Sunday, August 23News That Matters

Breaking News 1

उदयपुरमा कृषिगणना कार्यालय स्थापना

उदयपुरमा कृषिगणना कार्यालय स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २ गते । उदयपुरमा मंगलबार तीन महिनाको लागि कृषिगणना कार्यालय स्थापना भएको छ । साहायक जिल्ला अधिकारी विनोद कुमार पोखरेलको उपस्थितमा सातौं राष्ट्रिय कृषिगणना २०७८ को स्थलगत अध्ययनको लागि कार्यालय स्थापना भएको हो । कृषिगणना कार्य २०७९ बैशाख ६ देखि सुरु भएर जेष्ठ १९ गते सम्म सञ्चालन हुने जिल्ला कृषिगणना अधिकृत शिवनारायन महतोले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सबै स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ता द्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ । कृषिगणना नेपालको ७७ जिल्लाका ७५३ स्थानीय तहहरुमा गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा वि.सं.२०१८ साल देखि विभागले हरेक दश दश बर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आइरहेको छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृष...
उदयपुरमा मोटरसाईकलले ठक्कर दिदाँ महिलाको मृत्यु

उदयपुरमा मोटरसाईकलले ठक्कर दिदाँ महिलाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २ । उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपालिका– ३ कि ७६ वर्षीया बृद्धा राम माया आलेको मृत्यु भएको हो । आज बिहान पौने ११ बजे पैदल हिडिरहेकी आलेलाई स.७ प ८६९२ नम्बरको मोटरसाईकलले ठक्करदिदाँ घाईते भएकी थिईन् । घाईतेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
३५ बिगहा जमिनमा लगाइएको अफिम प्रहरीद्धारा नष्ट

३५ बिगहा जमिनमा लगाइएको अफिम प्रहरीद्धारा नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २ । ३५ बिगहा जमिनमा लगाइएको अफिम खेतीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुले नष्ट गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका अन्तर्गत चौकीटार, मादल सिंह, कैलाश गाउँपालिका अन्तर्गत रहेको वडा–७ का बिलौनी, बिलासी र ताम्लाङ तथा वडा ८ का रुपलाङ, डुडलुङलगायत वडाका ३५ बिगाहामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।...
नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

Breaking News 1, समाचार
पूर्णपुष्टि,  चैत्र २ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए । डा.शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो । मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो । पे...
नेपाल–युएई संयुक्त समिति बैठक ः नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

नेपाल–युएई संयुक्त समिति बैठक ः नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत २ नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा युएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनःएकीकरण योजनामा नेपाल सरकारको प्रस्तावअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि युएईले जनाएको छ । युएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने गरी ‘पा...
अझै अँध्यारोमा टाङ्गिया बस्ती ः दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता

अझै अँध्यारोमा टाङ्गिया बस्ती ः दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत २ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताउनुभएको छ । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उहाँले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वनको चरणमा पु¥याइएको जानकारी दिनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन । विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो । वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ । नवलपुरको सबस्टेश...
राष्ट्रपतिसँग साउदी अरबका विदेशमन्त्रीको भेट

राष्ट्रपतिसँग साउदी अरबका विदेशमन्त्रीको भेट

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत १ राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको थियो । त्यस अवसरमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो । नेपाल र साउदी अरेबिया बीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ । दुवै राष्ट्रले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति प्रतिबद्ध प्रतिबद्धता र निष्ठा व्यक्...
उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत : खत्री पक्राउ

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत : खत्री पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत १ गते । उदयपुरमा नौं वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । जिल्लाको बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई करणी अभियोगमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर करणी गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।...
लिम्चुङबुङका अध्यक्ष प्रदेश कृषि रणनीति सल्लाहकार सदस्य

लिम्चुङबुङका अध्यक्ष प्रदेश कृषि रणनीति सल्लाहकार सदस्य

Breaking News 1, आर्थिक, राजनीति, समाचार
उदयपुर, चैत १ । १ नं. प्रदेश कृषि विकास रणनीति तर्जुमाका लागि प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा उदयपुरको एक गाउँपालिका अध्यक्ष पनि मनोनयनमा परेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई १ नं. प्रदेश मन्त्रीस्तरको निर्णयानुसार प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा मनोनयन भएका हुन् । अध्यक्ष राईलाई फागुन ३० गते १ नं. प्रदेश मन्त्रीस्तरको निर्णयानुसार स्थानीय तहको तर्फबाट मनोनयन गरिएको हो । लिम्चुङबुङ स्थानीय सरकारले अध्यक्ष कृषि परियोजना सञ्चालन गरी कृषिका कामहरु अगाडि बढाईरहेको छ । सो परियोजना जिल्लाको आठ पालिका मध्ये एकमात्र पालिकाले सञ्चालनमा ल्याएको परियोजना हो । सम्भवतः देशभरकै पालिकाहरु मध्येको पहिलो पालिका रहेको छ । जिम्मेवारी पाएकोमा अध्यक्ष राईले खुसी ब्यक्त गरेका छन् । “प्रदेश कृषि विकास रणनीति तर्जुमाका लागि प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस...
उदयपुर जिल्ला प्रहरीको सुविधा सम्पन्न भवन उद्घाटन (फोटो फिचरसहित)

उदयपुर जिल्ला प्रहरीको सुविधा सम्पन्न भवन उद्घाटन (फोटो फिचरसहित)

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागनु ३० । जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन आज (सोमबार) उद्घाटन भएको छ । भौतिक संरचनाको हिसावले सुविधा सम्पन्न नवनिर्मित भवनहरुको उद्घाटन एक समारोहकाबीच प्रहरी महानिरिक्षक सैलेश थापा क्षेत्रीले गर्नुभएको हो । प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्साघर र नागरिक सहायता कक्षसहित सातवटा भौतिक संरचना एकैसाथ निर्माण भएका छन् । ११ करोड ४२ लाख बजेटमा भुकम्प प्रतिरोधात्मक भवन संरचनाहरु निर्माण भएका हुन् । निर्माण कम्पनी आशिस आशिर्वाद जेभिले समयमै निर्माण कार्य सम्पन्न गरेको हो । नवनिर्मित भौतिक संरचनाका कारण प्रहरीलाई जिल्ला कार्यालयको कार्य सम्पादनमा सहजता आएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो । भवन संरचनाहरु प्रहरी कार्यालयको आप्mनै परिषरभित्र निर्माण भएका छन् । प्रहरी कार्यालयसंगै आधुनि...