Friday, August 14News That Matters

Breaking News 1

उदयपुरमा पहिचानवादीहरुको बन्द : लामो दुरीका सबै सवारी ठप्प, तस्विर सहित

उदयपुरमा पहिचानवादीहरुको बन्द : लामो दुरीका सबै सवारी ठप्प, तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० मंसिर । उदयपुरमा पहिचान पक्षधरहरुको बन्दले सवारी साधन ठप्प बनेको छ । उदयपुर देखी चल्ने सवारी र उदयपुर हुँदै चल्ने लामो दुरीको सवारीहरुलाई कटारी, गाईघाट, र चौदण्डी हुँदै ठप्प पारिएको छ । किरात राई यायोख्खा जिल्ला कार्यसमिति उदयुरकी अध्यक्ष गंगा राईले दुई दिने बन्द रहेको जानकारी गराईन । शनिवार र आईतबार गरी दुई दिन पहिचान पक्षधरहरुको बन्द रहेको राईले जनाईन् । राईका अनुसार बिहान ३ बजेबाटै बन्द सुरु गरिएका थिए । बिहान ८ बजे सम्म लामो दुरीको सवारीहरु लगभग ठप्प पारिएको जनाए । उक्त बन्द भोली आईतबार पनि निरन्तर रहने जनाईन् । कोशी प्रदेश नामाकरण ख्यारीजीको माग सहित पहिचानको आधारमा नामाकरण गर्नु पर्ने माग पहिचानपक्षधरहरुको छ । सोही माग सहित आन्दोलनमा रहेका गोपाल किराती सहितको नेता कार्यकर्ताहरुलाई प्रहरीले दमन गर्नुका साथै पक्राउ गरिएको हुँदा बिना सर्त तत्काल रिहाईको माग राख्दै बन...
रुपान्तरण तथा पोषण बचत उपलब्धीका लागि सहजकर्ताहरुलाई दुईदिने अभिमुखीकरण

रुपान्तरण तथा पोषण बचत उपलब्धीका लागि सहजकर्ताहरुलाई दुईदिने अभिमुखीकरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ मंसिर । वल्र्ड भिजन इन्टर नेशनल उदयपुरको सहयोगमा हुरेण्डेक उदयपुरले संञ्चालन गरेको रुपान्तरण साथै पोषणका लागि बचत भन्ने कार्यक्रम ग्रामिण भेगमा निकै प्रभावकारी बन्दै गएको छ । बचतको बिकास र बालवालिकाको स्वास्थ्यमा समेत सुधारको जानकार राख्ने यो कार्यक्रम जिल्लाको बिभिन्न हुरेण्डेकको कार्यक्षेत्र भित्र संञ्चालित छ । यसलाई थप उपलब्धी मुलक बनाउन संस्थाले बिबिध क्रियाकलाप र सहजकर्ताहरुलाई क्षमता बृद्धिको कार्यक्रमहरु समेत संञ्चालन गर्दै आएको छ । सोही अवसरमा हुरेण्डेक उदयपुरले रुपान्तरण साथै पोषणका लागि बचत बारे फिल्ड सहजकर्ताहरुलाई गाईघाटमा दुईदिने अभिमुखीकरण दिएको छ । यस कार्यक्रमले मुख्यतया जिविको पार्जन र बालवालिकाको स्वास्थ्यलाई बिषेश मध्यनजर गरेको छ । जसका लागि जिल्लाभारी ७२ ओटा समूहहरु संञ्चालन रहेको जनाईएको छ । ग्रामिण भेगमा रहेका समुदायको दैनिक जिविको पार्जनमा व्...
उदयपुरमा प्रदेश स्तरीय कराते प्रतियोगिता सुरु

उदयपुरमा प्रदेश स्तरीय कराते प्रतियोगिता सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ मंसिर । उदयपुरमा प्रथम कोशी अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । गाईघाट स्थिति थारुहट रंगशालामा प्रतियोगिता सुरु भएको हो । त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिकाको संयुक्त सहयोग तथा जिल्ला सितोरियो कराते संघ उदयपुरको मुख्य आयोजना, जिल्ला कराते माहासंघ सह आयोजना र नगर युवा तथा खेलकुद विकास समिति उदयपुरको समन्वयमा प्रदेश स्तरीय कराते प्रतियोगिता संञ्चालन भएको हो । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, संखुवासभा उदयपुर लगायतका करिब ९ ओटा जिल्लाहरु सहभागी छन् । उदयपुरका कराते प्रशिक्षक प्रकाश राम राईका अनुसार १५ स्वर्ण, १५ रजत र ३० काश्य गरी जम्मा ६० पदकहरु रहेका छन् । यी ६० पदकमा जम्मा १२० खेलाडीहरु भिड्ने प्रशिक्षक राईको भनाई छ । खेलमा पुरुष तर्फ ३५, ४०, ४५, ५०, ५५, ६०, ६७ र ७५ केजी गरी ८ तौलमा खेलाईने छ भने महिला तर्फ ३५, ४०, ४५, ५०, ५...
चौदण्डीगढीका ३२ घर भुमिहिन दलितले लालपुर्जा पाउँदै

चौदण्डीगढीका ३२ घर भुमिहिन दलितले लालपुर्जा पाउँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ मंसिर । चौदण्डीगढी नगरपालिका वडा नं २ का ३२ घर परिवार भुमिहिन दलितले लालपुर्जा पाउने भएको छ । लालपुर्जाको लागि राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति उदयपुरमा जग्गा दर्ताको काम धमाधम भैरहेको छ । जग्गा दर्ताको कार्य सँगै लालपुर्जा वितरणको काम अन्तिम तयारीमा पुगेको आयोगका अध्यक्ष बल बहादुर तामाङले बताए । तामाङ्का अनुसार हालसालै चौदण्डी २ का झोडापाटा र चारघरेका ३२ मुसर समुदायका घर परिवारलाई लालपुर्जा वितरण गरिने छ । त्यसका लागि जग्गा दर्ताका काम बुधबारदेखी सुरु भएको छ । आयोगले अहिले भुमिहिन परिवारलाको जग्गा दर्ता, पुर्जा तयारी, स्रेस्ता र फिल बुक तयारी धमाधम गरिरहेको अवस्था छ । ऐलानी जग्गामा बिगतबाट भोग चलन गर्दै आएको जग्गालाई आवास सहित ७ कठ्ठा पाउने प्रावधान रहेको आयोगका भनाई छ । कृषिका लागि ६ कठ्ठा र आवासलाई १ कठ्ठा पाउने भनिएको छ, अध्यक्ष तामाङले भने । सोही बा...
सरकारले ६० हजारलाई रोजगारी दिन ६ अर्ब लगानी गर्ने

सरकारले ६० हजारलाई रोजगारी दिन ६ अर्ब लगानी गर्ने

Breaking News 1
पूर्णपुष्टि, २७ मंसिर । नेपाल सरकारले करिब ६० हजार बेरोजगारीलाई रोजगारमा जोड्ने तयारी गरेको छ । विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो। स्थानीय तहमा विकास निर्माणका योजनामा रोजगारी सृजना गर्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव शोभा पोखरेलले बताइन्। यस कार्यक्रम अन्तर्गत सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारीले रोजगारी पाउनेछ । सरकारले करिब ८६ हजारलाई रोजगारी सृजना गर्ने लक्ष्य राखेको भए पनि ६० हजारलाई मात्र रोजगारी दिने पोखरेलले बताइन्। ‘बेरोजगारलाई ज्यालाबापत न्यूनतम पारिश्रमिक दिन्छौं,’ उनले भनिन्, ‘प्रतिदिन ६ सय ६८ रूपैयाँ दिनको ज्याला पाउँछन् ।’ एक जनाले १ सय दिनसम्म काम पाउने पोखरेलले जानकारी गराइन् । ‘स्थानीय तहमा सूचीकृ...
सुगरका बिरामी मनि कुमारलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको आर्थिक सहयोग

सुगरका बिरामी मनि कुमारलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ मंसिर । अचानक सुगरले हस्पिटलको आईसियुमा पुगेका त्रियुगा नगरपालिका वडा नं ३ मोतिगडाका सिलाई व्यवसायी मनि कुमार परियारलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरले आर्थिक सहयोग गरेको छ । संघका साधारण सदस्य समेत रहेको परियारलाई कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले रकम उठाएर सहयोग गरेको हो । सिलाई व्यवसायीबाटै जिविको पार्जन गर्दै आएको परियारलाई सुगरले अचानक च्यापेको थियो । उपचारका लागि धरान घोपाको आईसियुमा परियारको उपचार भैरहेको छ । संघकी अध्यक्ष ज्ञानु प्रधान सहित सचिव संगिता खड्का, सह सचिव अन्सारुल अलि र कोषाध्यक्ष प्रमीला परियारको टोलीले हस्पिटलमै पुगेर आर्थिक सहयोग गरेको हो । अध्यक्ष प्रधानले छोरीको बिहेको भोलिपल्टै परियारलाई सुगरले च्यापेको जनाईन् । छोरीको बिहेमा खर्च सबै सकिएपछि आफ्नो उपचार गर्न आर्थिक समस्या परेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै संघले सबैको ...
सामाजिक ब्यक्ति मिश्रलाल सदा सहित ५ जना माओवादी प्रवेश

सामाजिक ब्यक्ति मिश्रलाल सदा सहित ५ जना माओवादी प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ मंसिर । त्रियुगा नगरपालिका ९ का सामाजिक तथा राजनितिक व्यक्ति मिश्रलाल सदा सहित ५ जना बिभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गरेको छ । जनता सँग माओवादी बिषेश रुपान्तरण अभियान अन्तरर्गत सदा सहित ५ जना पार्टी प्रवेश गरेको हो । सदा सँगै झाक्रिमान दनुवार राप्रपाबाट, मंगल सदा, कसुमलाल सदा र मानबहादुर कटुवाल एमाले बाट माओवादीमा प्रवेश गरेको हो । अखिल नेपाल किसान माहासंघको अधिवेशनको क्रममा उनिहरुलाई पार्टी प्रवेश गराईएको हो । उनिहरुलाई पार्टीका केन्द्रीय सदस्य केपी बराल लगायतले पार्टीमा स्वागत गरेका थिए ।  ...
अखिल नेपाल किसान महासंघ त्रियुगा नगरको अधिवेशन सम्पन्न

अखिल नेपाल किसान महासंघ त्रियुगा नगरको अधिवेशन सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ मंसिर । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द) को त्रियुगा नगर सम्मेलन सम्पन्न भएको छ । जनतासँग माओवादी बिषेश रुपान्तरण अभियान अन्तर्गत उक्त अधिवेशन सम्पन्न भएको हो । शिव प्रसाद बास्तोलाको अध्यक्षतामा ७ सदस्यीय पदाधिकारी सहित ५५ सदस्यीय नगर समिति समेत अधिवेशनले सर्वसहमत चयन गरेको छ । पार्टीका केन्द्रीय सदस्य केपी बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । चयन भएका कार्यसमितिलाई प्रमुख अतिथि बराल, अतिथि किरण राई, मोहन खत्री र मान वहादुर राई लगायतका अतिथिहरुले शुभकामना ब्यक्त गरेका थिए ।    ...
“एउटै पुस्तामा समृद्ध लिम्चुङबुङको माहाअभियान घोषणा” सडकलाई बिषेश प्राथामिकता

“एउटै पुस्तामा समृद्ध लिम्चुङबुङको माहाअभियान घोषणा” सडकलाई बिषेश प्राथामिकता

Breaking News 1
पूर्णपुष्टि, २६ मंसिर । उदयपुरको पहाडी पालिका लिम्चुङबुङले समृद्ध लिम्चुङबुङको सपनालाई माहाअभियानको रुपमा अघि सारेको छ । एउटै पुस्तामा समृद्ध बनाउने लिम्चुङबुङको सपनालाई पालिकाले सोमबार एक बिषेश कार्यक्रमका साथ अभियाननै घोषणा गरेको छ । अभियानले पालिकावासीहरुलाई सुखी र खुसी बनाउने भन्दै सो घोषाणा गरेको हो । यसका लागि पालिकामा आवश्यक विकासहरु पुरा गर्दै जाने जनाएको छ । पालिका अध्यक्ष मेजर कुमार राईले स्थानीय सरकारले धेरैजसो जन आवश्यकताहरु पुरा गरेको भएपनि समृद्धका लागि त्यसले मात्रै काफि नहुने जनाए । थप ठुलो योजनाहरु पुरा भएमा आर्थिक बिकास हुने र आर्थिक बिकास सँगै लिम्चुङबुङ समृद्ध बन्न सक्ने जनाए । पालिकालाई आर्थिक बिकासको रुपमा जोड्न त्यहाँ बिकासका पूर्वधारहरु तयार गर्नु पर्ने भन्दै त्यस तर्फ पालिका अग्रसर भैरहेको जनाए । माहाअभियान सफल हुन पालिका एक्लैले नसक्ने जनाए । सिमित स्रोत साधनक...
लागुऔषध कारोबारी उदयपुरका अविनाशलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो

लागुऔषध कारोबारी उदयपुरका अविनाशलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ मंसिर । उदयपुर घर भएका लागुऔषध कारोवारी अविनाश राईलाई प्रहरीले गोली चलाएर काठमाण्डौँबाट नियन्त्रणमा लिएको छ । राईलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको जनाएको छ । ललितपुर महानगरपालिका वडा नम्बर ३ ठाडो भर्‍याङनजिकै एक रेष्टुरेन्टमा लागुऔषध कारोबारी बसेको सूचनाका आधारमा सुरूमा सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए। सादा पोसाकका प्रहरीसँग लागुऔषध कारोबारी अविनाश राईले ५५ लाख रुपैयाँमा एम्फेटामाइन आइस नामको लागुऔषध बिक्री गर्ने डिल गरेका थिए । उनीसँग चार सय ९० ग्राम लागुऔषध थियो। उनले भारतबाट उक्त लागुऔषध ल्याएको प्रहरीको अनुमान छ । राईले प्रति ग्राम ९ हजारमा ल्याएको प्रहरीसँग बताएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो। उनको दाहिने खुट्टामा गोली लागेको छ भने राष्ट्...