Friday, August 21News That Matters

Breaking News 1

सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २७ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।” गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । रासस...
पहिराले घर पुरिँदा एकजना हराए

पहिराले घर पुरिँदा एकजना हराए

Breaking News 1
काण्ठामौँ, जेष्ठ २७ धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो । रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनःनिर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो । घरका अन्य सदस्य अर्को घरमा रहेकोले सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ । ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन् । घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण...
आजको मौसम : मेघ गर्जन र चट्याङ सहित वर्षा

आजको मौसम : मेघ गर्जन र चट्याङ सहित वर्षा

Breaking News 1
काठमाण्डौँ, जेष्ठ २७ आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही, प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहान पारिलो घाम लागेको छ । उपत्यकाको आकाशमा सामान्य तुवालो लागेको देखिन्छ । दिउँसो प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा...
बेल्टारको एक जुत्ता पसलमा भिषण आगलागी

बेल्टारको एक जुत्ता पसलमा भिषण आगलागी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बिहिबार राती भिषण आगलागी भएको छ । ७ नं वडा बजार स्थित रहेको मचन्द्र बस्नेतको घरमा बिद्युत सट भई आगलागी हुदाँ १० लाख भन्दा बढीको क्षति भएको छ । उक्त घरमा चप्पल, कपडा लगायतका पसल रहेका थियो । आगोले पसलका समान जलेर पूर्ण नष्ट भएको छ। बस्नेतको घरमा रहेको रमेश सुवेदीको जुत्ता चप्पल पसलबाट बिजुली सर्ट भएर आगलागी हुदाँ बस्नेतको काठ, सिमेन्ट र टिनको छाना भएको दुई तले घर जलेको छ । एक्कासी लागेको आगो नियन्त्रणमा लिने क्रममा बस्नेतको घरमा रहेका अन्य पसलहरु समेत क्षति पुगेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बिहीबार साँझ लागेको आगो स्थानीय बासिन्दा, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।...
त्रियुगा नगर कार्यापालिका सदस्यको निर्वाचन पर्सि

त्रियुगा नगर कार्यापालिका सदस्यको निर्वाचन पर्सि

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ त्रियुगा नगरपालिकाका नगरकार्यापालिका सदस्यको निर्वाचन फर्सि (शनिवार) हुने भएको छ । निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय उदयपुरले मनोनय दर्ता भएको उम्मेदवारहरुको नामवली प्रकाशन तथा सार्वजानिक गर्दै कार्यापालिका सदस्यहरुको चुनाव हुने जनाए । ८ कार्यापालिका सदस्यहरुका लागि १६ जना प्रतिस्पर्धिहरुले चुनवा लड्ने छन् । चुनावमा नेपाली कांग्रेसबाट ८ जना, एमालेबाट ४ जना र माओवादीबाट ४ जनाले उम्मेदवार दिएका छन् । यस मध्ये ६ जना पुरुष र १० जना महिलाहरु उम्मेदवार रहेका छन् ।...
सगरमाथा हाईवे अन्तरर्गत जनकराज राई, मार्ग हलेसीलाई १ करोड २२ लाख बजेट

सगरमाथा हाईवे अन्तरर्गत जनकराज राई, मार्ग हलेसीलाई १ करोड २२ लाख बजेट

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ हिमाल, पहाड र तराईलाई छोटो दुरी बाट जोड्ने उदेश्येले निर्माण भैरहेको विस्तारीत सगरमाथा हाईवे सडकको स्तरउन्नतीले फड्को मार्दै गएको छ । यो हाईवेले उदयपुरको मुर्कुची, पुवाँरे, बास्बोटे कुनाई बाट सुनकोसी नदी तरेर हलेसी मन्दीर हुँदै हिमाली जिल्लाहरु ओखलढुंगा, सोलुखुम्वु जस्ता महत्वपूर्ण ठाउँ सम्म पुग्न सहज र छरितोको भुमिका खेल्ने छ । सोहि स्तरउन्नतीलाई अगाढी बढाउने भन्दै सगरमाथा हाईवे अन्तर्गत हलेसी स्थित जनकराज राई मार्ग सडकलाई केन्द्रीय सरकार र प्रदेश सरकागरले १ करोड बढी बजेट बिनियोजन गरिदिएको छ । उक्त बजेट बिनियोजनका लागि बिषेशगरी संघिय समाजवादी पार्टी खोटाङका युवा नेता अन्जिल हांङ राई सहितको व्यक्तिहरुले पहल गरेको छ । जनता समाजबादी बिद्यार्थी युनियन १ न प्रदेशको अध्यक्ष समेत रहेका किराँतीले प्रदेश सरकार र केन्द्रीय सरकारलाई बजेटको बारे पहल गर्न भुमिका खेल्दै बिभिन्न ...
उदयपुरको बेलही र चौदण्डीगढी जोड्ने त्रियुगा पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती

उदयपुरको बेलही र चौदण्डीगढी जोड्ने त्रियुगा पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती

Breaking News 1, समाचार
काठमाडौं, जेठ २६ गते । भाँचिएको पुल मर्मत नहुँदा वर्षा लागेसँगै त्रियुगा नदीको बहाव बढ्न थालेपछि सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दालाई त्रियुगा नदी आवत्जावत् गर्न सास्ती भोग्नु परेको छ । सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका– ५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन । एक वर्ष अगाडि त्रियुगाको बाढीका कारण भाँचिएको पुलको पिलर अहिलेसम्म पनि पुनःनिर्माण नभएपछि वर्षा लागेसँगै त्रियुगा नदीमा पानीको बहाव बढेका कारण स्थानीयवासीलार्ई आवतजावत गर्न कठिन भएकोे बेलहीका बासिन्दा अनुप चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“सुन्दरपुरदेखि बेलही आउन तथा चौदण्डी नगरपालिको कार्यलय बेल्टार बजार पुग्न त्रियुगा नदी तर्न बाध्य छौँ, पानीको बहाव बढ्न थालेपछि गाउँका पुरुष कपडा खोलेर पौडी खेल्दै ज्यानको बाजी लगाएर नदी तर्न बाध्य छन् ।” पौडीखेल्न नसक्ने म...
दुई करोडको अवैध सामान बरामद

दुई करोडको अवैध सामान बरामद

Breaking News 1, समाचार
काठमाडौं, जेठ २६ गते । पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा५ख ८६५८ र लु२ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना४ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रासस...
गाईघाटमा अन्तिम अवस्थामा चलेको कब्डी ४ को प्रदर्शन सन्तोष जनक

गाईघाटमा अन्तिम अवस्थामा चलेको कब्डी ४ को प्रदर्शन सन्तोष जनक

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ २५ गाईघाटमा पनि सोमवार बाट कब्डी ४ प्रदर्शनमा आएको छ । नेपालभर १३ गते बाटै संञ्चालनमा आएको उक्त फिल्म प्राविधिक समस्याको कारण गाईघाटमा भने निकै ढिलो गरिकन चल्यो । गाईघाटमा फिल्मलाई कसरी चलाउने भन्ने टुंगो नलाग्दा समयमै प्रदर्शनमा ल्याउन नसकेको हल संचालक बताउँछ । फिल्मलाई समयमै ल्याएर चलाउन सकेको भए राम्रै हुने अनुमान संञ्चालक पक्षले गरे । फिल्म र निर्माता बिच फिक्समा चलाउने या प्रसेन्टेजको आधारमा चलाउने भन्ने कुरा टुंगो नलाग्दा फिल्म समयमै चलाउन नसकिएको सुभलक्ष्मी हल गाईघाटका म्यानेजर भिम प्रसाद पोखरेलले जनाए । पोखरेलले अहिले फिल्म निर्माता र हललाई आधा आधा हुनेगरी चलाईरहेको जनाए । गाईघाटमा कब्डी ४ समयमै चल्न नसकेकाले दर्शकहरुले बाहिर गएर भएपनि फिल्म हेरिसकेको जनाए । गाईघाटका दर्शकहरु लाहान, धरान इटहरी जस्ता सहरमा गएर फिल्म हेर्न भ्याईसकेको म्यानेजर पोखरेलले जनाए ।...
निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २५ सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो । सरकारले काठमाडौँ बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवद्र्धन गर्न चुलो वितरण गर्न थालेको हो । केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म आवेदन दिन माग गरेको छ...