Monday, August 10News That Matters

Breaking News 1

झापा १० औँ नारदमुनी गोल्ड कपको सेमिफाइनलमा

झापा १० औँ नारदमुनी गोल्ड कपको सेमिफाइनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १६ । झापा ११ फुटबल क्लब १० औँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । बुधबार चौदण्डिगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको दोस्रो क्वाटर फाईनल खेलमा आयोजक बसाहा क्लबलाई शून्यको विरुद्ध एक गोल गर्दै झापा सेमीफाइनलमा प्रवेश गरेको हो । झापाका लागि जर्सी नम्बर १८ का (कप्तान) पेमा तामाङले ७९ औँ मिनेटमा गोल गरे । उनले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । भोली हुने तेस्रो क्वाटर फाईनल खेल सलहेश युवा क्लब (सिराहा) र एलएक्स सिटी फुटबल क्लब (मोरङ्ग) बिच हुनेछ । भोली हुने तेस्रो क्वाटर फाईनलको विजेताले बागमति युवा क्लब (सर्लाही) सँग सेमिफाईनल खेल्नेछ भने न्यु त्रियुगा स्पोर्टस क्लब (सप्तरी) र एभरेष्ट फुटबल क्लब (सुनसरी) बिचको चौँथो क्वाटरफाईनलको विजेताले झापासँग सेमिफाईनल खेल्नेछ । उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी...
माछा चोरीको आरोपमा उदयपुरमा तीन जना पक्राउ

माछा चोरीको आरोपमा उदयपुरमा तीन जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १६ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा सामुदायिक वन क्षेत्रभित्र रहेको व्यावसायिक माछा फार्मबाट १५ लाख रुपैयाँ बराबरको माछा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१ जोगिदहस्थित मैनाहा केन्द्रीय टोलका ५६ बर्षीया कलावती चौधरी, ५० बर्षीय राम किसुन चौधरी र नवज्योति टोलका ४० बर्षीय शिव शंकर चौधरी रहेका छन् । उनीहरूले जागृति सामुदायिक वन क्षेत्रमा रहेको ‘कृषी चाम्लिङ फर्म’ का तीनवटा पोखरीबाट गत पुष २८ गते दिउँसो १ बजे माछा चोरी गरेको पीडित लिल बहादुर राईले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडित राईका अनुसार चोरी भएका माछाहरूमा कोमल, विकेट, रौ, ग्रासकार र भाकुर जातका छन्, जसको प्रति गोटा तौल ४ केजीसम्म रहेको र कुल मूल्य १५ लाख रुपैयाँ बराबर रहेको छ । उजुरीमा उल्लेख भए अनुसार घटनामा संलग्न अन्य ८–९ जना फरार रहेका छन् । पीडित...
उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप सुरु, उद्घाटन खेलमा बागमति विजयी

उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप सुरु, उद्घाटन खेलमा बागमति विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १५ । उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप फूटबल प्रतियोगिता २०८१ सुरु भएको छ । मंगलबार बसाहा युवा क्लबद्धारा आयोजित १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकपको उद्घाटन एमाले कोशी प्रदेश इन्चार्ज तथा कोशि प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राइले गरेका हुन् । चौदन्दीगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको पहिलो उद्घाटन खेलमा डिफेन्डिङ्ग च्याम्पियन बागमती युबा क्लब सर्लाहीले संकटा फूटबल क्लब काठमाण्डुलाई १–० गोल अन्तरले हराएको हो । बागमतिका लागी जर्सी नं. १४ का सनम धिमालले ७२ औँ मिनेटमा गोल गरे । उनको त्यहि गोल नै जितका लागी निर्णायक गोल बन्यो । ८ टिमको सहभागी रहेको गोल्डकप यहि माघ २२ गते सम्म संचालन हुनेछ । भोली हुने दोस्रो क्वाटरफाईनल खेल आयोजक बसाहा क्लब र झापा फुटबल क्लबबिच हुनेछ । उपाधी बिजेताले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ...
प्रेस सेन्टर नेपाल उदयपुरद्वारा बिरामीलाई फलफुल वितरण

प्रेस सेन्टर नेपाल उदयपुरद्वारा बिरामीलाई फलफुल वितरण

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १५ माघ । प्रेस सेन्टर नेपाल उदयपुरले जिल्ला हस्पिटल उदयपुरका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । संस्थाको २१ औँ स्थपना दिवसको अवसरमा सेन्टरको उदयपुर शाखाले विरामीहरुलाई फलफुल वितरण गरेको हो । मंगलबार उदयपुर शाखा अध्यक्ष अभिमन्यु लामिछानेको नेतृत्वमा केन्द्रीय सदस्य यदु ढकाल, हरि कुमार राई, पूर्व प्रदेश सदस्य गजेन्द्र राई लगायत जिल्ला कार्यसमितिको उपस्थितिमा फलफुल बितरण गरेको हो । हस्पिटलमा भएका सबै बिरामीहरुलाई स्याउ, केरा, सुन्ताला, फ्रुटी लगायतका सामाग्री वितरण गरिएको हो । अध्यक्ष लामिछानेले उदयपुर शाखाले स्थापना दिवसको अवसरमा सँधै यसरीनै सामाजिक काम गर्दै आएको जनाए ।...
उदयपुरगढी ७ जोगिटोलमा एक पुरुष मृत फेला

उदयपुरगढी ७ जोगिटोलमा एक पुरुष मृत फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ माघ । उदयपुरको उदयपुरगढी वडा नं ७ अधेरी छेउ जोगिटोलमा एक पुरुष मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोही वडाका बर्ष ४६ को नयन्त्र घले मृत अवस्थामा फेला परहेको हो । डिएसपी राजन चापागाईका अनुसार घटना हिजो बेलुकाको भएपनि स्थानीयहरुले बिहान १० बजेमात्रै थाहा पाएका थिए । ढुँगैढुँगा भएको आसपासमा घले मृत अवस्थामा फेला परेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । घटनाबारे सर्जिमन मुचुल्का उठाईरहेको छ । तालिम प्राप्त कुकुर ल्याएर मात्रै लाश उठाउन भएको छ ।...
उदयपुरमा पाठेघर मुखको क्यासर विरुद्धको एच.पिभी. खोप माघ २३ देखी लगाईदै

उदयपुरमा पाठेघर मुखको क्यासर विरुद्धको एच.पिभी. खोप माघ २३ देखी लगाईदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ माघ । स्वास्थ्य कार्यालय उदयपुरले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापुला भाईरस (एच.पिभी.) खोप लगाउने भएको छ । उदयपुरमा पहिलो र दोस्रो चरण गरी यहि माघ २३ गतेदेखी फागुनको ७ गते सम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जनाए । निरौलाका अनुसार पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा २३ गतेदेखी पहिलो चरणको खोप लगाईने भएको छ भने दोस्रो चरणमा कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा लगाईने भएको छ । जसमा विद्यालयमा २८३, स्वास्थ्य संस्थामा ९२ समुदाय तथा खोप केन्द्रमा २१ गरी जिल्लामा ३९६ ओटा खोप केन्द्रहरु तोकिएको निरौलाले जनाएको छ । बिषेशगरी १० देखी १४ बर्ष उमेरका किशोरीहरुलाई लक्षित ...
त्रिनपा १६ का जेष्ठ नागरिक र अपाङ्गता व्यक्तिहरुलाई न्यानो कपडा, दलित समुदायलाई आरान मेशिन

त्रिनपा १६ का जेष्ठ नागरिक र अपाङ्गता व्यक्तिहरुलाई न्यानो कपडा, दलित समुदायलाई आरान मेशिन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ माघ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई न्यान्यो कपडा र आरान मेशिन प्रदान गरेको छ । सोमवार त्रियुगा नगरपालिका १६ वडा कार्यालयको आयोजनामा तथा २०८१÷२०८२ को स्वीकृत ७५ हजार वडागत बजेटबाट ८० बर्ष माथिका जेष्ष्ठ नागरिक र (क) बर्गका अपाङगता भएका व्यक्तिहरु गरी ६२ जना र यता दलित लक्षित ५० हजार बजेटबाट एक ग्रेण्डर मेशिन र ९ आरान मेशिन सहित १० ओटा स्थानीय परम्परागत आरान मेशिन प्रदान गरिएको हो । वडाअध्यक्ष मान वहादुर राईका अनुसार वडा सरकारले वडामा रहेको जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको संरक्षण गर्ने उदेश्य सहित जाडोबाट जगाउन न्यानो कपडा प्रदान गर्नुका साथै व्यवसायबाट आर्थिक पार्जनमा टेवा पुराउन दलित परिवारलाई आरान मेसिन वितरण गरेको हो । वडाले विगतदेखि नै यस किसिमको कार्यक्रमलाई निरन्तरता दिदै आएको पनि अध्यक्ष राईले जनाए । वडा कार्यालयले लक्षित वजेट तथा कार्यक्...
ताप्ली गाउँपालिकामा हुलाक कार्यालय स्थापना

ताप्ली गाउँपालिकामा हुलाक कार्यालय स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १४ । उदयपुरको पहाडी क्षेत्रमा रहेको ताप्ली गाउँपालिकामा पहिलो पटक हुलाक कार्यालय स्थापना गरिएको छ । सरकारको ‘एक पालिका एक हुलाक कार्यालय’ कार्यक्रम अन्तर्गत रुपाटारमा स्थापना गरिएको यो कार्यालयको आज जिल्ला हुलाक कार्यालयका सुब्बा खिलराज बस्नेतले एक समारोहका बीच उद्घाटन गरे । कार्यालय प्रमुख उमा विकका अनुसार तीन जना कर्मचारीको टोलीले सेवा प्रवाह सुरु गरिसकेको छ । कार्यालयले चिठीपत्र वितरण, हुलाक टिकट बिक्री लगायतका आधारभूत हुलाक सेवाहरू प्रदान गर्नेछ । ‘पहाडी क्षेत्रका बासिन्दाले लामो समयदेखि हुलाक सेवाको माग गर्दै आएका थिए । अब स्थानीय स्तरमै सहज रूपमा हुलाक सेवा उपलब्ध हुने भएको छ,’ कार्यालय प्रमुख विकले बताइन् । यस अघि ताप्ली गाउँपालिकाका बासिन्दाले हुलाक सेवाका लागि टाढा जानुपर्ने बाध्यता थियो । नयाँ कार्यालय स्थापनासँगै स्थानीयवासीलाई सरकारी हुलाक सेवा सहज रूपमा ...
स्थानीय तहको राजस्व क्षमताको आधारमा समपूरक अनुदान वितरण हुने

स्थानीय तहको राजस्व क्षमताको आधारमा समपूरक अनुदान वितरण हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १४ । राष्ट्रिय योजना आयोगले स्थानीय तहलाई सात वर्गमा विभाजन गरी नयाँ समपूरक अनुदान वितरण प्रणाली लागू गरेको छ । यो नयाँ व्यवस्था अनुसार स्थानीय तहको राजस्व संकलन क्षमताको आधारमा २० देखि ८० प्रतिशतसम्म अनुदान प्राप्त हुनेछ । यस अघि सबै स्थानीय तहले पूर्वाधार निर्माणका लागि ५०÷५० प्रतिशतको साझेदारीमा समपूरक अनुदान पाउँदै आएकोमा अब राजस्व स्रोतको आधारमा २० देखि ८० प्रतिशतसम्म अनुदान पाउने व्यवस्था गरिएको छ । जसअनुसार कम आय भएका स्थानीय तहले बढी र धेरै आय भएकाले कम अनुदान प्राप्त गर्नेछन् । उदयपुर जिल्लामा ताप्ली र लिम्चुङबुङ गाउँपालिकाले सबैभन्दा बढी ८० प्रतिशत अनुदान पाउने छन् भने रौतामाई र उदयपुरगढी गाउँपालिकाले ७० प्रतिशत पाउनेछन् । त्यसैगरी बेलका नगरपालिकाले ५० प्रतिशत, चौदण्डीगढी र कटारी नगरपालिकाले ४० प्रतिशत र जिल्लाकै सबैभन्दा ठूलो त्रियुगा नगरपालिकाले भने मात्र...
हडिया–ज्यामिरे जोड्ने झोलुङ्गे पुल निर्माणका लागी ५ करोड ९१ लाख बजेट विनियोजन

हडिया–ज्यामिरे जोड्ने झोलुङ्गे पुल निर्माणका लागी ५ करोड ९१ लाख बजेट विनियोजन

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा महत्वपूर्ण पूर्वाधार विकासको योजना अघि बढेको छ । नगरपालिकाको लगातारको पहलमा संघीय सरकारले हडिया र ज्यामिरे क्षेत्रलाई जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि ५ करोड ९१ लाख ५० हजार रुपैयाँको बजेट सुनिश्चित गरेको छ । नगर प्रमुख कालुमान लामाका अनुसार पुल स्थानीय जनताको दीर्घकालीन यातायात समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने छ । गत वर्षदेखि नै यस योजनामा लगातार प्रयास जारी रहेको थियो । शुरुमा कोशी प्रदेश सरकारले डिपिआर तयार गरेको भए पनि कार्यान्वयन हुन नसकेपछि संघीय सरकारले यसलाई अगाडि बढाएको हो । प्राविधिक विवरणअनुसार पुलको कुल लम्बाई २७८.२ मिटर हुनेछ र यसमा एकतर्फी रूपमा टेम्पो सञ्चालन गर्न सकिने छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीका प्राविधिक टोलीले पहिले तयार भएको डिपिआर अनुसार नै पुल निर्माण गर्न...