गाईघाटमा ३ महिने आधारभूत सिलाई कटाई तालिम सुरु
पूर्णपुष्टि, १६ पौष ।
गाईघाटमा ३ महिने आधारभूत सिलाई कटाई सिप विकास तालिम सोमवारबाट सुरु भएको छ । युवा उद्यमशिल तथा औद्योगिक जनशक्ति बिकास तालिम अन्तर्गत तालिम सुरु भएको हो । “तालिममलाई स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान” नारा दिईएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा तालिम सुरु गरिएको हो । संघकै अध्यक्ष समेत रहेकी ज्ञानु प्रदानको प्रमुख आतिथ्यतामा कार्यक्रम तालिमको उद्घाटन गरिएको छ ।
आयोजक घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नरेन्द्र पराजुलीका अनुसार स्थानीय व्यवसायी तथा उत्पादनका लागि केहि गर्न चाहाने व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो । तालिम २०८०÷१२÷१६ सम्म संञ्चालन हुने प्रमुख पराजुलीले जनाए । तालिममा १२ जना प्रशिक्षार्थीहरु सहभागी छन् । तालिमको उद्घाटन सँगै प्रदानले सिलाई पेशा भनेको नर्मल पेशा नभई...









