Friday, August 14News That Matters

Breaking News 1

पहिचानवादी नेता गोपाल किराती हलेसीबाट गिरफ्तार

पहिचानवादी नेता गोपाल किराती हलेसीबाट गिरफ्तार

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ मंसिर । पहिचानवादी नेता गोपाल किरातीलाई प्रहरीले गिरफ्तार गरेको छ । खोटाङको ऐसेलुखर्कबाट नेता राईलाई गिरफ्तार गरिएको हो । पहिचान पक्षधरले कोशी प्रदेशको बिरुद्धमा निरन्तर आन्दोलन गरिरहेको अवस्थामा छ । सोही आन्दोलनमा राई पनि सक्रिया भएर लागि परिरहेको छ । राई सहित राजेश राई, गन्धमान राई र बिजय राई पनि पक्राउ परेको छ । राजेश राई भने पहिचानवादी युवा संघको संयोजक समेत रहेको बताईएको छ । पहिचान पक्षधरले किरात प्रदेशको माग सहित केहि दिन देखी खोटाङमा पर्ने मध्यपहाडी लोक मार्गलाई तार्गेट बनाएर आन्दोलन गरिरहेको छ । आजदेखी मध्यपहाडी लोक मार्ग बन्द सँगै हिजो हलेसीमा राके जुलुस समेत गरेका थिए । नेता किराती पक्राउ परे सँगै पहिचानवादी नेता तथा कार्यकर्ताहरु आक्रोशित बनेको छ । उनिहरुले राईलाई बिना शर्त रिहाई गर्न सरकारलाई अनुरोध गरेको छ ।...
गाईघाटमा भएको आगलागीको क्षती विवरण, कुन पसलमा कति क्षती

गाईघाटमा भएको आगलागीको क्षती विवरण, कुन पसलमा कति क्षती

Breaking News 1, समाचार
र्णपुष्टि, २५ मंसिर । गाईघाटमा आईतबार बेलुका भएको आगलागीमा दुई करोड बढी क्षती भएको छ । बजार स्थित त्रियुगा नमुना माविको भवन पछाडी सोही विद्यालयको सटरहरुमा आगो लागेका थिए । आगो लाग्दा ५ ओटा पसलहरु पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । यता विद्यालयको १० ओटा सटरहरु पनि जलेको छ । उदयपुर प्रहरीका अनुसार विद्यालयको भवन र ५ ओटा पसलको मात्रै २ करोड १४ लाख ५० हजार बराबरको क्षती पुगेको छ । राज अटोको ७० लाख, महालक्ष्मीको ३० लाख, राम उद्गारको अढाई लाख, इजिकुलको ८ लाख, पण्डित पानको ५ लाख गरी १ करोडा १४ लाख ५० हजार क्षती पुगेको छ भने १० ओटा स्कुलको सटरमा १ कारोड क्षती भएको छ । यस बाहेक अन्य पसल होटलहरुमा पनि क्षती पुगेको प्रहरीले जनाएको छ । नर सिंहको १५ लाख, किरण होटलको १५ लाख, शाही होटलको ५० हजार, कोशेली घरको २० हजार र चाँदनी साईकलको ६० हजार गरी ३१ लाख ३० जम्मा २ कारोड ४५ लाख ८० हजार बराबरको धनमालमा क्षती...
गाईघाटको ग्यारेजमा भिषण आगलागी

गाईघाटको ग्यारेजमा भिषण आगलागी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ मंसिर । गाईघाट बजारको ग्यारेज पसलमा भिषण आगलागी भएको छ । आईतबार बेलुका करिब साढे ७ बजेको समयमा एक मोटरसाईकल ग्यारेजमा आगलागी भएको हो । त्रियुगा माविकको पछाडी पटि रहेका ग्यारेजमा आगलागी हुँदा लाखौको क्षेती भएको अनुमान छ । आगोले कतिवटा ग्यारेजमा क्षती पुरायो भन्ने बारे जानकारी आएको छैन् । आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरिरहेको छ । एक ग्यारेजबाट अन्यमा फनि आगो फैलिने अवस्था आएपछि आगो लागिरहेको बिचको संरचना भत्काएर आगो निभाउने काम भेरहेको छ । गाईघाट बजार स्थित डिएमेगेट जाने सडक विद्यालयको पछाडी रहेको ग्यारेजबाट आगो लागेको थियो । त्यस लाईन आसपास सबै ग्यारजे लाईनहरु पर्छ । आगलागीमा दमकल, प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र स्काभेटर प्रयोग भैरहेको छ । थप जानकारी भने आउन बाँकी रहेको छ ।...
पुर्वी स्टार गायन प्रतिभामा सहभागी हुन मंसिर अन्तिम सम्म आवेदनको समय, प्रथम पुरस्कार ४ लाख र सुनको सिक्री

पुर्वी स्टार गायन प्रतिभामा सहभागी हुन मंसिर अन्तिम सम्म आवेदनको समय, प्रथम पुरस्कार ४ लाख र सुनको सिक्री

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ मंसिर । हाङ अनलाईन म्युजिक प्रालिले आयोजना गर्न लागेको पुर्वी स्टार गायन प्रतिभा प्रतियोगितामा सहभागी आवेदनको समय अन्तिम हुँदै गएको छ । मंसिर १५ देखी सुरु भएको आवेदनको समय अन्तिम चरणमा पुगेको हो । सहभागीका लागि इच्छुकहरुले यहि मंसिर अन्तिम सम्म आवेदन दिसक्नु पर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि प्रतिभा खोज्दै आयोजक सहित निर्देशकको टोली उदयपुर आएका छन् । पुर्वको पहिचानका लागि लुकेका प्रतिभाहरु उजागर गर्ने भन्दै उक्त प्रतियोगिता संञ्चालन हुन लागेको हो । आयोजकका अनुसार यस प्रतियोगिता बिजेताले रु ४ लाख नगद र सुनको सिक्रि, एक थान ट्रफि, प्रमाण पत्र र एउटा गित रेकर्ड लगायत अन्य सुविधाहरु पाउने छ । त्यस्तै उपविजेताले नगद रु एक लाख ५० हजार, ट्रफि, प्रमाण पत्र र एउटा गित लगायतका सुविधा पाउने छ । यस्तै प्रतियोगितामा तेस्रो हुनेले भने नगद रु ५० हजार, ट्रफि, प्रमाण ...
ट्राफिक प्रहरी उदयपुरको निश्कर्ष : अधिकांश दुर्घटना सडक मोड र तिव्रगती

ट्राफिक प्रहरी उदयपुरको निश्कर्ष : अधिकांश दुर्घटना सडक मोड र तिव्रगती

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ मंसिर । जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले उदयपुरका अधिकांश दुर्घटना सडककै प्राविधिक समस्या रहेको औँल्याएको छ । मापदण्ड अनुसारका सडक निर्माण नहुँदा अत्यादिक सडकको घुम्ती मोडहरुले दुर्घटना निम्तिएको उदयपुर प्रहरी र उदयपुर ट्राफिक प्रहरीको निष्कर्श छ । उदयपुर हुँदै गएको मदन भण्डारीमा पछिल्लो समय दैनिकी जसो दुर्घटना भैरहेको छ । यस राजमार्ग उदयपुर भित्र करिब ११७ किलोमिटर पर्न जान्छ । त्यस्तै सगरमाथा हाईवे ६९ किलो मिटर र सिद्धिचरण हाईवे ७६ किलो मिटर पर्छ । यी राजमार्गहरुमा दुर्घटनाहरु प्राय सडकले मोड लिएको स्थानहरुमा भैरहेको कार्यालयको भनाई छ । सडक मोड सँगै थप दुर्घटनाको अर्को मुख्य कारण भनेको चालकहरुको तिव्र सवारी गति रहेको ट्राफिक इन्चार्ज लोक बहादुर दियाली बताउँछन् । मदन भण्डारी हाईवेमा धेरै मोडहरु रहेको छ । प्राय उदयपुरगढी ७ अधेँरीमा रहेको मोडमा दुर्घटना...
उदयपुरको सडक दुर्घटना न्युनिकरणमा उपसभामुख दनुवारको चासो

उदयपुरको सडक दुर्घटना न्युनिकरणमा उपसभामुख दनुवारको चासो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ मंसिर । उपसभामुख सिर्जना दनुवारले उदयपुरमा दुर्घटना न्युनिकरण गर्न चासो देखाएकी छिन् । उदयपुरलाई तिन ओटा राजमार्गहरु मदन भण्डारी हाईवे राजमार्ग, सगरमाथा हाईवे राजमार्ग र सिद्धिचरण हाईवे राजमार्गले छुएको अवस्था छ । यस मध्य सबै भन्दा लोकप्रिय राजमार्गको रुपमा रहेको मदन भण्डारी राजमार्गमा दिनहु जसो दुर्घटना भैरहेको छ । उदयपुरमा बढ्दो सहरीकरण र राजमर्गाहरुका कारण दुर्घटना बढेको भन्दै न्युनिकरणका लागि उपसभामुख दनुवारले चासो देखाएकी हुन् । आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको छलफलमा दुर्घटनाको कारणहरु खोज्दै दनुवारले सम्बन्धित क्षेत्रहरुमा पहल गर्ने जनाईन् । उनले जिल्ला प्रहरी, ट्राफिक प्रहरी, सडक कार्यालय, भौतिक पूर्वधार कार्यालय, यातायात क्षेत्र, संञ्चारकर्मी सबै निकायहलाई यसको सामाधानमा जुट्न अनुरोध गरिन् । दनुवारले दुर्घटनाकै कारण कसैले पनि अकालमै ज्यान गुमाउनु नपर...
गाईघाटको सडक पेटी र पार्किङ ब्यवस्थाबारे ब्यपारीहरु सँग बृहत छलफल

गाईघाटको सडक पेटी र पार्किङ ब्यवस्थाबारे ब्यपारीहरु सँग बृहत छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ मंसिर । गाईघाटको बढ्दो सहरीकरण व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले ब्यपारी सँग बृहत छलफल गरेको छ । शुक्रबार त्रियुगा नगरपालिकाको सभाहलमा स्थानीय सरकार, ट्राफिक प्रहरी, जिल्ला प्रहरी, त्रियुगा उद्योग काणिज्य संघ र ब्यपारीहरुको उपस्थितिमा बृहत छलफल तथा अन्तरक्रिया भएको हो ।छलफलमा बजारमा फुटपाथ, सवारी पार्किङ, सडक पेटिको व्यवस्थापनबारे सामाधानको पाटो खोजिएका थिए । जस मध्ये पार्किङका लागि बजारको मदन भण्डारी हाईवेमा पर्ने जिके पुस्तक पसल देखी पश्चिम आँखा अस्पताल सम्म कुनै पनि सवारीहरु पार्किङ गर्न निषेश गरिएको छ । यता जिके पुस्तक पसलदेखी पूर्व पिजि चोक सम्मको एक साईड भने पार्किङ व्यवस्था गरिने प्रस्ताप पारित भएको छ । यस्तै गरी फुटपाथलाई पनि करको दायरामा ल्याएर निश्चित स्थान तोकिने भएको छ । त्यस्तै सडक पेटीमा भएको ब्यपारहरु भने १५ दिन सम्मा हटाउन र मापदण्ड अनुरुप ब्यपार संञ्चाल...
एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी

एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी

Breaking News 1, बिचार
मेजर कुमार राई प्रकाशित मिति : २०८० मंसिर २१ गते । सर्ब प्रथम हाम्रो देश नेपाल अनि हामी नेपाली, यो देशको सम्पूर्ण भू भाग हाम्रो हो। यो देश प्रतिको प्रेम हामी सबैलाई उस्तै छ। त्यसैले त आज हामी जो जहाँ पुगेता पनि मेरो देश नेपाल अनि म नेपाली हुँ भन्नलाई गर्व गर्दछौ। त्यति मात्रै होईन बाह्वय हस्तक्षेप हुन खोज्यो भने मेरो देश नेपालको शान, मान र अस्थित्वमा कुनै आच पुग्नु हुन्न भनेर खबरदारी गर्छौ। संसारको कुनै ठाउँमा पुगेको नेपालीलाई आपतविपत र दुख पर्दा हामी सबै नेपालीलाई पनि दुख्छ यो हामी बिचको गहिरो प्रेम हो । हामी आम नेपाली हुनुको नाताले नेपालको जुनसुकै भू भाग पनि हाम्रै हो भनि साझा रुपमा किन स्वीकार नगर्ने ? त्यसैले आउनुहोस लिम्चुङबुङले शुरुवात गर्न लागेको एउटै पुस्तामा गाउँलाई समृध्द बनाउने यो महान र ऐतिहासिक बिकास निर्माणको अभियानमा एकताको भावनाले एकै साथ हातेमालो गरेर एउटा ईतिहा...
रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ मंसिर । रौतामाई गाउँपालिकाको वडा नं ६ रौतामा स्थायी प्रहरी पोष्टको उद्घाटन भएको छ । उदयपुरकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित रौता पोखरीमा सुरक्षाको मध्यनजर गर्दै स्थायी प्रहरी पोष्ट संञ्चालनमा ल्याईएको हो । स्थायी प्रहरी पोष्टको उद्घाटन जिल्ला प्रमुख अधिकारी जनार्दन गौतमले गर्नुभयो । चौकीको उद्घाटन गर्दै अधिकारी गौतमले लामो समयको अथक प्रयास पछि रौतामा स्थायी प्रहरी पोष्ट निर्माण गर्न सकिएको जनाए । यसका लागि रौतामाई गाउँपालिका, स्थानीय, राजनितिक दल र जिल्ला सुरक्षा समितिले समेत ठुलो मेहनत गर्नु परेको जनाए । रौताको बिकास र पर्यटकको चाप सँगै शान्ति सुरक्षा अमन चयन निर्माण गर्न प्रहरी पोष्ट अत्यावश्यक रहेको गौतमको भनाई छ । यस्तै पालिका अध्यक्ष बिरेन्द्र कुमार मगरले रौतामा संञ्चालन आएको प्रहरी पोष्ट उद्घाटनलाई खुसी ब्यक्त गरे । रौताको सुरक्षा क्षेत्रको...
दमौटी शव प्रकरण : मृतकको श्रीमती निर कुमारीलार्ई  प्रहरीले पक्राउ गर्यो

दमौटी शव प्रकरण : मृतकको श्रीमती निर कुमारीलार्ई प्रहरीले पक्राउ गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ मंसिर । तिन दिन देखी बेपत्ता त्रियुगा नगरपालिका वडा नं ५ का श्याम राईको हत्यामा निजकै श्रीमती संलग्न भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । शनिवारदेखी बेपत्ता राईको शव गाउँ नजिकैको झाडिमा सेउलाले पुरेको अवस्थामा स्थानीयहरुले फेला पारेका थिए । प्रहरीका अनुसार श्रीमती निर कुमारी राईले सामान्य घरायसी झगडामा श्रीमानको हत्या गरेको स्वीकार गरेको छ । सोही आधारमा प्रहरीले घटना स्थलबाटै निर कुमारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । मृतक राई हराएको भन्ने खबर पछि स्थानीयहरु मिलेर खोज तलास गरिरहेका थिए । पछि नजिकैको झाडीमा संकास्पद देखिएपछि प्रहरीलाई खबर गराएको स्थानीयहरुले जनाए । मृतक राईको पोष्टमाटमका लागि जिल्ला अस्पताल उदयपुर ल्याईएको छ ।...