सेवा सुविधा नलिने त्रियुगाकै उदाहरणीय वडाअध्यक्ष उम्मेदवार राईले वडावासीको मन जित्दै
पूर्णपुष्टि, बैशाख १८
त्रियुगा नगरपालिका ११ का लागि गठबन्धन तर्फको वडाअध्यक्ष उमम्ेदवार कालिदास राई (किसन) यति वेला जनताहरुको घरमा मत माग्न व्यस्त छ । वडाअध्यक्षको उम्मेदवार दिँदै गर्दा राईले जनताको लागि व्यक्तिगत ऐजेन्डा समेत बनाएको छ । राईले आफु अध्यक्ष भैहालेमा वाडा बाट प्राप्त कुनै पनि सरकारी सुविधा नलिने प्रतिवद्धता पनि जनाएको छ । उनले वडावाट प्राप्त हुने आफ्नो सेवा सुविधा वापतको रकम सबै वडावासीको लागि आकस्मिक कोषमा जम्मा गर्ने जनाए ।
राईले आफ्नो पार्टीगत र व्यक्तिगत ऐजेण्डा प्रस्तुत गर्दै जाँदा जनताहरुले आशलाग्दो व्यक्तीको रुपमा स्वीकार गरेको छ । आईतबार ११ नं को शिवालय टोल लगायतको वस्तीहरुमा पुगेर राईले जनता समक्ष आफ्नो लागि अमुल्य भोट मागेका थिए । राईले आफु पारिवारिक स्रोतले सक्षम रहेकाले पनि वडाको बजेट दुरुपयोगमा कुनै संका नगर्न जनताहरुलाई सुझाएको छ । खान लगाउन पुग्छ मेरो स्वा...









