Monday, August 24News That Matters

Breaking News 1

गाईघाटमा भोली हुने मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियन प्रतियोगिताको तयारी सम्पन्न

गाईघाटमा भोली हुने मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियन प्रतियोगिताको तयारी सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, फागुन १३ गाईघाटमा भोली हुने जिल्ला स्तरीय शारिरीक सुगठन च्याम्पियनसिप प्रतियोगिताको भव्य तयारी पुरा भएको छ । उक्त खेल शनिवार गाईघाट स्थित टाउन हल एण्ड पार्टी प्यालेर्समा दिउँसो १ बजे बाट हुँदैछ । आयोजक टिमका सदस्य तथा इनर्जी फिटनेस क्लबका संञ्चालक मनोज कटुवालले खेलमा आवश्यक सबै तयारी सकिए सँगै भोली खेल भव्य हुने समेत जानकारी दिए । कटुवालले खेललाई उत्कृष्ट बनाउन सबै सामाग्री सहित आवश्यक कामहरु पुरा भएकोले भोलीको खेलमा सहभागी हुन सबैमा आग्रह समेत गरेको छ । खेलका लागि अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरु जर्जको रुपमा आईसकेको जनाएको छ । प्रतियोगितामा अन्तराष्ट्रिय जर्ज शिव मुखिया, राष्ट्रिय खेलाडी एवम् निर्णयक पूर्ण तामाङ, राष्ट्रिय निर्णायक शारदा दाहाल, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी राम दाहाल, शारिरीक सुगठन प्रदेश नं १ का अध्यक्ष केशव श्रेष्ठ सहित आवश्य व्यक्तिहर...
गठबन्धन जोगाउन काँग्रेस माओवादी दुवै सकरात्मक

गठबन्धन जोगाउन काँग्रेस माओवादी दुवै सकरात्मक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ शुक्रबार भएको काँग्रेस र माओवादीको बैठकले गठबन्धन सकरात्मक रहेको शन्देश दिएको छ । एमसीसीले भड्कीलो अवस्थामा टुटफुटको समेत हल्ला चलिरहेको अवस्थामा बैठकले गठबन्धन जोगाउन कांग्रेस र माओवादी दुवै सकरात्मक रहेको निष्कर्ष निकालेको छ । गठबन्धन भित्रै रहेका कांग्रेसले कुनै पनि हालतमा एमसीसी पास गर्नु पर्ने अडान राखेको र माओवादीले भने कुनै पनि हालतमा पास गर्नु नहुन अडान राख्दै जाँदा सत्ता गठबन्धनभित्र खटपट रहेको थियो । शुक्रबार भएको कांग्रेस नेता र माओवादी नेताहरुको उक्त भेटवार्ताले भने गठबन्धन जोगाउन सकरात्मक रहेको शन्देस दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ। अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको ...
त्रियुगा नगरपालिकाको आठौँ नगर सभा आज

त्रियुगा नगरपालिकाको आठौँ नगर सभा आज

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १३ उदयपुरको सबै भन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिकाको आठौँ नगरसभाको बैठक आज भव्य हुँदैछ । उक्त नगरसभाको बैठक हुने भएकाले शुक्रबार नगरको सबै सेवा प्रबाह स्थगित हुने नगरले जनाएको छ । नगरपालिकाले नगर सभाको बैठक हुने भन्दै एकदिनका लागि सेवा स्थगित बारे सूचना प्रकाशन समेत गरेको छ । सूचनामा त्रियुगा नगरपालिकाको कार्यालय, मातहतका १६ वटै वडा कार्यालयहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण नियमित सेवाहरु प्रवाह नहने प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकजनाएको छ । यसबाट नगरवासीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी छ भन्दै सूचना प्रकाशित गरेको छ । नगरले एक दिन सेवाग्राहीमा पर्न गएको बिभिन्न काम कार्वाहीको असर बारे क्षमा याचनाबारे समेत सूचनामा उल्लेख गरेको छ ।  ...
विश्वकप छनोटमा ओमानलाई पराजित गर्दै नेपाल तेस्रो

विश्वकप छनोटमा ओमानलाई पराजित गर्दै नेपाल तेस्रो

Breaking News 1, खेलकुद, समाचार
काठमाण्डौ, फागुन १२ आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहँदै ५५ रन बनाए । त्यसैगरी आरिफ शेख २१ रनमा अविजित रहे भने आसिफ शेख १३ रनमा आउट भए । ओमानका जिसन मक्सुदले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो । ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए । यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट ...
युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १२ युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ९एनआरएनए० ले चिन्ता व्यक्त गरेको छ । एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र पछिल्लो विकसित घटनाक्रमबीच पनि उनीहरु सबै सकुशल रहेको जनाइएको छ । विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दाबढी नेपाली रहेको जानकारी प्राप्त भएकाले त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । साथै युक्रेनमा रहेका सबै नेपालीलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्याङ्कन गरी आवश्यक परे स्वदेश फर्कनसमेत एनआरएनएले आग्रह गरेको छ । एनआरएनएले युक्रेनमा सम्पर्कका लागि र...
एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि (काठमाडौँ), फागुन १२ । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ । सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ । एमालेले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ । सो छलफललाई अघि बढाउने वा नबढाउने भन्नेबारेमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गर्ने जनाइएको छ । एमालेका नेता डा भीमबहादुर रावलले आजको बैठक बस्ने सम्भावना न...
उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले आफ्नै वडाबासी पैदलयात्रुलाई मोटरसाईकलले गएराती ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्राप्त जानकारी अनुसार त्रिनपा–६ का अन्दाजी ५३ वर्षिय रामचन्द्र चौधरी (थारु) लाई वडाध्यक्ष चौधरीले ठक्कर दिएका थिए । गाईघाट–कदमाहा सडक खण्डको देउरी र जलजलेबीचको कुमारीचौकमा राती ८ः३० बजेको समयमा पैदलयात्रामा रहेका चौधरीलाई वडा कार्यालयको सरकारी गाईघाट कदमाहा कमारीचौकमा, राती ८ः३० स १ ब ८९७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते बनेको चौधरीलाई उपचारका लागि विराटनगर लैजादा जैलादै बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा अध्यक्ष चौधरी पनि घाइते भएका छन् । उनको पनि विराटनगरमा उपचार भइरहेको जनाइएको छ । घटनापछि पिडित पक्षले आजविहान घटनास्थल कुमारी चौकमा चक्काजाम...
गाईघाटमा एमसीसीको बिरोधमा विद्यार्थीहरुले पुत्ला दहन सँगै सिडियो कार्यालय घेराउ गर्यो

गाईघाटमा एमसीसीको बिरोधमा विद्यार्थीहरुले पुत्ला दहन सँगै सिडियो कार्यालय घेराउ गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १२ संयुक्त राष्ट्र संघ अमेरीकाको अनुदान भनिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा गाईघाटमा विद्यार्थीहरुले चोर्का विरोध गरेको छ । उनिहरुले बिरोध सँगै अमेरीकी राष्ट्रपति र नेपालका प्रधानमन्त्रीको पुत्ला दहन र जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेको छ । एमसीसी पास गर्ने सरकारको उग्र प्रयास र आज हुने संसदमा एसीसीको बारे छलफललाई असफल बनाउँदै उक्त एजेन्डा फिर्ता लैजान दवाव स्वरुप विरोध गरिएको विद्यार्थी नेताहरुले जनाएको छ । अखिल क्रान्तिकारी उदयपुर, अनेरास्ववियु उदयपुर र अनेरास्ववियु क्रान्तिकारी उदयपुरको संयुक्त आयोजनामा उक्त विरोध कार्यक्रम गरिएको विद्यार्थी नेता सुरेश गुप्ताले बताए । जनता बहुमुखी क्याम्पस र बरुवा क्याम्पसका विद्यार्थीहरुको भेलामा बिरोध कार्यक्रम सँगै पुत्ला दहन र प्रशासन घेराउ गरिएको थियो । मोतिगडा बाट सुरु भएको र्याली त्रियु...
सोलुखुम्वुमा घोडाबाट लडेर एक बालिकाको मृत्यु अर्की घाईते

सोलुखुम्वुमा घोडाबाट लडेर एक बालिकाको मृत्यु अर्की घाईते

Breaking News 1
पूर्णपुष्टि, फागुन ११ सोलुखुम्बु खुम्बु पासाङल्हामु गाऊपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनिसगै सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् । बुधबार बिहान साढे १० बजे उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाऊपालिका ३ लासे दोभान स्थित हिउमा चिम्लिएर घोडा घाईते मध्ये सोनामको उपचारको लागी लैजादै गर्दा दिउसो १२ बजे बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरको रानीपोखरीमा डुबी ५६ वर्षीया महिलाको मृत्यु

उदयपुरको रानीपोखरीमा डुबी ५६ वर्षीया महिलाको मृत्यु

Breaking News 1, समाचार
उदयपुर, फाल्गुन ११ गते । उदयपुरको त्रियुगा नगरपालिका–६ स्थित रहेको रानीपोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ । सोही स्थान बस्ने ५६ वर्षीया नाक्सीमाया परियारको मंगलबार नुहाउने क्रममा पोखरीमा डुबी ज्यान गएको हो । हिजो दिउसो पौने १२ बजे जलजले स्थितमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुबी परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिनुभयो ।...