Friday, August 14News That Matters

Breaking News 1

गाईघाटमा साकेला नाचेर मनाईयो उद्यौली, तस्विरमा हेर्नुहोस

गाईघाटमा साकेला नाचेर मनाईयो उद्यौली, तस्विरमा हेर्नुहोस

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १० पुष । भुमिपुत्र मुलवासी किरात समुदायहरुको महत्वपूर्ण चाँडको रुपमा रहेको उद्यौली पर्व साकेला नाच र पुजा आजा गरी गाईघाटमा भव्यताका साथ मनाईएको छ । उद्यौली पर्व किरात समुदायका राई, लिम्वु, याख्खा र सुनुवार जातिहरुले मनाउने गर्छ । राई समुदायहरुले साकेला नाचेर र लिम्वु र याख्खाले च्याबु्रङ नाचेर यस पर्वलाई मनाउने गरिन्छ । राई जातिमा बर्षको दुई पटक मनाईएने यो पर्व यस बर्ष पुष १० गते मंगलबार मनाईएको हो । यो चाँड मंसिरे पूर्णमामा उद्यौली र बैसाके पूर्णमामा उभौली गरी दुई समय मनाईन्छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ भने उभौली वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू न...
गाईघाटमा होण्डाको नयाँ स्कुटर लन्च

गाईघाटमा होण्डाको नयाँ स्कुटर लन्च

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ पुष । राशि अटो मोवाईल गाईघाट होण्डा सोरुमले डियोको नयाँ स्कुटर लन्च गरेको छ । पुराना कार्पेटर डियो कम्पनीको स्कुटर बेच्दै आएका सोरुमले हालै बिभिन्न फिचरको एफआई सुविधा सहित नयाँ स्कुटर लन्च गरिएको हो । स्कुटर त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले लन्च गरेको हो । गाईघाट होण्डा सोरुमका आधिकारिक बिक्रेता राशि अटो मोवाईलका प्रोपाईटर रितेश अनुराग गुप्ताले पहिलेका भन्दा थप सुविधा सहित १२५ सिसि को स्कुटर सार्वजानिक गरिएको जनाए । पुरानो डियो स्कुटरमा ११० सिसि रहेको गुप्ताको भनाई छ । बडिको समेत सामान्य संरचना फेरिएको र सुविधाहरुमा पुरानो भन्दा फरक बनाईएको कम्पनीले जनाएको छ । नयाँ डिओमा भने १२५ सिसि, स्मार्ट डिजिटल मिटर, एफ आई इन्जीन, साईड स्टान्ड इन्जीन कट अफ र ३क७ लगायतका सुविधाहरु रहेको छ । यसको मुल्य २ लाख ९९ हजार ९ सय रहेको छ ।...
उदयपुरकी एलजीना बनिन् कोशी सिंगिङ स्टार

उदयपुरकी एलजीना बनिन् कोशी सिंगिङ स्टार

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ९ पुष । उदयपुरकी एलजीना राईले कोशी सिंगिङ स्टारको उपाधि जितेकी छिन् । एलजीनाले गायन तर्फको उपाधि चुमेकी हुन् । इटहरुमा भएको कोशी सिंगिङ एण्ड डान्स स्टारमा उनि गायन तर्फ पहिलो बन्न सफल भएकी हुन् । राईले उपाधी सहित नगद रु १ लाख र अन्य थुप्रै पुरस्कार र सुविधाहरु पाएकी छिन् । चौदण्डी नगरपालिका २ झोडापाटाकी एलजीना गायनमा सानै देखी अब्बल थिईन । एलजीना बुवा उत्तम राई र आमा अञ्जु राईको कोखबाट २०६७ भदौ ५ मा जन्मिएकी एक्लो छोरी हुन् । ‘सनमुन मोशन पिक्चर्स ईटहरीले आयोजना गरेको प्रतियोगितामा उपाधी जितेकी राईले आयोजकको व्यवस्थापनमा निःशुल्क गीत रेकर्ड गर्न समेत अवसर प्राप्त गरेकी छन् । सो प्रतियोगिताबाट १ सय जना प्रतिस्पर्धीहरुलाई उछिन्दै विजेता बनेकी राई स्थानीय ज्योति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । एलजीनाले आफ्नो बुबाले गुननाउँदै गरेको सिको गर्दै गीत संगीतमा र...
समता स्कुल गाईघाटमा साकेला नाच सहित उद्यौली पर्वको शुभकामना आदान प्रदान

समता स्कुल गाईघाटमा साकेला नाच सहित उद्यौली पर्वको शुभकामना आदान प्रदान

Breaking News 1, मनोरञ्जन
पूर्णपुष्टि, ८ पुष । समता स्कुल गाईघाटले साकेलका नाच सहित उद्यौली पर्वको शुभकामना आदान प्रदान गरेको छ । आईतबार स्कुलले एक कार्यक्रमको आयोजा सँगै शिक्षक विद्यार्थीहरुबीच शुभकामना आदान प्रदान गरेको हो । राई समुदायहरुको उद्यौली पर्व यहि पुष १० गते मनाईदैछ । सोही अवसरमा सबैखाले पर्वहरुको सम्मान गर्दै स्कुलले उद्यौलीको साकेला नाच सहित पर्वलाई मनाएको हो । पर्वमा विद्यार्थी र शिक्षकहरु किराती भेषमा सजिएका थिए । स्कुलका प्रिन्सिपल लक्ष्मी राईले नजिकिएको पर्व उद्यौलीलाई स्वागत स्वरुप आईतबारनै विद्यालयमा साकेला नाचेर कार्यक्रम गरिएको जनाईन् । राईले नेपालको महत्वपूर्ण समुदायहरुको संस्कार संस्कृति र पर्वलाई विद्यालयले सम्मान स्वरुप मनाउने र शुभकामना प्रदान समेत गर्दै आएको जनाईन् । बिद्यालयमै यस्ता खाले पर्व बिषेश कार्यक्रमहरुले नेपालीहरुको पर्वलाई थप महत्व राख्ने बिश्वास गरिएको छ भने शिक्षक र विद्...
इन्सेक उदयपुरको बर्षिक समिक्षा :  ४९३ ओटा मानव अधिकारको घटना, ५५६ पिडित

इन्सेक उदयपुरको बर्षिक समिक्षा : ४९३ ओटा मानव अधिकारको घटना, ५५६ पिडित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ पुष । इन्सेक उदयपुरले एक बर्षको काम कार्वाहीको बार्षिक समिक्षा गरेको छ । आईतबार कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यता तथा सरोकारवाला, मानवअधिकारकर्मी, पत्रकार, महिला अभियान्ता गैरसरकारी संस्था लगायतको उपस्थितिमा गाईघाटमा बार्षिक समिक्षा गरिएको हो । इन्सेक उदयपुरका प्रतिनिधि राकेश नेपालीले गत बर्षको तुलनामा यस बर्ष मानव अधिकारको घटना ब्यापक बढेको जनाएको छ । नेपालीका अनुसार गत बर्ष ४० ओटा मात्रै मानव अधिकारका घटनाहरु संलग्न रहेकोमा यस बर्षभने ४९३ ओटा मानवअधिकारका घटना मौलाएको जनाए । ३७९ ओटा त घरेलु हिंसाको घटना मात्रै रहेको छ उनले भने , । जसमा बालिका बलत्कारका घटना ४८, महिला बलत्कार २६, घरेलु हिंसा ३७९, हत्या र हत्या प्रयास १७, कुटपिट ४, बहुविवाह ९, बाल बिवाह ४, महिला बालवालिका बेचविखन प्रयास ५, र झडप १ गरी जम्मा ४९३ ओटा मानवअधिकार सम्बन्धि घटना उदयपुरमा घट...
सन नेपाल लाईफ इन्स्योरेन्सको शाखा कार्यालय गाईघाटमा विस्तार

सन नेपाल लाईफ इन्स्योरेन्सको शाखा कार्यालय गाईघाटमा विस्तार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ पुष । सन नेपाल लाईफ इन्स्योरेन्स बिमा कम्पनीको शाखा कार्यालय गाईघाटमा पनि विस्तार भएको छ । सम्पर्क कार्यालय मात्रै रहेको गाईघाटमा व्यवस्थित रुपमा शाखा कार्यालयनै संञ्चालनमा ल्याईएको हो । शाखा कार्यालयको उद्घाटन कम्पनीको प्रमुख कार्यकारी निर्देशक (सिइओ) राजकुमार अर्यालले गरेको हो । गाईघाट शाखा प्रमुख बाल कुमार राईले नेपालभर कम्पनीको शाखाहरु झण्डै दुईसय ओटा जति रहेको जनाए । शाखा विस्तारको क्रममा गाईघाटमा पनि शाखा थप गरिएको राईले जनाए । कम्पनीको कार्यालय उदयपुरको बेलका नगरपालिका सोमवारेमा समेत रहेको जनाए । सोही कार्यालयमा लामो समय काम गरेका राईले गाईघाट शाखा सम्हाल्ने भएको छ । कम्पनीको सिइओ अर्यालले बिमा कम्पनी पैसा सँग खेल्ने काम रहेको हुँदा सबै भन्दा पहिले बिश्वासनीय हुन जरुरी रहेको जनाए । बिमाहरुको बिभिन्न् कम्लेनहरुलाई अब न्युनिकरण गर्दै बिस्वास्नीय बन्न कम्प...
उदयपुरमा करछलीको ४० बोरा चिनी र ८ बोरा सुर्ति बरामद

उदयपुरमा करछलीको ४० बोरा चिनी र ८ बोरा सुर्ति बरामद

Breaking News 1
पूर्णपुष्टि, ६ पुष । उदयपुरमा करछलीको ४० बोरा चिनी र ८ बोरा सुर्ति प्रहरीले बरामद गरेको छ । जिल्लाको कटारी नगरपालिका १ बेलस्रोतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका चिनी सहित ८ बोरा झण्डै २ हजार केजी सुर्ति समेत प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार बरामद गरिएको चिनी र सुर्ति सहित प्रदेश २–०१–००१ च ०६३० नम्बरको पिकअपलाई समते नियन्त्रणमा लिई कारबाहीका लागि राजश्व कार्यालय इटहरी पठाईएको छ ।  ...
उदयपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, ६ पुष । जिल्ला प्रहरी कार्यालयय उदयपुरले चोरी मुद्धाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएका प्रहरीे टोलीले त्रियुगा नगरपालिका ५ श्रीपुरका २९ बर्षिय ओम प्रसाद भट्टराईलाई बिहिबार पक्राउ गरेको हो । भट्टराईलाई चोरी मुद्धामा ३ महिना जेल सजाय र ३ हजार जरिवाना तोकिएकाका थिए । तर उनि कैद सजायबाट फरार रहेपछि प्रहरीले पक्राउ गरी फैसाला कार्यन्वयनका लागि उदयपुर जिल्ला अदालत पठाएको छ ।...
उदयपुरमा ठगी आरोपका दुई फरार प्रतिवादी पक्राउ

उदयपुरमा ठगी आरोपका दुई फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ पुष । उदयपुरमा ठगी मुद्धाका दुई फरार प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका १३ असारीका सिंह बहादुर राई र सोही ठाउँका लाल बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । राई र सार्कीलाई तरकारी बजारबाट प्रहरीले बुधबार पक्राउ गरेको हो । राईलाई ५ लाख १० हजार दुई सय चौरासी रुपयाँ जरिवाना र दुई बर्ष कैद सजाए तोकिएको थियो भने, सार्कीलाई ५ लाख १० हजार दुई सय चौरासी रुपयाँ र १ बर्ष अदालतले सजाय कैद गरेका थिए पक्राउ परेका राई र सार्कीलाई फैसला कार्यान्वयनको लागि सम्मानीत जिल्ला अदालत उदयपुर पठाईएको छ।...
१३, १४ र १५ गते गाईघाटमा साकेला सिल्ली प्रशिक्षण गराईने

१३, १४ र १५ गते गाईघाटमा साकेला सिल्ली प्रशिक्षण गराईने

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ५ पुष । किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ नं वडा कार्य समितिले किरात राईहरुको संस्कृतिमा आधारित साकेला सिली प्रशिक्षणको आयोजना गर्ने भएको छ । पौष १० गते किरात राईहरुको उधौली पर्व साकेलाको अवसर पारेर सिली प्रतियोगिता गर्न लागिएको हो । कमिटिका अध्यक्ष सर्बधन राईका अनुसार १० गतेको उद्यौली पर्व पछि १३, १४ र १५ गते तिन दिन साकेला सिली प्रशिक्षण गराईने छ । गाईघाट स्थित ११ नं वडाको साकेला थानमा सिली प्रशिक्षणको आयोजना गरिने अध्यक्ष राईले जानकारी दिए । गुम्दै गएको राई समुदायहरुको संस्कार संस्कृति जगेर्णा गर्ने भन्दै उक्त प्रशिक्षणको अयोजना गरिएको राईको भनाई छ । जनता सँग उपमेयर कार्यक्रम मार्फत बजेटको पहलमा राई नेतृत्वको वडा कमिटिले प्रशिक्षणको प्रस्ताव गरेका थिए । सोही प्रस्ताव अनुसार कार्यक्रमको प्रस्तावित कार्यक्रम छनोट भई प्रशिक्षण आयोजना गर्न लागिएको हो । स...