Monday, August 24News That Matters

Breaking News 1

अस्ट्रेलियामा बाढीका कारण ११ को मृत्यु

अस्ट्रेलियामा बाढीका कारण ११ को मृत्यु

Breaking News 1, समाचार, संसार
काठमाण्डौँ, फागुन १८ अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ । गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई अत्यधिक बर्षापछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मोसम पुर्वानुमान कार्यालयहरूले जनाएका छन् । हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध...
साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १८ साहित्यकार एवं पत्रकार बिके पाल्पाली ९विजयकुमार पोखरेल०को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो । केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आउनुभएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिनुभयो । उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय हुनुुहुन्थ्यो । उहाँ कानुन व्यवसायीसमेत हुनुहुन्थ्यो । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । (रासस)...
गाईघाटमा आधारभूत पत्रकारिता तालिम सुरु

गाईघाटमा आधारभूत पत्रकारिता तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १६ गाईघाटमा सोमवार देखी आधारभूत पत्रकारीता तालिम सुरु भएको छ । त्रियुगा उद्योग बाणिज्य संघको सभाहलमा करिब ४४ जनाको सहभागितामा तालिम सुरु भएको हो । पत्रकारिता प्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले तालिमको आयोजना गरेको हो । तालिमको अभावमा सामाजिक संजाल, युटुव च्यानलमा जथाभावि सूचनाहरु प्रशारण गर्दा सिंगो पत्रकारिता क्षेत्र प्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले महासंघले उनीहरुलाईसमेत लक्षित गरी तालिम आयोजना गरेको अध्यक्ष भरत खड्काले बताए । प्रदेश सभा सदस्य अम्बिका थापाको संसदिय विकास कोष र त्रियुगा नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा उदयपुर र छिमेकी जिल्ला खोटाङ्गका गरी ५० जनाको सहभागिता रहेको उनले बताए । पाँच दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजय मिश्र, वरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले गर्नु हु...
जंगली जनावर मार्ने श्रेष्ठ भरुवा बन्दुक सहित पक्राउ

जंगली जनावर मार्ने श्रेष्ठ भरुवा बन्दुक सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १५ संखुवासभाको चैनपुर नगरपालिका ७ बालेश्वर जंगलमा जंगली जनावर मृग मारी शिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर ७ फलाटे का ३५ बर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन । आज बिहान सवा ४ बजे बालेश्वर जंगलमा जंगली जनावरको शिकार भईरहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाबाट खटि गएको गस्ती टोलीले मृग मारी घर तर्फ लादै गरेको अवस्थामा श्रेष्ठलाई १ थान भरुवा बन्दुक सहित जंगलबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।...
गाईघाटमा भोली सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुँदै

गाईघाटमा भोली सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुँदै

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १६ गाईघाटमा मंगलबार त्रियुगा नगरपालिका अन्तर वडा सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनाराका साथ प्रतियोगिता गर्न लागिएको हो । उक्त खेल गाईघाट बोक्से स्थित बाल मन्दिर माविमा हुने आयोजकले जनाएको छ । कराते तेक्वान्दो तथा बक्सिङ टिम गाईघाटको आयोजना तथा १० वडा कार्यालयको सहयोगमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । खेल ११ बजे बाट सुरु हुने आयोजकले जनाए । खेल सकरे पुरस्कार वितरणको कार्यक्रम ४ बजे हुने पनि जनाएको छ ।...
हमाल बने मिस्टर उदयपुर च्याम्पियन २०७८ – भिडियो

हमाल बने मिस्टर उदयपुर च्याम्पियन २०७८ – भिडियो

Breaking News 1, मनोरञ्जन, समाचार
उदयपुर, फागुन १५ गते । हिजो सम्पन्न उदयपुर जिल्ला स्तरीय मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियन प्रतियोगितामा प्रथम–तेजबहादुर हमाल, द्वितिय – दिलिप चौधरी र तृतीय महेश तामाङ बनेका छन् । हेर्नुहोस् प्रतियोगिताको भिडियो क्लिप... https://youtu.be/76CCBUxMcgg
कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १५ स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अहिले त्यो चलन पनि हटेको छ । नागरिकलाई स्थानीय तहले गर्ने काम–कारबाहीबारेमा जानकारी गराउनु पर्छ । स्थानीय तहले गरेका नीति–निर्णय सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि नागरिकले पाउनुपर्ने सूचनाबाट बञ्चित हुँदै आएका छन् । स्थानीय तहले कार्यपालिकामा गरेका नीति–निर्णयलाई नागरिकसामु पु¥याउनका लागि प्रवक्ता तोक्न पाउने व्यवस्था छ । प्रवक्ताको काम स्थानीय सरकारले गरेका काम– कारबाहीको आम स्थानीयवासीलाई जानकारी गराउने भए पनि कार्यकालको अन्तिमसम्म आइपुग्दा कुनै स्थानीय तहले प्रवक्ताको भूमिका प्रष्ट पार्न सकेका छैनन् । ट...
कटारीका तेज बहादुर हमालले जित्यो मिस्टर उदयपुर शारिरीक सुगठन प्रतियोगिताको उपाधी

कटारीका तेज बहादुर हमालले जित्यो मिस्टर उदयपुर शारिरीक सुगठन प्रतियोगिताको उपाधी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ उदयपुरमा शनिवार भएको जिल्ला स्तरीय मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियनसिप प्रतियोगतिामा कटारीका तेज बहादुर हमाल प्रथम भएको छ । १३ जना सहभागीका बिच हमाल प्रथम हुन सफल भएका हुन् । प्रथम भए सँगै हमालले ५१ हजार नगद राशी, शिल्ड, प्रमाण पत्र र मेडल समेत प्राप्त गरेको छ । ७ ओटा इन्टरनेशनल पोजिसनहरुले जर्जहरुको मन जित्दै हमाल उत्कृष्ट पफमरका साथ प्रथम भएको हो । प्रतियोगितामा गाईघाटका दिलप चौधरी दोस्रो भएको छ भने गाईघाटकै महेश तामाङ तेस्रो भएको छ । दोस्रो हुन सफल चौधरीले रु २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । यस्तै तेस्रो हुन सफल तामाङले पनि रु १५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउन सफल भएको छ । १३ जना प्रतियोगितालाई पछि पार्दै उनिहरुले ७ पोजिसनबाट आफ्नो कोठा सुरक्षित गर्न सफल भएका हुन् । सुरुमा १३ जनाको प्रस्तुति देखाईपछि उत्कृष्ट ६ छ...
झोलुङ्गे पुलले यात्राअवधि छोट्टियो

झोलुङ्गे पुलले यात्राअवधि छोट्टियो

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १४ धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो । नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताउनुभयो । “नाउरा–चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो”, उहाँले भन्नुभयो, “पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ । जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।” धौलागिरि गाउँपालिकाले नाउराको कोपिलाघाटमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । रु ४० लाख ९४ हजार ४०५ को लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी ल...
त्रियुगा नगरपालिकाले ल्यायो उपमहानगरपालिकाको प्रस्ताव

त्रियुगा नगरपालिकाले ल्यायो उपमहानगरपालिकाको प्रस्ताव

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १३ त्रियुगा नगरपालिकाले उपमहानगरपालिकाको प्रस्तावलाई अगाडी बढाएको छ । शुक्रबार देखी सुरु भएको नगरपालिकाको आठौं नगरसभाले उपमहानगरपालिकाको प्रस्ताव ल्याएको हो । अधिवेशनले नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्ने कार्य योजना अघि सारेको छ । सभामा नगरपालिकाका प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालाई भुगोल र जनसंख्या विकासको हिसावले उपमहानगरपालिकाको रुपमा विकास गर्ने कार्य योजना प्रस्ताव पेश गर्नुभयो । पालिका आसपासका अन्य केही भुगोललाई समेटेपछि उपमहानगरपालिकाको हैसियतमा जनसंख्या र भुगोल पुग्ने भन्दै कार्य योजना प्रस्ताव गर्नुभएको हो । “अव हामी उपमहानगरपालिकाको हैसियतमा हुनेछौं” नगरप्रमुख चौधरीले भन्नुभयो “उपमहानगरपालिका बनेपछि थप विकासको ढोकाहरु खुल्नेछन् ।” यसका साथै मेयर चौधरीले ऐलानी पर्ती रहेका जमिन र अब्यवस्थित बसोबासहरुको जग्गा ब्यवस्थापन समाधान, नगरक...