Monday, August 24News That Matters

Breaking News 1

धादिङ पहिरोमा परेको दुई जना अझै फेला पर्न सकेन

धादिङ पहिरोमा परेको दुई जना अझै फेला पर्न सकेन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ३० बाटो खन्ने क्रममा माथि बाट पहिरो खसी डोजर समेत पुरिएर बेपत्ता भएको दुईजना अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिएको छ । हिजो बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । डिएसपी भण्डारीका अनुसार आज पनि बिहानै बाट बेपत्ताको खोजी कार्य जारी राखेको जनाएको छ । बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् । ‘पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था छैन, मानिसले नै आफैं पहिरो पन्छाउनुपर्छ त्यसैले खोज्न कठिन भइरहेको छ’ डिएसपी भण्डारीले भने ।रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ...
उदयपुरमा तामाङको हत्या गरि साउदी पुगेका मगर १७ वर्षपछि पक्राउ

उदयपुरमा तामाङको हत्या गरि साउदी पुगेका मगर १७ वर्षपछि पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २९ उदयपुरमा हत्या गरि साउदी पुगेका एक युवा १७ वर्षपछि पक्राउ परेको छ । उदयपुरको बेलका नगरपालिका–६ कात्तिकेका ४० वर्षीय गोविन्द मगरलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा साउदीमा पक्राउ गरेको हो । मगरले १३ मंसिर २०६१ मा मानबहादुर तामाङको हत्या गरेको अभियोग छ । मृतकका आफन्त जीतबहादुर तामाङले मगरबिरुद्ध जाहेरी दिएका थिए । १७ वर्ष पुरानो केश पल्ट्याएर हेर्दा अभियुक्त मगर रोजगारीका लागि खाँडीमुलुक पुगेको पत्ता लागेपछि उदयपुर प्ररहीले प्रक्रिया अगाडि बढाएको थियो । उनलाई बुधबार राती इन्टरपोलको टोलीले साउदी अरबबाट सीधै नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनलाई प्रक्रिया पु¥याएपछि जाहेरी दिइएको प्रहरी कार्यालय उदयपुरको बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरमा ल्याइने बताइएको छ । पक्राउ परेका मगरलाई हाल काठमाडौंमै राखिएको छ । उनलाई थप अनुसन्ध...
उदयपुरमा आजबाट २५ जना भन्दा बढी भेला हुन नपाउने, प्रशासनले यी कुराहरुमा लगायो रोक

उदयपुरमा आजबाट २५ जना भन्दा बढी भेला हुन नपाउने, प्रशासनले यी कुराहरुमा लगायो रोक

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २८ नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरेको छ । प्रशासनले बुधवारबाट जिल्ला भित्र २५ जना भन्दा बढी उपस्थित भएर सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव गर्न रोक लगाएको हो । गृह मन्त्रालयको निर्देशन अनुसार उदयपुर जिल्ला कोभिड–१९ व्यवस्थापन समितीको मंगलवार बसेको बैठकले यी विभिन्न कुराहरुमा रोक लगएको छ । मन्त्रालयले पुष २६ गते एक सुचना प्रकाशन गर्दै २५ जना भन्दा बढी उपस्थित भएर गरिने सम्पूर्ण गतिविधीलाई प्रतिबन्ध गर्न स्थानीय प्रशासनलाई अधिकार दिएको थियो । माघ ७ गतेबाट सार्वजनिक स्थलहरु (कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला) प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिर्वाय रहेको पनि प्रशासनको वि...
चौदण्डीको माध्यमिक विद्यालयमा अपराध न्युनीकरणका लागि विद्यार्थीहरुबीच सचेतनामूलक कार्यक्रम

चौदण्डीको माध्यमिक विद्यालयमा अपराध न्युनीकरणका लागि विद्यार्थीहरुबीच सचेतनामूलक कार्यक्रम

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २८ उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित श्री माध्यमिक विद्यालयमा प्रहरीद्धारा अपराध न्युनीकरणका लागि विद्यार्थीहरुबीच सचेतनामूलक कार्यक्रम गरेको छ । प्रहरीले समाजमा हुने विभिन्न खाले घरेलु हिंसा र अपराधहरु न्यूनीकरणका गर्नका लागि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुबीच सचेत गराउन सहजीकरण स्वरुप कार्यक्रम गरेकोे हो । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत इलाका प्रहरी कार्यालय बेल्टारले आफ्नो क्षेत्रमा पर्ने विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुमा गई लागुऔषध, सुरक्षा सचेतना, प्रबिधिको प्रयोगबाट निम्तीने बिद्युतीय अप राधलगायतको विषयमा सचेतानामूलक कक्षाहरु सञ्चालन गर्दै आएको छ । शिवाईको श्रीमाविमा पनि सोही कक्षा सञ्चालन भएको हो । ईलाका प्रहरी कार्यालय बेल्टारका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक यादवराज निरौलाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्...
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत १८ जना प्रहरी जवान हल्दारमा बढुवा

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत १८ जना प्रहरी जवान हल्दारमा बढुवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २७ जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत १८ जना प्रहरी जवानको हवल्दार पदोन्नति भएको छ । जिल्लाको बिभिन्न पालिकाहरुमा काम गर्दै आईरहेका जवानहरुको पद स्तरउन्नती हुँदै हवल्दारमा बढुवा भएको हो । प्रहरीको पेशा प्रतिबद्ध भई जनताको सुरक्षामा कर्तव्यनिष्ट भएर लागि परेको भन्दै उनिहरुको कामको उच्च मुल्याङकनका साथ जवान बाट हवल्दारमा बढुवा गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बढुवा हुनेहरुमा भुवन राई, रुपाधन राई, केशर बहादुर बिक, ज्ञानी कुमारी चौधरी, रोशन श्रेष्ठ, बिशाल बिष्ट, मया बिष्ट, अम्बिका कार्की, सम्झना कुमारी लामा, गौरव लामा, खगेन्द्र तामाङ, तेज बहादुर चौलागाई मेघराज खतिवडा, अनिल कुमार मण्डल, बिरेन्द्र कुमार मण्डल, शत्रुधन ठाकुर, मिथिलेस कुमार यादव, र अनिल कुमार यादव रहेका छन् । उनिहरु सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्ष (एसपी) सुवास चन...
हजारौँ व्यवसायीहरुको सहभागितामा त्रियुगा उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन सम्पन्न

हजारौँ व्यवसायीहरुको सहभागितामा त्रियुगा उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन सम्पन्न

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २७ बिभिन्न अबरोध र समस्यालाई झेल्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले छैँटौ बार्षिक साधारण सभा, अधिवेशन सँगै समिति चयनको काम सोमवार सम्पन्न गरेको छ । लामो समय सम्म विवादमा झेलिएको संघलाई संस्थागत बनाउन रमेश रसाईलीको नेतृत्वमा १२ सदस्यीय तयार भएको छ । केहि व्यक्तिहरुले साधारण सभा तथा अधिवेशनलाई असफल बनाउन अन्तिम सम्मै लागि परेपनि हजारौँ व्यवसायीहरुले साधारण सभा तथा अधिवेशनलाई साथ दिएको संघका वर्तमान अध्यक्ष रमेश रसाईलीले बताए । रसाईलीले अधिवेशन असफल बनाउन व्यवसायीहरु नभई व्यक्तिहरु लागि परेको भन्दै कुनै पनि क्षेत्रमा सामान्य तया यस्तो समस्या आउन स्वभाविक रहेको बताए । रसाईलीले यो व्यवसायीहरुको निष्पक्ष छाता संगठन रहेको हुँदा यहाँ व्यवसायीले अधिवेशनलाई साथ दिएमा अरु कुनै व्यक्तिहरुले प्रभाव नपार्ने बताए । उनले आफुले संघको नेतृत्व गर्दै गर्दा आउने दिनमा संस्था र व्य...
एमाले उदयपुरको मेजर पोष्टमा किन अटिनन् महिला नेतृत्व ?

एमाले उदयपुरको मेजर पोष्टमा किन अटिनन् महिला नेतृत्व ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २६ नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशनको अध्यक्ष मण्डलले सोमवार साँझ अध्यक्ष सहितको पदाधिकारीहरुको नाम सार्वजानिक गरेको छ । अम्विका थापा मञ्जु चौधरी लगायतको अध्यक्ष मण्डलले बन्द सत्रको करिब ३ दिन पश्चात पदाधिकारीहरुको नाम सर्वसहमत सार्वजानिक गरेको हो । कुनै पनि आकांक्षीहरुमा फेरि पनि चित्त नबुझेको भए मंगलबार सम्म उम्मेदवारी मनोनयन दर्ता गराउन सक्ने भन्दै आफ्नो तर्फ बाट पदाधिकारीहरुको नाम सार्वजानिक गरिसकेको छ । अध्यक्ष मण्डलले कमिटी अध्यक्षमा परमेश्वर घिमिरे, उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा र उपसचिवमा भरत थापा र टेक बहादुर राउतको नाम सार्वजानिक गरेको छ । यसरी ५ जनाको नाम सार्वजानिक हुँदै गर्दा कुनै पनि महिला नेतृको भने नाम आएन । यस्को मतलब मेजर पोष्टमा एकै जना महिला पनि आँटिनन् । त्यसोत मेजर पोष्टका लागि कुनै पनि महिलाहरुले दावी नगरेको पनि होईन ।...
त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश रसाईली निर्वाचित

त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश रसाईली निर्वाचित

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २६ उदयपुरको त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश रसाईली सर्वसहमत निर्वाचि भएको छ । पुष २६ गते सोमवार भएको संघको छैँठौँ बार्षिक साधारण सभा तथा अधिवेशनमा रसाईली सर्वसहमत निर्वाचित भएको हो । रसाईलीको अध्यक्षतामा १२ सदस्य कार्यसमिति तयार भएको छ । समितिको प्रथम उपाध्यक्षमा नविन वस्नेत द्धितिय उपाध्यक्षमा पर्शुराम चौधरी, माहासचिवमा दिने श्रेष्ठ, सचिवमा रुपम अनुराग गुप्ता र कोषाध्यक्षमा टिकाकुमार श्रेष्ठ निर्वाति भएको हो । यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा सरोज बस्नेत, दिपेन्द्र प्रसाद श्रेष्ठ, रुद्र बस्नेत, बैजनाथ साह, श्रवण चौधरी र हिरा साह सर्बसहमत चयन भएका छन् । नबनिर्वाचित अध्यक्ष रसाईलीले आफ्नो प्रतिवद्धता मन्तव्यको क्रममा आवश्यक सदस्यहरु पछि मनोनित गरिने बताएका छन् । साधारण सभा तथा अधिवेशनकै दिन समितिका पदाधिकारीहरु औपचारिक विधिगत तरिकाले चुनिएका थ...
एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे

एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २६ नेकपा एमाले उदयपुरको आठौँ अधिवेशनले परमेश्वर घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । बन्द सत्रको ४ दिन पश्चात अध्यक्ष मण्डलले पदाधिकारी नेतृत्वको नाम घोषणा गरेको हो । यस्तै उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ (काजी), सचिवमा कालुमान लामा, उपसचिवमा भरत थापा र टेक बहादुर राउत रहेको छ । अध्यक्ष मण्डलले घोषणा गरेको नाम कसैलाई चित्त नबुझेमा उम्मेदवारी मनोनयन दर्ता गराउन सकिने अध्यक्ष मण्डलले जनाएको छ ।...
एमाले उदयपुर अध्यक्षमा तिन नेताले छाडेनन् दावी, कस्ले मार्ला बाजी ?

एमाले उदयपुर अध्यक्षमा तिन नेताले छाडेनन् दावी, कस्ले मार्ला बाजी ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २६ एमाले उदयपुर अध्यक्षको लागि ३ जनाले आप्नो अध्याक्ष पदको दावी कायमै राखेको जनाएको छ । एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशनको क्रममा नयाँ नेतृत्व छान्ने प्रक्रिया अन्र्तरगत आज समम पनि सर्वसहमताा आउन नसकेपछि तिनै जनाले आफ्नो दावी कायमै रहेको जनाएको छ । उनिहरुले पार्टीमा आफ्नै योगदान र कदरको कुरालाई जोडेर पार्टी नेतृत्वमा आफ्नो भुमिका महत्वपूर्ण रहेको जनाउँदै आफ्नो दावीलाई निरन्तर कायम राखेको जनाए । एमाले नेता तथा जिल्ला सचिव परमेश्वर घिमिरेले एमाले पार्टी जिल्ला अध्यक्षमा आफ्नो पहिलो हक लाग्ने जनाएको छ । एमाले पार्टीको तर्फ बाट जनताहरुलाई धेरै साथ सहयोग गरेको भन्दै अध्यक्षमा आफ्नो दावी पहिलो हक लाग्ने जानकारी दिए । समन्वय प्रमुख समेत रहेको खड्ग परियारले पनि आफु पार्टी हाँक्न सक्षमा र योग्य भएको जनाए । परियारले पार्टीलाई क्रियाशिल र मजवुद बनाउने कुरामा आफु सँधै...