Monday, August 24News That Matters

Breaking News 1

भोली बिहिबार बाट बर्षा र हिमपातको सम्भावना

भोली बिहिबार बाट बर्षा र हिमपातको सम्भावना

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ५ जल तथा मौसम विज्ञान विभागले भोली बिहिबार बाट बर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण भोलिदेखी मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने बिभागले जनाए । बिहीबारबाट हरेक प्रदेशहरुका थोरै(थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । अहिले प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ । आज राति र भोलि ९बिहीबार० सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने मौसमविद मञ्जु वासीले बताइन् । त्यसपछि अन्य प्रदेशमा पनि यसको प्रभाव फैलिंदै जाने छ । ‘यो प्रणालीको प्रभावले उच्च भूभागमा हिमपात पनि हुन्छ, पानी पनि पर्छ’, मौसमविद वासीले भनिन् । काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्का पानी पर्ने ...
लिम्चुङबुङमा फस्टायो व्यवासायीक च्याउ खेती

लिम्चुङबुङमा फस्टायो व्यवासायीक च्याउ खेती

Breaking News 1, बिचार, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, माघ ५ लिम्चुङबुङ गाउँपालिकाको समृद्धिको विकासको रुपमा रहेको कृष अहिले त्याहाँको जनताहरुले व्यवसायको रुपमा अघि सारेको छ । कृषिलाई मुलभुत बनाउने एजेन्डा, सहयोग र आधुनिकिकरण, प्राविधिकरण र प्रत्यक्ष ज्ञानको कमिले आफ्नो उर्वरा माटोलाई छाडेर पैसा कमाउन र एक छाक खान सयौँ युवाहरु विदेशिने गरेको सो पालिकामा अहिले तिनै युवाहरु व्यवसायी कृषिमा आकर्षित बनेका छन् । आफ्नै ठाउँको माटो र कर्मलाई नबुझेर स्थानीय सरकार आउनु अघिनै सयौँ युवाहरु विदेश पलायन भईरहेको अवस्थामा अहिले तिनै युवाहरुले कृषि कर्मलाई अगढी बढाए सँगै त्याहाँको कृषि व्यवसायीकरणमा परिवर्तन भएको हो । गाउँपालिकाले कृषि क्षेत्र लाई निकै महत्त्वपूर्ण कार्यक्रमको रूपमा अगि सारे संगै यहाँका कृषकहरुको कृषि पेशा थप व्यवसायीकरणमा सहयोग स्वयम कृषकहरु बताउँछन् । पालिकाले कृषि क्षेत्रलाई निकै महत्त्वपूर्ण योजनाका साथ अध्यक्ष कृषि प...
नेपालमा आज एकै दिन १० हजार भन्दा बढीमा कोरोना संक्रमण, हाल सम्मकै उच्च

नेपालमा आज एकै दिन १० हजार भन्दा बढीमा कोरोना संक्रमण, हाल सम्मकै उच्च

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ४ नेपालमा हाल सम्मकै उच्च कोरोना संक्रमित संख्या फेला परेको छ । आज मात्रै १० हजार भन्दा बढी मानिसहरु कोरोना संक्रमितको सिकार भएको छ । यो संख्या नेपालमा कोरोना सुरु भएदेखिकै उच्च संख्या हो । यसअघि मे ११, २०२१ मा सर्वाधिक ९ हजार ३ सय १७ जना संक्रमित फेला परेका थिए। देशभर फैलिएको संक्रमण र पुष्टि भएको संख्या हेर्दा मंगलबार मात्रै करिब १० हजार २५८ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ । पछिल्लो विश्वमै तेस्रो लहर ओमिक्रोन फैलिरहेको अवस्था छ । त्यो अवस्था बाट नेपाल पनि अछुतो छैन् । मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७ सय ३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो । देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो...
कोरोना रोकथामका लागि काठमाण्डौँको सिडियोले गरे २७ बुद्धे आदेश जारी, यी कुराहरु हुने भयो ठप्प

कोरोना रोकथामका लागि काठमाण्डौँको सिडियोले गरे २७ बुद्धे आदेश जारी, यी कुराहरु हुने भयो ठप्प

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ४ कोरोना संक्रमण तिव्र फैलिन थालेपछि काठमाण्डौँको सिडियोहरुले तत्कालै २७ बुदे आदेश जारी गरेको छ । काठमाण्डौँको उपत्यकामा रहेका तिनै ओटा जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम तथा नियन्त्रणलाई सहयोग पुराउन २७ बुदे आदेश जारी गरेको जनाएको छ । जारी आदेश यस प्रकारको छ । १। सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप संवत् २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने । २। गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने साथै संवत् २०७८ साल माघ ७ गते पश्चात खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने । ३। सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम...
उदयपुरगढीमा आज बिहानै बसले किचेर एक पुरुषको ठाउँको ठाउँ ज्यान गयो

उदयपुरगढीमा आज बिहानै बसले किचेर एक पुरुषको ठाउँको ठाउँ ज्यान गयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ४ उदयपुरको उदयपुरगढी गाउँपालिका ५ मा आज विहान करिव ९ बजेको समयमा बसले किच्दा  एक पुरुषको ज्यान गएको छ । पालिकाको घाटे स्थित सानिमा बैँक अगाडी बसले किच्दा ५० बर्षे एक पुरुषको ज्यान गएको हो । ज्यान जानेमा सोहि ठाउँ बस्ने कृष्ण बहादु राई रहेको छ । उदयपुरगढी गाउँपालिका बाट गाईघाट तर्फ आउँदै गरेको ना ३ ख ७९४४ नम्वरको बसले सोहि बसमै सवार यात्रु राईलाई पछाडीको चक्काले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए । तरकारी बेच्ने बजार निस्केका राईको तरकारी बिक्रि नभएपछि अन्य बजार नेपालटार लगेर बेन्चे भन्दै गाडी चढेर जाने क्रममा बिच बाटोमै बसले किचेर उनको ज्यान गएको स्थानीय मन कुमार राईले बताए । घटना लगत्तै उयदपुरगढी बाट प्रहरी टोली खटी घटना बारे घटना विवरण तथा अनुसन्धान बारे प्रक्रिया भईरहेको पनि प्रहरीले जनाए । बस चालक रौतामाई गाउँपालिका ७ का अन्दाजी ४० बर्षिय रा...
कटारी मरुवामा भएको बुलेरो दुर्घटनामा परि मगरको मृत्यु, अन्य आठ घाईते

कटारी मरुवामा भएको बुलेरो दुर्घटनामा परि मगरको मृत्यु, अन्य आठ घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ४ सोमवार दिउँसो उदयपुरको कटारी नगरपालिका ४ मरुवामा भएको बुलेरो दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य आठ जना घाईते भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ८ पाटाखोला बस्ने ३८ वर्षिय विक्रम राना मगर रहेका छन् । उनको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको भएको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेमा सोही ठाउँका ५६ वर्षिय सेतीमाया श्रेष्ठ, ५२ वर्षिय चन्द्र श्रेष्ठ, उमेर नखुलेको गीता श्रेष्ठ, १७ वर्षिय मनोज खड्का, ५२ वर्षिय किशनलाल श्रेष्ठ, ५ वर्षिय बालक दिवस श्रेष्ठ, ३६ वर्षिय बुद्धिमाया श्रेष्ठ र ३५ वर्षिय बेदकुमारी श्रेष्ठ रहेको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । तिब्र गतिमा बोलेर कुदाएकोले अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए । उनीहरुको कटारी अस्पतालमा उपचार भईरहेको छ भने बोलेरो चालक प्रेम बहादुर श्रेष्ठ फरार भएका छन् । कटारी बजारबाट सिरिस...
उदयपुरमा बुस्टर डोज लगाउने समय र तालिका सार्वजानिक

उदयपुरमा बुस्टर डोज लगाउने समय र तालिका सार्वजानिक

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ३ उदयपुरमा पनि बुस्टर डोजको मात्रा लगाउन जिल्लाको बिभिन्न पालिकाहरुमा समय तालिका तोकिएको छ । पछिल्लो समय कोरोनाको तेस्रो लहरले फेरी संक्रणलाई बढाएको भन्दै अग्रपंक्तिमा खटिने सम्बन्धित व्यक्ति तथा क्षेत्रहरुलाई बुस्टर डोजको मात्रा लगाउन सुरु गरिने भन्दै सयम तालिका तयार पारिएको हो ​। उदयपुरमा रहेको ४ ओटा गाउँपालिका र ४ ओटा नगरपालिका गरी ८ ओटा खोप केन्द्र तोकेर बुस्टर डोज लगाउने तालिका सर्वाजानिक भएको स्वास्थ्य यकार्यालय उदयपुरले जनाएको छ । कार्यालयले चौदण्डीगढीमा ४ र ५ गते , त्रियुगा नगरपपालिका भवनमा ५ र ६ गते, उदयपुर अस्पताल गाईघाटमा ४, ६ र ७ गते, कटारी नगरपालिकामा ६ र ७ गते बुस्टर डोज लगाउने स्वास्थ्य कार्यालय उदयपुरको पत्रमा उल्लेख गरिएको छ । यसैगरी उदययपुरगण्ढी गाउँपालिका ,६ र ७ गते लगाईने र लिम्चुङबुङ , रौतामाई , र ताप्लीमा भने ९ र १० गते लगाईने कार्यालयले जनाएक...
विद्यार्थीहरुलाई हेल्थ प्रोफेसनको न्यानो कपडा सहयोग

विद्यार्थीहरुलाई हेल्थ प्रोफेसनको न्यानो कपडा सहयोग

Breaking News 1, समाचार
अर्जुन आचार्य पूर्णपुष्टि, माघ ३ विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले आइतबार ग्रामथान २ झोराहाटको रवी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका १०० जना साना विद्यार्थीलाई स्वेटर वितरण गरेका छन् । लायन्सका संस्थापक मेल्भिन जोनका सम्झनामा लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ का गभर्नर रेवतबहादुर कार्कीले आव्हान गरेको सप्ताहव्यापी ‘सर्भिस विक’ का अन्तिम दिन लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलले न्यानो कपडा वितरण कार्यक्रम राखेको क्लबका अध्यक्ष प्रमोद चौधरीले बताए । रवी आधारभूत विद्यालयमा दलित विद्यार्थीहरु मात्रै अध्ययन गरेकाले सो विद्यालय छनोट गरेको अध्यक्ष चौधरीले बताए । क्लवले औपचारिक कार्यक्रम गरेर स्वेटर हस्तान्तरण गरेको थियो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, उपाध्यक्षहरु डा. शुनिल रेग्मी र अनिल शर्मा, सचिव प्रमोद साह, विद्यालय प्रधानाध्यापक जितेन्द...
कुटपिटबाट छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

कुटपिटबाट छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ३ सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–१ बुम्रे का ४५ वर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेको छ । वाङदी शेर्पाले गत राती पौने १२ बजे सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि गई वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।...
आजबाट श्रम स्वीकृत अनलाईन बाट मात्रै जारी हुने

आजबाट श्रम स्वीकृत अनलाईन बाट मात्रै जारी हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २ सरकारले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागेको छ । सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लैजाने क्रममा सरकारले आईतबार देखि पुनः श्रम स्वीकृतिको काम अनलाई माध्यम बाटै गर्न लागेको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी कार्यालयले जनाए। पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ। यसका लागि सुरुमा विभागको ...