Tuesday, August 11News That Matters

Breaking News 1

पूर्णपुष्टि खबर विशेष : उदयपुरे ‘हिमाल आराेही’ जलन राईकाे हिमाल चढ्दाकाे अनुभव र अनुभूती

पूर्णपुष्टि खबर विशेष : उदयपुरे ‘हिमाल आराेही’ जलन राईकाे हिमाल चढ्दाकाे अनुभव र अनुभूती

Breaking News 1, Breaking News 3, Breaking News Video, पर्यटन, मनोरञ्जन
पूर्णपुष्टि, माघ ९ । उदयपुरे युवा जलन राई एक शाहसिक पर्वतारोही हुनुहुन्छ । उहाले ६ हजार ११९ मिटर अग्लो लघुचे हिमालको सफल आरोहण गर्नुभएको छ । उदयपुरको मैनामैनी जस्तो सामान्य ठाउँमा जन्मिएर हिमाल चढ्ने जस्तो शाहसिक काम गर्नु चानचुने कुरो होईन । उहाँले यो शाहसिक काम कसरी पूरा गर्नुभयो । कस्तो प्रेरणाले पर्वतारोही बन्नुभयो ? कहिले र कसरी हिमाल चढ्नुभयो ? आरोहण गर्दाको अनुभव अनि अनुभूति कस्तो रह्यो । यो प्रशंग रोचक छ । बुवा नेपालसिंह र आमा पञ्चसरीको कोखबाट २०५४ सालमा उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी हर्खा गाउँमा जन्मिनु भएको थियो । गाउँमै हुर्किबढी एसएलसी उतिर्ण गरेर धरानको सुनसरी टेक्निकल कलेजमा ल्याव असिस्टेन्टको कोर्ष पूरा गर्नुभयो । उहा हाल सोलुखुम्बुको नाम्चे बजार स्थित द माउन्टेन्ट मेडिकल ईन्श्टिच्युटमा कर्मचारीको रुपमा ३ बर्षअघिदेखि कार्यरत हुनुहुन्छ । साईनाेले काका पर्नुहुने दिलि...
त्रियुगा नगरपालिकामा विपन्न वर्गका लागि ८० आवास निर्माण कार्य अन्तिम चरणमा

त्रियुगा नगरपालिकामा विपन्न वर्गका लागि ८० आवास निर्माण कार्य अन्तिम चरणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ९ । त्रियुगा नगरपालिकाले अति विपन्न वर्गका लागि निर्माण गरिरहेको ८० वटा सुरक्षित आवास निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साझेदार संस्था ह्याबिट्याट फर हुम्यानिटिका प्रतिनिधिले यो जानकारी दिएका हुन् । नगरपालिकाले अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा वडा नं. २, ३, ४, ५, ७, ८ र १० मा दुई बेडरुम, एक किचेन र शौचालय सहितको भूकम्प प्रतिरोधी आवास निर्माण गरिरहेको छ । प्रत्येक आवास एकाइको निर्माण लागत करिब ५ लाख रुपैयाँ रहेको छ । त्रियुगाका मेयर बसन्त कुमार बस्नेतका अनुसार आवास निर्माणमा स्थानीय सामग्री र जनशक्तिको प्रयोग गरिएको छ । स्थानीय बाँसलाई केमिकल ट्रिटमेन्ट गरी प्रयोग गरिएको र स्थानीय श्रमिकलाई तालिम दिई परिचालन गरिएको छ । खानेपानी, बिजुली र सडकको पहुँच भएका स्थानमा यी आवास निर्माण गरिएका छन् । मेयर बस्नेत...
चौदण्डीगढी नगरपालिकामा पाँच वडाका कालोपत्रे सडक निर्माणको शिलान्यास

चौदण्डीगढी नगरपालिकामा पाँच वडाका कालोपत्रे सडक निर्माणको शिलान्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ८ । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले सोमबार नगरका पाँच वडामा एकैसाथ कालोपत्रे सडक निर्माणको शिलान्यास गरेका छन् । नगरपालिकाको गौरवको आयोजना अन्तर्गत वडा नं. २, ४, ५, ९ र १० मा कालोपत्रे सडक निर्माण हुने छ । बेल्टारे निर्माण सेवाले निर्माण गर्ने यो परियोजनाको लागि नगरपालिकाले ६६ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ । वडा नं. ९ मा ३.७५ मिटर चौडाई र ३१० मिटर लम्बाईको सडक निर्माण हुनेछ भने अन्य वडाहरूमा समान चौडाईको २९५ मिटर लामो सडक बन्नेछ । नगरपालिकाले हरेक वर्ष दश वटै वडामा क्रमिक रूपमा ग्रामीण सडकहरूको स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । यस अनुरूप सोमबार बसाहा गुम्बा (त्रिशक्ति) चोकमा मेयर लामाले आयोजनाको शिलान्यास गरेका हुन् ।...
छैटौं चौदण्डीगढी मेयर कप फुटबल आजदेखि सुरु

छैटौं चौदण्डीगढी मेयर कप फुटबल आजदेखि सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ ७ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नगरको वडा नम्बर ६ स्थित कालिका माध्यामिक विद्यालयको मैदानमा हुने उद्घाटन खेलमा वडा नम्बर ९ र वडा नम्बर ३ बीच प्रतिस्पर्धा हुने छ । नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरका अनुसार प्रतियोगितामा नगरका १० वडामध्ये वडा नम्बर १ बाहेक ९ वटा वडाले सहभागिता जनाउँदैछन् । आजदेखि सुरु हुने प्रतियोगिता माघ १२ गतेसम्म चल्नेछ । विजेताले नगद ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा दैनिक म्यान अफ दि म्याच घोषणा गरिनुका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने छ । यस वर्षदेखि नगर खेलकुद विकास समितिले प्रतियोगितामा उत्कृष्ट खेल प्रद...
लहानमा बसको ठक्करबाट उदयपुरका एक युवकको मृत्यु

लहानमा बसको ठक्करबाट उदयपुरका एक युवकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ७ । लहानमा बसको ठक्करबाट उदयपुरका एक युवाको आईतबार मृत्यु भएको छ । त्रियुगा नगरपालिका–५ देउरी निवासी ४२ वर्षीय योगेन्द्र (किरण) थापाको स्कुल बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । स्वस्तिका बोर्डिङ स्कुलमा लेखापाल रहेका थापा श्रीमती र छोरीसहित बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा सिरहाको मिर्चैयाबाट घरतर्फ फर्किंदै गर्दा लहान नगरपालिका–१२ स्थित बाटिका होटल अगाडि विपरीत दिशाबाट आएको संकल्प बाटिका स्कुलको प्र २००१ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका परिवारका सदस्यहरूलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको थियो । मृतकका भाइ ज्योति थापाका अनुसार श्रीमती सुधाको अवस्था सामान्य रहेको छ भने छोरी शैलजाको अवस्था गम्भीर रहेकोले भेन्टिलेटरमा राखिएको छ । चिकित्सकले योगेन्द्र थापालाई मृत घोषणा गरेका हुन् । इलाका प्रहरी का...
उदयपुरमा ३ केजी गाँजा सहित बोलेर चालक पक्राउ

उदयपुरमा ३ केजी गाँजा सहित बोलेर चालक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ४ । उदयपुरको बेलका नगरपालिका–८ स्थितबाट ३ केजी गाँजा सहित बिहिबार बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर आमचोक १ का २५ बर्षीय दाजुङ शेर्पा रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहालका अनुसार अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले को १ ज ३४९९ नम्बरको बोलेरो गाडीको जेब्रा झोलामा लुकाइछिपाइ ल्याइएको गाँजा बरामद भएको हो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार विगत केही वर्षदेखि जिल्लाको पूर्वी नाका हुँदै अवैध गाँजाको तस्करी हुँदै आएको छ । भोजपुरको तल्लो भेगमा उत्पादन हुने गाँजा प्रायः भारततर्फ निर्यात हुने गरेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा बढ्दो गाँजा तस्करी नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाएको छ । पक्राउ परेका शेर्पा...
उदयपुरमा ३ केजी गाँजा सहित बोलेर चालक पक्राउ

उदयपुरमा ३ केजी गाँजा सहित बोलेर चालक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ४ । उदयपुरको बेलका नगरपालिका–८ स्थितबाट ३ केजी गाँजा सहित बिहिबार बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर आमचोक १ का २५ बर्षीय दाजुङ शेर्पा रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहालका अनुसार अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले को १ ज ३४९९ नम्बरको बोलेरो गाडीको जेब्रा झोलामा लुकाइछिपाइ ल्याइएको गाँजा बरामद भएको हो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार विगत केही वर्षदेखि जिल्लाको पूर्वी नाका हुँदै अवैध गाँजाको तस्करी हुँदै आएको छ । भोजपुरको तल्लो भेगमा उत्पादन हुने गाँजा प्रायः भारततर्फ निर्यात हुने गरेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा बढ्दो गाँजा तस्करी नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाएको छ । पक्राउ परेका शेर्पा...
भीरमा खसेका जर्मन पर्यटकको सफल उद्धार

भीरमा खसेका जर्मन पर्यटकको सफल उद्धार

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ४ ।  सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा भीरमा खसेका एक जर्मन पर्यटकको बिहीबार सफल उद्धार गरिएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा बाटो बिराएर भीरमा खसेका जर्मन नागरिक माइकल हेनरीलाई स्थानीय प्रहरी र गाउँलेको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार टोकटोक र बैंकरबीचको जङ्गलमा रहेको भीरमा खसेका हेनरीको उद्धारका लागि करिब पाँच घण्टा लागेको थियो । "पर्यटक खच्चड हिँड्ने बाटोबाट चिप्लिएर भीरमा खस्नुभएको रहेछ," प्रहरी चौकी नाचिपाङका प्रमुखले भने, "स्थानीयको सहयोगमा उहाँलाई सुरक्षित निकाल्न सफल भयौं ।" उद्धार गरिएका हेनरीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई शुक्रबार काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
चौदण्डीगढीको शिर्वानीमा डिप बोरिङ सुरु

चौदण्डीगढीको शिर्वानीमा डिप बोरिङ सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ३ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बेल्टार शिर्वानीमा भूमिगत सिंचाई आयोजना अन्तर्गत एक करोड रुपैयाँको लागतमा डिप बोरिङको काम सुरु भएको छ । बुधबार नगर प्रमुख कालुमान लामाले आयोजनाको शिलान्यास गर्दै यस क्षेत्रका किसानहरूको सिंचाई समस्या समाधान गर्ने बताए । कटुन्जे देउराली टोलमा सुरु भएको यो आयोजना स्थानीय युवा दिपराज बस्नेतको सक्रिय पहलमा कार्यान्वयन भएको हो । मेयर लामाले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि क्षेत्रमा विशेष जोड दिएको र चुनावी प्रतिबद्धताहरू क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । यस आयोजनाबाट स्थानीय किसानहरूले सिंचाईको स्थायी समाधान पाउने भएकाले उनीहरू अत्यन्त उत्साहित छन् । यसले कृषि उत्पादनमा वृद्धि गर्नुका साथै स्थानीय किसानहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।...
गाईघाटमा महावीर पुनको किताव किन्नेको भिँड, कति लाखको बिक्रि भयो ?

गाईघाटमा महावीर पुनको किताव किन्नेको भिँड, कति लाखको बिक्रि भयो ?

Breaking News 1, Breaking News Video, शिक्षा, समाचार
पूर्णपुष्टि, २ माघ । नेपालका बैज्ञानिक डा. महावीर पुन दुई दिन देखी गाईघाटमा आफ्नो पुस्तक बेचिरहेको छ । मंगलबारदेखी गाईघाटको मेनचोकमा किताव बेचिरहेका पुनको किताव किन्न भिँडनै लागेको छ । दुईदिनमा पुनले एक हजार बढी किताव बेचिसकेको छ । विद्यार्थीलाई ७ सय र खरुलाई ७ सय ५० को दरले पुनको दुई दिनमा एक बजार बढी किताव बिक्रि भएको जनाएको छ । किताव बिक्रि भए सम्म गाईघाटमा रहने उनले जनाए । पुनले एक बजार बढी पुस्तक बेच्दा ७ लाख माथीको पुस्तक बिक्रि भएको पुनको टिमले जनाएको छ । पुन सँग किताव किन्ने र फोटो खिच्नेको भिँड बिहानदेखी बेलुका सम्मै हुने गरेको छ । किताव किन्न, केटाकेटी, महिला, शिक्षक, व्यपारी, राजनितिक व्यक्ति, समाजसेवी, कर्मचारी, पत्रकार देखी बृद्धबृद्धा सम्म रहेका छन् ।...