Friday, August 21News That Matters

Breaking News 1

सिलाई व्यवसायी संघ उदयपुरले गर्यो त्रियुगाको जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

सिलाई व्यवसायी संघ उदयपुरले गर्यो त्रियुगाको जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरले हालै नवनिर्वाचित भएका त्रियुगाका नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्ममान कार्यक्रमको आयोजना गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार संघले कार्यलयमै भव्य स्वागत तथा सम्मान गरेको हो । नवनिर्वाचित मेयर वसन्त वस्नेत लगायत वडाअध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा स्वागत गरेको संघकी जिल्ला अध्यक्ष ज्ञानु प्रधानले बताईन् । निर्वाचित जनप्रतिनिधिहरुलाई भव्य स्वागत सम्मान सहित बधाई ज्ञापन पनि गरिएको थियो । नगर प्रमुख वस्नेतकै प्रमुख आतिथ्यतामा जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरिएको प्रधानले बताईन् । उक्त कार्यक्रममा मेयर वस्नेत सहित ११, १२, र ३ का वडाध्यक्ष तथा सदस्यहरु उपस्थिति रहेका थिए । उपप्रमुख महेश्वरी राई भने उपस्थिति हुन सकेकी थिईनन् । यस्तैगरी कार्यक्रमको अवसरमा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश ...
शिक्षकको खुर्पा प्रहारले श्रीमती घाइते

शिक्षकको खुर्पा प्रहारले श्रीमती घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । धनकुटामा शिक्षकले श्रीमतीमाथि खुर्पा प्रहार गरेको छ । जिल्लाको चौविसे गाउँपालिका–५ हमेलाका शिक्षका जसन तामाङले श्रीमती सुनिता तामाङमाथि खुर्पा प्रहार गरेको हो । खुर्पा प्रहारबाट गम्भीर घाइते सुनिताको बाँया खुट्टा र दाहिने हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । खुर्पा प्रहारबाट घाइते सुनिता रक्ताम्मे अवस्थामा छिमेकमा शरण लिन पुगेको स्थानियहरूले बताए । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।...
कटारीमा सिलाई व्यवसायी संघ नगरकमिटी गठन, अध्यक्षमा बालकुमारी

कटारीमा सिलाई व्यवसायी संघ नगरकमिटी गठन, अध्यक्षमा बालकुमारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० उदयपुरको कटारी नगरपालिकामा पनि नेपाल कपडा तथा सिलाई व्यवसायी नगरकमिटी गठन भएको छ । शुक्रबार एक कार्यक्रमकोबिच नगरकमिटी  गठन गरिएको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरका अध्यक्ष ज्ञानु प्रधान लगायतको उपस्थितिमा कटारीको उदयपुर उद्योग बाणिज्य संघमा कार्यसमिति गठन गरिएको हो । कटारी नगर कार्यसमितिमा बाल कुमारी परियारको अध्यक्षमा ११ जना काय कार्यसमिति गठन भएको छ । कार्यसमितिमा अध्यक्ष बाल कुमारी परियार, उपाध्यक्षमा इस्लाम खान, सचिव रण बहादुर नेपाली, कोषाध्यक्ष, बेनुका कुमारी राई र सहसचिवमा जानुका वस्नेत रहेकी छिन् । यस्तैगरी सदस्यहरुमा लिला कुमारी मगर, देवी कुमार राना मगर, मुना परियार, इन्दीरा वस्नेत, राधा कटुवाल र चित्र बहादुर दमाई रहेका छन् ।...
उदयपुरको चौदण्डीमा बस दुर्घटना २ महिला घाईते

उदयपुरको चौदण्डीमा बस दुर्घटना २ महिला घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सुन्दरपुरमा बस दुर्घटना हुँदा दुई महिला घाईते भएका छन् । जिगीदह–बिराटनगर चल्ने दुधकोशी यातायात बस दुर्घटना दुदा सवार ३०/४० वर्षीया र १५/१८ वर्षीया दुई महिला घाईते भएका हुन् । बस अनियन्त्रीत भई विस्तारै पल्टीएको बस चालकको भनाई छ । घाईते भएका दुवै महिलालाई उपचारको लागि अस्पताल लगिएको छ । थप अरु पनि घाईते भएको हुन सक्ने भएकोले तत्काल उक्त स्थानबाट बस हटाउन जेसिबी परिचालन गरिएको छ । घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।...
उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश

उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश गरेको छ । उदयपुरको जल्जलेमा रहेको सिमेन्ट उद्योगले स्थापनाको ३५ औं वर्ष वार्षिक उत्सवको आयोजना जेठ ३१ गते गरिने भएको छ । वार्षिक उत्सवको अवसरमा ३४ औं वार्षिक साधारण सभा समेत गरिने भएको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले वाणिज्य तथा आपूर्ती मण्डालापको सचिब अर्जुनप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा उत्सव मनाउदैं छ, भने त्रियुगा नगरपालिकाका प्रमुख तथा उप–प्रमुख सगाएतलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको छ ।...
लिम्चुङबुङको पहिलो कार्यपालिका बैंठक : प्रभावकारी सेवामा जोड

लिम्चुङबुङको पहिलो कार्यपालिका बैंठक : प्रभावकारी सेवामा जोड

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । लिम्चुङबुङ गाउँ कार्यपालिकाको पहिलो बैंठकले विभिन्न विषयगत समितिका संयोजक चयनसहित विविध निर्णय गरेको छ । जनताको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउन संयोजक तोकिएको र कर्मचारी र सेवाग्राहीको हितलाई मध्येनजर गर्दै केही निर्णयहरु भएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । अध्यक्ष राईका अनुसार स्थानीय निर्वाचनमा जनप्रतिनिधि चयन गर्ने काममा सरिक पालिकाबासी सबैलाई धन्यवाद ज्ञापन गर्दै सुरु भएको बैंठकले विषयगत समितिको संयोजक तथा निर्णयहरु सर्बसहमत गरेको हो । भौतिक पूर्वाधार विकास समितिको संयोजकमा ३ नं. वडाध्यक्ष गुरुमणी कुमाई, सामाजिक विकास समितिको संयोजकमा २ नं. वडाध्यक्ष जितेन राई रहेका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य गणेश राई, सार्बजनिक सेवा प्रवाह, सुशासन तथा क्षमता विकास समितिको संयोजकमा ४ नंं वडाध्यक्ष क्षत्र राई, लेखा समिति संयोजकम...
गाईघाटको साकेला भव्य रुपमा सम्पन्न, फोटोफिचर सहित

गाईघाटको साकेला भव्य रुपमा सम्पन्न, फोटोफिचर सहित

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ २८ गाईघाटको साकेला भव्य रुपमा समापन भएको छ । जेष्ठ २ गते बाट सुरु भएको साकेला आज ९सनिवार० सम्पन्न भएको हो । गाईघाट स्थित साकेला टोलको साकेला थानमा पुजाआजा तथा साकेला नाचेर यो बर्षको साकेला सम्पन्न गरिएको हो । साकेलामा हुईलुङ हान्ने, मछामा पुजा र थानमा पुजा पछि नाच गान गर्दै यो बर्षको साकेला गाईघाटमा सम्पन्न गरिने ११, १२ र १३ नं व डाका संयुक्त सचिव सर्वधन राईले जानकारी गराउनु भयो । त्रियुगा नगरपालिकाका बिभिन्न स्थानहरु बाट किराँती समुदायहरु साकेला नाचमा सहभागी भएका थिए ।सचिव राईले यो पल्ट साकेला प्रतियोगिता भने हुन नसेको जनाउनुभयो । हरेक बर्ष गिता स्मिृति साकेला रनिङ सिल्ड प्रतियोगिता हुँदै आएकोमा यो बर्ष भने बिबिध प्राविधिक कारण वस साकेला हुन नसकेको सचिव राईले जनाउनुभयो । कोरोनाले गर्दा करिब २ बर्ष लगतार रोकीएका साकेला यो बर्ष भने आन्तरिक रुपमै भएपनि मनाउने प्रयास...
त्रियुगा कार्यापालिका सदस्य निर्वाचनमा रोचक : मतदाता बढी कांग्रेसको, बिजयी एमाले र माओवादी

त्रियुगा कार्यापालिका सदस्य निर्वाचनमा रोचक : मतदाता बढी कांग्रेसको, बिजयी एमाले र माओवादी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ त्रियुगा नगर कार्यापालिका सदस्यमा रोचक मतदान भएको छ । ८२ मत रहेको कर्यापालिका निर्वाचनमा ४२ मत कांग्रेको मात्रै थियो । कांग्रेस एक्लै बहुमतको अवस्थामा पनि कार्यपालिका सदस्यमा भने कांग्रेसको लाजस्पद हार भयो । यहाँ एमालेका ४ र माओवादीका ३ गरी ७ जना बिजयी हुँदा कांगेसको एक जना उम्मेदवार मात्रै बिजयी बनेको छ । माओवादी बाट विमल किराँती, कुन्ती परियार, रेखा थापा मगर र एमाले बाट रेनुका श्रेष्ठ, सुनिता गजमेर, गिता कुमरी उप्रेदी र डिल्लीसेर राई बिजयी बनेका छन् । यता कांग्रेसबाट बलदेव विश्वकर्मा बिजयी बनेका छन् । ८२ मत मध्ये एमालेको २४ र माओवादीका १६ मत रहेका थिए ।...
त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यमा एमाले र माओवादीका ७ जना निर्वाचित, मेयर अल्पमतमा

त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यमा एमाले र माओवादीका ७ जना निर्वाचित, मेयर अल्पमतमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यमा एमाले र माओवादीका ७ जना निर्वाचित भएका छन् । एमाले र माओवादी संयुक्त गठबन्धनका हुन् । गठबन्धनको ७ उम्मेदवारहरु निर्वाचित भैरहँदा कांग्रेस बाट भने एक जना उम्मेदवारले मात्रै जित निकालेका छन् । कार्यपालिका सदस्यमा जम्मा ८ जना समिति रहन्छ । यस मध्ये एमाले र माओवादीले बहुमत प्राप्त गरेका छन् । एमाले बाट ४ जना र माओवादी बाट ३ जना गरी जम्मा ७ जना कार्यपालिका सदस्य निर्वाचित भएको हो । माओवादी बाट विमल किराँती, कुन्ती परियार, रेखा थापा मगर र एमाले बाट रेनुका श्रेष्ठ, सुनिता गजमेर, गिता कुमरी उप्रेदी र डिल्लीसेर राई बिजयी बनेका छन् । यता कांग्रेसबाट बलदेव विश्वकर्मा बिजयी बनेका छन् ।  ...
गाईघाटमा साकेला भव्य रुपमा आज हुँदै, प्रतियोगिता भने हुन सकेन

गाईघाटमा साकेला भव्य रुपमा आज हुँदै, प्रतियोगिता भने हुन सकेन

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ जेष्ठ ३ गते बाट बिधिगत रुपमा देशैभर सुरु भएको किराँती समुदायहरुका साकेला नाच बिभिन्न स्थानमा मनाईने क्रम जारी छ । उदयपुरको त्रियुगा नगरपालिका स्थित साकेला थानमा पनि जेष्ठ ३ बाट बिधिगत रुपमा पुजा आजा गरी साकेला सुरु गरिएको थियो । जिल्ला लगायत त्रियुगा नगरपालिका भरी करिब १ महिना सम्म चल्ने यो पर्व आज भने भव्य रुपमा साकेला टोलको साकेला थाननमै हुने भएको छ । जिल्लाकै ठुलो साकेला थान गाईघाट स्थित त्रियुगा नगरपालिका ११ साकेला टोलमा अवस्थित छ । यहाँ माछाकुमा घर र सिकारी पुजा गर्ने स्थाल समेत व्यवस्थित रुपमा रहेको छ । साथै यस ठाउँमा किराँती समुदायहरुको संस्कार संस्कृति झल्काउने बिभिन्न मठ मन्दिर भौतिक संरचना र सालिकहरु समेत खडा गरिएको छ । किराँती समुदायमा प्रचिललित वावु पोखरी, वावु, किराँती राजाको सालिक जस्ता कुारहरु पनि खडा गरिएको छ । यो बर्ष गाईघाटमा आन्तरिक साकेलाको आयो...