Monday, August 24News That Matters

Breaking News 1

वारको पुस्तकालय भवन मेयर चौधरीद्वारा उद्घाटन

वारको पुस्तकालय भवन मेयर चौधरीद्वारा उद्घाटन

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि (उदयपुर), फागुन २७ । नेपाल बार एशोसिएसन उदयपुर इकाइको पुस्तकालय भवन आज उद्घाटन भयो । त्रियुगा नगरपालिकका मेयर बलदेव चौधरीले पुस्तकालय भवनको उद्घाटन गर्नुभयो । कानुनी ज्ञानहरुको अध्यायन केन्द्रको रुपमा पुस्तकालय निर्माण गर्ने उद्देश्यले पुस्तकालय भवन निर्माण गरिएको वारका अध्यक्ष श्यामानन्द चौधरीले बताउनुभयो । कार्यक्रममा जिल्ला न्यायधिसहरु, वारका पूर्व अध्यक्षहरु, वकिलहरुको सहभागिता थियो । मेयर चौधरीले त्रियुगा नगरपालिकाको सहयोगबाट निर्मित भवनलाई प्रविधियुक्त पुस्तकालय बनाउन सहयोग गर्ने बचन दिनुभएको छ । मेयर चौधरी सो बार इकाईको पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।...
खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाउने विद्यार्थी पक्राउ

खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाउने विद्यार्थी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २६ । खोटाङमा एक शिक्षकलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएको अभियोगमा एक विद्यार्थी पक्राउ परेको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई दुव्यवहार गरेको अभियोगमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य पावेल राई पक्राउ परेको हो । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले बुधवार शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका थिए । शिक्षकलाई दुर्व्यवहार गरेको केही समयपछि इलाका प्रहरी कार्यालय खोटाङबजारले राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विगत ८ वर्षदेखि प्रअको भूमिकामा रहेका...
संखुवासभामा वस दुर्घटना : दश जनाको मृत्यु, थप विवरण आउन वाँकी, उद्धारकार्य जारी

संखुवासभामा वस दुर्घटना : दश जनाको मृत्यु, थप विवरण आउन वाँकी, उद्धारकार्य जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २५ संखुवासभा बाट दमकका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परी करिब १० जनाको ज्यान गएको धनकुटा प्रहरीले जनाएको छ । बिहिबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं ६ सातघुम्ती भन्ने स्थानमा उक्त बस दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृ,त्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।घटनास्थलमा उद्धारकार्य जारी रहेको र अन्य विवरणहरु आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
उदयपुर घर बताउने ६६ बर्षिय बृद्ध सुर्खेतमा मृत भेटिए, पहिचान खुृले सम्पर्क गर्न प्रहरीको आग्रह

उदयपुर घर बताउने ६६ बर्षिय बृद्ध सुर्खेतमा मृत भेटिए, पहिचान खुृले सम्पर्क गर्न प्रहरीको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २६ उदयपुर घर बताउँदै आएका एक ६६ बर्षिय बृद्ध सुर्खेतमा मृत भेटिएका छन् । उनि उदयपुरकै भक्त बहादुर राई रहेको प्रहरीले जनाएको छ । सुर्खेतमा मृत भेटिएपछि जिल्ला र नामको आधारमा सुर्खेत प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सम्पर्क गरेका थिए । जिल्ला र नाम खुले पनि अन्य बिविध ठेगाना र परिवार नखुलेपछि राईको शव बुझाउन समस्या परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले मृत भएको बृद्धको आफन्तहरु उदयपुरमा भए तत्कालै सुर्खेत प्रहरीमा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । स्थानीयसँग बुझ्दा यसअघि उनले आफ्नो घर उदयपुर सदरमकुाम गाईघाट भएको बताउदै आएको खुलेको छ । उनि सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ९ चोल्पा भन्ने ठाउँका हिराबहादुर शाहीको घरमा डेरा गरी बस्दै आएका खुलेको छ । यता सुर्खेत प्रहरीले फागुन १३ गते राई मृत अवस्थामा भेटिएका ज...
आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् ः नोबेल मेडिकल कलेज

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् ः नोबेल मेडिकल कलेज

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २६ विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी गरेको छ । कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको जनाएको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कलोकल्पित र भ्रामक कुरा उल्लेख गरी बिभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको दावी गरेको छ । ‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा.रामहरी घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरुलाई आग्रह गर्दछौ र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नुहुँन सबैमा अनुरोध छ ।’ नोबेल मेडिकल कलेज, चि...
प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको शिष्टाचार भेट

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २५ प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोतोँ नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि मङ्गलबार राजधानी आइपुगेको हो । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधिमण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि हुनुहुन्छ । सो भेटका अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम रहिआएको नेपालको मित्रराष्ट्र फ्रान्सले नेपालका आर्थिक, सामाजिक क्षेत्रमा पु¥याउँदै आएको सहयोगको सराहना गर्नुभयो ।(रासस)...
फुटवलमा अब्बल उदयपुरे युवा संजित श्रेष्ठ

फुटवलमा अब्बल उदयपुरे युवा संजित श्रेष्ठ

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि खेलकुद ब्यूरो उदयपुर, फागुन २५ । उदयपुरका एक युवा फुटबलमा अब्बल देखिएका छन् । त्रियुगा नगरपालिका १० बोक्सेका संजित श्रेष्ठ फुटबलमा अब्बल देखिएका हुन् । उनी नेपाल पुलिसको ए–डिभिजन गोलरक्षक हुन् । खेल जीवनमा उनले थुप्रै पटक उत्कृष्ट गोलरक्षक र म्यान अफ दि म्याचको उपाधी हात पारिसकेका छन् । अहिले भने उनी आगामी बैशाख ११ गतेबाट सञ्चालन हुने नेपाल सुपर लिग २०२२ को खेलका लागि भएको अक्सनमा बिक्न सफल भएका छन् । उनको उत्कृष्ट खेलका साथै विगतको प्रदर्शनी र प्रस्तुतीका कारण नै क्लवमा बिक्न सफल भएका हुन् । उनलाई बुटवल लुम्बिनि फुटबल क्लवले किनेको छ । उनलाई पाउन क्लवले ५० हजार रुपैया लगाएको छ । नौं वर्षदेखि प्रहरीमा रहेका उनले हालसम्म बुढासुब्बा गोल्डकप–धरान, आहा रारा गोल्डकप–पोखरा, राजर्षि जनक कप फुटबल प्रतियोगिता सर्लाही लगायतका राष्ट्रिय स्तरका खेलहरु खेलिसकेका छन् । उनी त्रिनपा १०...
दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २५ हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ । जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौँ ।” यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थल लगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिक रुपमा विद्युत्...
धाप्लाङमा अबैधरुपले वन उत्खनन् गरी गिट्टी संकलन

धाप्लाङमा अबैधरुपले वन उत्खनन् गरी गिट्टी संकलन

Breaking News 1, समाचार
पूर्णपुष्टि (उदयपुर), फागुन २५ । उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङमा वन क्षेत्रमा उत्खनन् गरेर गिट्टी संकलन भइरहेको छ । अनाधिकृतढंगले वन क्षेत्रमा उत्खनन भएको स्थानीयले बताएका छन् । संकलित गिट्टी द कञ्चनजंगा/गोल्डन गुड जेभीले सञ्चालन गरेको क्रसर उद्योगमा प्रशोधन भइरहेको छ । जनशक्ति सामुदायिक वन उपभोक्ता समुह अन्तर्गतको वनक्षेत्रमा पर्ने बाझगरा भन्ने ठाउँमा डोजर चलाई टिफरहरुले क्रसरसम्म गिट्टी ओसार्ने गरिरहेको हो । प्रारम्भिक वातावरणीय परिक्षण (आइइइ) नगरी कुनै पनि ठाउँमा उत्खनन् गरी गिट्टी, बालुवा, ढुङ्गा, माटो जस्ता प्राकृतिक स्रोत निकाल्न पाइदैन । त्यहाँ सम्बन्धीत निकायले प्रारम्भिक वातावरणीय परिक्षण विना नै उत्खनन् भइरहेको स्थानीयले बताएका छन् । वन क्षेत्रमा त्यसरी उत्खनन् गर्न नपाइने डिभिजन वन कार्यालय उदयपुर गाईघाटका प्रमुख अम्बिका पौडेलले बताउनुभयो । धाप्लाङ क्षेत्रमा कुनै पनि...
मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २५ गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताउनुभयो । प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियो...