायात बन्द गरिएको किरात राई यायोख्खा उदयपुरकी अध्यक्ष गंगा राईले बताईन् । उनले घुर्मि तथा हलेसी लगायत प्रदेश १ भरी पक्राउ गरेका गोपाल किराती सहितको नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाई नगरे बन्द थप शक्रिय बन्ने समेत चेतावनी दिए । पक्राउ परेका नेता कार्यकर्ता बिना सर्त तत्काल रिहाईको माग पहिचानवादीहरुले पक्राउ परेका गोपाल किराती सहित पहिचानवादी नेता कार्यकर्ताहरुलाई तत्काल रिहाईको माग राखिएको छ । सोही माग अनुरुप प्रदेश नं १ भरीनै प...
गोपाल किराती सहित नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न किरात गणराज्य मोर्चाको माग

गोपाल किराती सहित नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न किरात गणराज्य मोर्चाको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० मंसिर । किरात गणराज्य मोर्चाले पूर्व मन्त्री तथा किरात गणराज्य मोर्चाका संरक्षक पहिचानवादी नेता गोपाल किराती सहितका नेता कार्यकर्तालाई तत्काल रिहाईको माग राखेका छन् । कोशी प्रदेश ख्यारजी र किरात प्रदेशको माग सहित आन्दोलन गरिरहेका पहिचानपक्षधरहरुलाई प्रहरीले हलेसी बाट गोपाल किराती सहित पक्राउ गरेका थिए । तत्काल रिहाई नगरे आन्दोलनहरु थप सशक्त हुने चेतावनी समेत मोर्चाले दिएको छ । मोर्चाका सचिव किरन राई हस्तक्षर बिज्ञाप्तीमा पहिचानवादी नेता गोपाल किराती लगायत अन्य नेता कार्यकर्ताहरुलाई हलेसी बाट पक्राउ गरी अझै छाडिएको अवस्था छैन् । सरकार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । बिज्ञाप्तीमा भनिएको छ ।...
पहिचानवादी आन्दोलनकर्ताहरुलाई पक्राउ गरेको भन्दै देशभक्त समाजवादी मोर्चाको आपत्ति

पहिचानवादी आन्दोलनकर्ताहरुलाई पक्राउ गरेको भन्दै देशभक्त समाजवादी मोर्चाको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० मंसिर । प्रदेश नं १ मा चलिरहेको पहिचानवादीको आन्दोलनलाई असफल बनाउन सरकार र नेकपा एमाले लागि परेको भन्दै देशभक्त समाजवादी मोर्चाले खेद प्रकट गरेको छ । लोकतन्त्रपछि संघियतामा गएको देशमा अधिकारको लडाँई गरिरहेका पहिचानवादी नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको प्रति मोर्चाले खेद प्रकट गर्दै तत्काल रिहाईको माग समेत गरेको छ । पहिचानवादीहरुले प्रदेश नं १ मा पहिचानकै आधारमा प्रदेशको नामाकरण गर्नु पर्ने माग राखिरहेको बेला सांसदबाट जवरजस्ती कोशी नामाकरण गरिएपछि आन्दोलन चलिरहेको छ । पहिचानको आधारमा माग राखिरहेको अवस्थामै एमाले नेतृत्व सरकारले जवरजस्ती प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु यतिवेला आन्दोलित बन्न पुगेको छ । एमालेले यहि आन्दोलनकाबीच प्रदेश नं १ मा आएर कार्यक्रमहरु गर्नु र कोशी नाम अडान राख्नु भनेको आन्दोलन भड्काउने रणनिति हो, बिज्ञाप्तीमा भनिएको छ । प्रदेश ...