Sunday, August 23News That Matters

Breaking News 1

जन्ती सवार टिपर दुर्घटना : उदयपुरका २ को मृत्यु, २४ घाइते

जन्ती सवार टिपर दुर्घटना : उदयपुरका २ को मृत्यु, २४ घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३० । जन्ती बोकेको टिपर दुर्घटना हुदाँ उदयपुरका दुई युवकको अकालमै ज्यान गएको छ । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना भएको थियो । सो दुर्घटनामा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा ज्यान गएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् । बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका–५ ठाकुरखोला ३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको थियो । दुर्घटनामा अन्य ४ जना गम्भीर छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।...
उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित राई पक्राउ

उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित राई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३० । उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शनिबारर चौदण्डीगढी नगरपालिका–४ का ३१ वर्षीय भुषण राईलाई प्रहरीले पक्राउ गरेको हो । साँझ ७ बजेको समयमा रामपुर फत्तेपुर सडक खण्ड अन्तर्गत आम्बासीमा चेकिङको क्रममा गोप्य सूचनाका आधारमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । कालो रङ्गको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको १३ ग्राम लागूऔषध ब्राउन सुगरसहित राई पक्राउ परेको डिएसपी बेदप्रसाद गौतमले बताए । पक्राउ परेको राई विरुद्ध जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । उदयपुरमा यति ठूलो परिणाममा ब्राउन सुगर फेला परेको यो नै पहिला रहेको गौतमको भनाई छ ।...
डेड वर्षीया बालिका करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

डेड वर्षीया बालिका करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३० । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की डेड वर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । फाल्गुन २७ गते बेलुका साँढे ५ बजे तिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिईन् । अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोहि दिन राती साँढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर करणी गरी अर्धचेत अवस्थामा छाडेर फरार भएको खुले संगै दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहे...
उदयपुरमा रामपुर शसस्त्र प्रहरीले जलमार्ग हुँदै आएको ४ सय केजी गाँजा फेला पार्यो

उदयपुरमा रामपुर शसस्त्र प्रहरीले जलमार्ग हुँदै आएको ४ सय केजी गाँजा फेला पार्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २९ उदयपुरमा शसस्त्र प्रहरीले ४ सय केजी गाँजा फेला पारेको छ । शसस्त्र प्रहरी वल नेपाल सुरक्षा वेस रामपुर ठोक्सीलाले कोशीस्थित बाँसमा बगीरहेको अवस्थामा करिब ४ सय केजी गाँजा फेला पारेको हो । रामपुर ठोक्सीला स्थित मान्छे विहिन अवस्थामा पहाडी भेगबाट जलमार्ग हुँदै बाँसमा बगिरहेको गाँजा शसस्त्र प्रहरी निरिक्षक सुमन बुढाथोकीको टोलीले रातको करिब २ बजे फेला पारेको सशस्त्र प्रहरी वल उदयपुरका गणपति कृष्णराज अधिकारीले जानकारी दिए । गणपति अधिकारीका अनुसार गाँजा जिल्ला प्रहरी कार्यालय उदयपुरलाई जिम्मा लगाईने जनाएको छ । उक्त गाँजा पहाडी जिल्ला भोजपुर बाट झरेको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानीमा राख्ने काम भईरहेको अधिकारीले जानकारी दिए ।  ...
उदयपुर सिमेन्टको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकीमा एम्बुलेन्स र प्रयोगशाला

उदयपुर सिमेन्टको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकीमा एम्बुलेन्स र प्रयोगशाला

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि (उदयपुर), फागुन २८ । देशकै ठूलो उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ब्यवस्थापनमा त्रियुगा नगरपालिका ५ स्थित देउरी स्वास्थ्य चौकीमा एम्बुलेन्स तथा प्रयोगशालाका स्वास्थ्य उपकरणहरु आज उपलब्ध भएका छन् । उद्योगका महाप्रवन्धक गोपिकृष्ण न्यौपानेका अनुसार स्वास्थ्य चौकीलाई एकवटा महेन्द्रा बलेरो एम्बुलेन्स प्राप्त भएको छ । त्यसैगरी स्वास्थ्य परिक्षण तथा उपचारका लागि प्रयोगशालाका विभिन्न आधुनिक उपकरणहरु प्राप्त भएका छन् । एम्बुलेनस र प्रयोगशालाका कारण स्वास्थ्य चौकी सुविधा, सम्पन्न बनेको छ । जनशक्तिको हिसावलेसमेत स्वास्थ्य चौकी ब्यवस्थित बन्न पुगेको छ । एम्बुलेन्स तथा उपकरणहरुका लागि सगरमाथा एन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुछ्रे बैंक लिमिटेडबाट ५ लाख ६५ हजार र अन्य संघ/संस्थाहरुको सहयोगसमेत गरी कुल ३० लाख सहयोग संकलन भएको जनाइएको छ । उद्योगले आप्mनो सामाजिक ...
उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय बाणिज्य बैँकको एक्सटेन्सन काउन्टर स्थापना

उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय बाणिज्य बैँकको एक्सटेन्सन काउन्टर स्थापना

Breaking News 1
पूर्णपुष्टि, फागुन २८ राष्ट्रिय बाणिज्य बैँक गाईघाट शाखाले उदयपुर सिमेन्ट उद्योग जलजलेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उद्योग तथा कर्मचारी सहित त्यस आसपासका स्थानीयहरुलाई लक्षित गरी काउन्टर स्थापना गरेको हो । उक्त काउन्टरको उद्घाटन शनिवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले गरे । उद्घाटन सँगै मेयर चौधरीले त्यस काउन्टरको शाखा, बैँकको सेवा सुविधा र व्यवस्थापनको समेत परिक्षण गरे । काउन्टर स्थापनाले बाणिज्य बैँक सँग सम्बन्धित रहेर कारोबार गर्ने सम्बनिधत उद्योगका कर्मचारी र त्यस क्षेत्रको स्थानीयहरुलाई सुविधा थपिएको जनाएको छ । अब आफ्नै स्थान बाट सहज आर्थिक कारोबार हुने भएपछि थप सजिलो भएको उद्योगले जनाए । राष्ट्रिय बाणिज्य बैँकका गाईघाट शाखा प्रमुख विष्णु भट्टराईले उद्योगमा काउन्टर मात्र नभई सोहि आसपास तत्काल शाखानै विस्तार गर्ने योजना रहेको जनाएको छ । बैँकले देउरी वा जलजले कुनै ...
भारत बाट उपाधी जितेर फर्किने कप्तान प्रिती राईको दाबी

भारत बाट उपाधी जितेर फर्किने कप्तान प्रिती राईको दाबी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २७ भारतमा हुन लागिरहेको यू–१८ महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने दावीका साथ नेपाली महिला टिम शनिवार भारत प्रस्थान गर्दैछ । यू–१८ महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलमा सहभागी जनाउन र जितको अग्रिम शुभकामना सहित विदाई गरेको छ । टिमका कप्तान प्रिती राईले विदाईको क्रममा उपाधी जितेर नेपाल फर्किने जनाईन् । तीन टोली सम्मिलित प्रतियोगितामा नेपालको लक्ष्य उपाधि उचाल्ने रहेको जनाउँदै उनिले उपाधी जित्ने गरी खेल्ने जनाईन् । लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टिमले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ । नजिकिँदै गरेको महिला लिगका लागि तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र विपक्षी टिम भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले विश्वास व्य...
उदयपुरको सिर्वानीमा आगलागी हुँदा ५ लाख क्षति

उदयपुरको सिर्वानीमा आगलागी हुँदा ५ लाख क्षति

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २७ । उदयपुरको चौदण्डीगढी नगरपालिका– सिर्वानीमा आगलागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको छ । बुधवार राति ९ बजे स्थानीय कृष्ण विकको गोठ ग्वालीमा अचानक आग्लागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको हो । घरबाट जोडिएको विद्युत शर्टभइ आगलागी हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । आगलागीबाट ८ वटा बाख्रा, ३ वटा खशी र एउटा राँगा जलेर नष्ट भएको पीडित विककी श्रीमती कृष्णमायाले बताइन् । खरले छाएको ग्वालीमा रहेको पराल लगायत काठपातहरु पूर्णरुपमा जलेर नष्ट भएको कृष्णमायाले बताइन् । आगोलाइ दमकल र स्थानीयको सहयोगमा नियन्त्रण लिएकोले अन्य क्षति हुनबाट जोगिएको स्थानीयको भनाई छ । आगलागीको नगर प्रमुख खगेन्द्र राईले अनुगमनसमेत गरेको छ । यसरी आगलागी हुँदा पीडितले तत्काल २५ हजार रुपैयाँसम्म राहत पाउने व्यवस्था छ भने कसैको घरमा आगलागी भएमा तत्काल पुनर्निर्माणको लागि ३ ल...
उदयपुर आईपुगिन् : समुन्द्र देखी सगरमाथा सम्म साईकलिङ यात्रामा रहेकी अस्ट्रियाका सव्रिना

उदयपुर आईपुगिन् : समुन्द्र देखी सगरमाथा सम्म साईकलिङ यात्रामा रहेकी अस्ट्रियाका सव्रिना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २७ अस्ट्रिया नागरिक सविना फिल्ज्मोजर साईकलिङ यात्राको क्रममा उदयपुर आईपुगेकी छिन् । भारतको नजिकको समुन्द्र सतह वेस्ट बङगाल दिगाबाट नेपालमा रहेको विश्वकै अग्लो सगरमाथा सम्मको साईकलिङ यात्राको क्रममा उनि शुक्रबार उदयपुर गाईघाट आईपुगेकी हुन् । उनिले आफ्नो यात्राबारे जानकारी गराउन गाईघाटमा पत्रकार सम्मेलन समेत गरिन् । उनि शुक्रबार गाईघाट आईपुगेर आफ्नो यात्राको बारे पत्रकारहरुलाई जानकारी गराईन् । उदयपुर जिल्ला साईकलिङ संघको आयोजनामा भएको सम्मेलनमा उनिले समुन्द्र सतहदेखी सगरमाथा सम्म पुग्ने आफ्नो मुख्य लक्ष रहेको जनाईन् । भारतबाट किरब ८५० किलोमिटर साईकल यात्रा पश्चात उनि गाईघाट आईपुगेकी हुन् । उनले उदयपुर आईपुग्दा सम्म ८ दिन लगतार साईकलमा यात्रा गरेकी जनाईन् । अब उदयपुर बाट भने करिब ६ दिनमा सगरमाथा वेसक्याम्प पुग्ने तार्गेट रहेको पत्रकार सम्मेलनमा बताईन् । सव्रि...
ताप्लेजुङ सदरमुकाम आगलागी अपटेड ः उपचारका क्रममा वृद्धाको मृत्यु

ताप्लेजुङ सदरमुकाम आगलागी अपटेड ः उपचारका क्रममा वृद्धाको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २७ ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ । उपचारको क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । (रासस)...