Friday, August 21News That Matters

Breaking News 1

काठमाण्डौँ बसेर पढ्ने विद्यार्थीलाई सरकारले निशुल्क बिधुतिय चुल्हो प्रदान गर्ने

काठमाण्डौँ बसेर पढ्ने विद्यार्थीलाई सरकारले निशुल्क बिधुतिय चुल्हो प्रदान गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २५ सरकारले काठमाण्डौँ वसेर पढ्ने विद्यार्थीहरुलाई निशुल्क विद्युतिय चुल्हो प्रदान गर्ने भन्दै माग संकलन फाराम तयार गरेको छ । फाराम सँगै विद्यार्थीहरुलाई विद्युतिय चुल्हो वितरणको निवेदन आह्वान समेत गरिसकेको छ । नेपाल सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रले विद्युतिय चुल्हो उपलब्ध गराउने बारे माग संकलन फाराम तयार भएको हो । विद्यार्थीहरुका लागि क्याम्पस तथा विद्यालयका प्रमुखले निवेदज दिएको आधारमा उक्त चुल्हो प्रदान गरिने छ । फाराम भरेर सम्बन्धित ठाउँमा बुझाएपछि चुल्हो पाईने छ, भने यसका लागि बिभिन्न कागजातहरु पनि आवश्यक पर्ने जनाईएको छ ।...
लोसपाका नेतालाई खुल्ला हृदयले स्वागत गर्न तयार छौँ : जसपा अध्यक्ष यादव

लोसपाका नेतालाई खुल्ला हृदयले स्वागत गर्न तयार छौँ : जसपा अध्यक्ष यादव

Breaking News 1
काठमाण्डौँ, जेष्ठ २५ जनता समाजवादी पार्टी९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी ९ लोसपा० का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफुहरु स्वागत गर्न तयार रहेको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भन्नुभयो, “विगतको समीक्षा गरी पुनःपार्टी एकता गर्न लोसपाका नेता आउनुभयो भने हामी हृदयदेखि नै उहाँहरुलाई स्वागत गर्न तयार छौँ ।” “फुटेर होइन जुटेर जानु अहिलेको आवश्यकता हो, त्यसैले हामी उहाँहरुलाई विगतको समीक्षा गरी एकतालाई फर्किन आग्रह गर्दछौँ”, अध्यक्ष यादवको भनाइ थियो । “हिजो पार्टी किन फुटाइयो रु विभाजनले कसलाई फाइदा भयो रु त्यसको समीक्षा गर्नु जरुरी छ”, अध्यक्ष यादवले भन्नुभयो, “पार्टी विभाजनको कुनै औचित्य थिएन्, यसबाट उहाँहरुलाई त फाइदा भएन् ।” उहाँले भन्नुभयो, “त्यसैले यी कुराको समीक्षा गरी उहाँहरु आउनुभयो भने हामी खुल्ला हृदयल...
चितवनमा नयाँ चरा भेटियो

चितवनमा नयाँ चरा भेटियो

Breaking News 1, समाचार
काठमाणैँ, जेष्ठ २५ चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो । बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउनुहुन्छ । यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ । रासस...
गाईघाटमा सगरमाथा इन्स्योरेन्सद्धारा आगलागीले क्षती पुगेका सवारी धनी राईलाई ४० लाख वरावरको रकम हस्तान्तरण

गाईघाटमा सगरमाथा इन्स्योरेन्सद्धारा आगलागीले क्षती पुगेका सवारी धनी राईलाई ४० लाख वरावरको रकम हस्तान्तरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ सगरमाथा इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले आगोले जलेर क्षती पुगेको सवारीका धनिलाई ४० लाख बराबरको भुक्तानी प्रदान गरेको छ । मंगलबार गाईघाट स्थित सवारी धनी किसन राईको घरमै कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले सवारी बिमा दावी भुक्तानी बापतको रकम प्रदान गरेको गाईघाट शाखा प्रमुख धन वहादुर कटुवाल (डिवी) ले जनाए । गएको माघ १९ गते राती १ बजेको समयतीर राईको गाडीमा आगोलागि पूर्ण क्षती पुगेका थिए । सोही क्षती वापतको रकम ४ महिना पछि कम्पनीले धनीलाई बुझाएको छ । त्रियुगा नगरपालिका ११ पुरानो सब्जी बजार स्थित किसन राईको करिब ५२ लाख बराबरको स्कारपियो जलेर नष्ट भएका थिए । स्कारपियो सँगै एउटा मोटरसाईकल समेत जलेर नष्ट भएका थिए । सवारी धनी राईले विमा वापतको रकम पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले ढिलै भएपनि रकम प्रदान गरेर आफ्नो मन जित्न सकेको भन्दै सगरम...
बालेन  शाहको निर्णयलाई उयदपुरबाट पनि समर्थन, बेलकाको रंगमहल होटलले  प्रयोगमा ल्यायो शार्वाजानिक शौचालय

बालेन शाहको निर्णयलाई उयदपुरबाट पनि समर्थन, बेलकाको रंगमहल होटलले प्रयोगमा ल्यायो शार्वाजानिक शौचालय

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ बालने साहाको राम्रो कार्यलाई समर्थन गर्ने भन्दै उदयपुरको एक होटलले आफुले प्रयोग गर्ने शौचालयलाई सार्वजानिक शौचालयको रुपमा प्रयोग गर्ने भएको छ । उदयपुरको बेलका नगरपालिका ६ मा रहेको रंगमहल होटलले आफ्नो शौचालयलाई सार्वाजानिक रुपमा प्रयोग गर्न दिने जनाए । काठमाण्डौँ महानगरपालिकाले बैशाख ३० गते बसेको कार्यापालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेका थिए । उक्त महानगरमा युवा नेतृत्व वालेन साहा निर्वाचित भए सँगै काठमाण्डौँको सरसफाई र फोहोर व्यवस्थापनको बिषयमा केन्द्रीय रहेर बैठक वसिएको थियो । मेयर साहाको निर्णयलाई पास गर्दै सार्वजानिक स्थलमा रहने होटल, रेष्टुरेन्ट, पेट्रोल पम्प लगायतको शौचालयलाई सार्वजानिक शौचालयको रुपमा प्रयोग गर्न सकिने कुरा रेष्टुरेन्ट, चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा कुराकानी भएका थिए । सोही निर्णयलाई देशैभरबाट समर्थन गर्दै आईरेहको छ । यसै शिल...
सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २४ उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायत रकमबाहेक विद्यार्थीबाट शुल्क नलिन आदेश दिएको हो । अदालतले वैशाख २३ गते अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई जेठ १० गते बोलाएको थियो । दुवै पक्षको बहस सुनेपछि सोमबार अदालतले विद्यार्थीबाट कुनै प्रकारका शुल्क नलिन आदेश सुनाएको हो । आदेशमा भनिएको छ, “आमनेपाली नागरिकका सन्तानले आठ कक्षासम्म अनिवार्य निःशुल्क पढ्नु पढाउनुपर्ने र कक्षा नौदेखि १२ सम्म निःशुल्क पढ्न पाउने हक सुनिश्चित हुनुपर्ने विषयलाई नजरअन्दाज गर्न मिल्दैन ।” ...
आईतबार बिदा दिने निर्णय खारेज

आईतबार बिदा दिने निर्णय खारेज

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ सरकारले आईतबारको विदालाई ख्यारेज गरेको छ । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने श्रेष्गले बताए ।...
त्रियुगामा बाँध पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा

त्रियुगामा बाँध पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २२ उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण नदीको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र उच्च जोखिममा परेको हो । त्रियुगा–११ नंवर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध बर्षाको कारण भत्कन थालेको छ । अहिलेसम्म पनि यीनको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो देखाएको पाइदैन । वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण बरुवा नदीको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएको कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत कार्की बताउनुहुन्छ । “तटबन्धन पुनःनिर्माण नै गर्नुपर्ने हो, तर मर्...
उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २२ गते । उदयपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–४ बसाहा स्थित घुम्तेली टोलका स्थानीय ४७ वर्षीय धनकुमार राईको शनिवार रातीको करिब ९ बजे करेन्ट लागेर ज्यान गएको हो । घरमा भएको विद्युतीय तार हटाँउन खोज्दा एक्कासी करेन्ट लागि घाईते भएको राईलाई उपचारको लागि बेल्टार स्थित चौदण्डीगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चिकित्सकले घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए । आफ्नै निर्माणाधीन नयाँ घरको लागि मिस्त्रीहरुले बेलुका काम गरेर त्यतिकै छाडेको वायरिङको तार हटाउँने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।...
त्रियुगाका नवनिर्वाचित मेयर बस्नेत भाकल पुरा गर्न खोटाङ पुगे

त्रियुगाका नवनिर्वाचित मेयर बस्नेत भाकल पुरा गर्न खोटाङ पुगे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेत आफ्नो भाकल पुर गर्नका लागि खोटाङका शक्तिपीठहरुमा मपुगेका छन् । नगरको मेयर हुन पाउँ भनि शक्तिपीठहरुमा गरेको भाकल पुरा गर्न बस्नेत खोटाङका विभिन्न स्थानहरुमा पुगेका हुन् । बस्नेतको आफनो पुख्यौली थलो सापातेल लगाएतका स्थानमा पुगेर भाकल बुझाउने पारिवारिक श्रोतले जनाएको छ । विहीबार निजी सवारी साधनमा गाईघाटबाट हिडेका बस्नेतले कटारी, घुर्मी हुदै हलेसी महादेवको दर्शन, दिक्तेल रुपाकोट मझुवागढी स्थित कालिका भगवतीको दर्शन गरिसकेका छन । विजयी हुने वित्तिकै खप्तरी बस्नेतको कुल मन्दिरमा पुगेका मेयर बस्नेत सोमबार सम्म नगरपालिका फर्कने बुझिएको छ ।...