Sunday, May 3News That Matters

Breaking News 2

६ बुदेँ माग सहित पूर्व प्रहरीद्धारा जिप्रकामा ज्ञापन पत्र दर्ता

६ बुदेँ माग सहित पूर्व प्रहरीद्धारा जिप्रकामा ज्ञापन पत्र दर्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २४ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति उदयपुरले जिल्ला प्रहरी कार्यालयमा ६ बुदेँ माग सहित ज्ञापन पत्र दर्ता गरेको छ । बिहिबार प्रहरी कल्याणकोषको न्यायोचित वितरण भन्ने मुलनाराका साथ देश व्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत पूर्व प्रहरी संगठन उदयपुरका उपाध्यक्ष बल बहादुर खत्रीको नेतृत्वमा जिप्रकामा ज्ञापन पत्र दर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरिक्षक रमेश थापाले ज्ञापन पत्र नबुझ्ने भएपछि संगठनको माग सहितको ज्ञापन पत्र दर्ता गरिएको थियो । उक्त माग ३५ दिन भित्र पूरा नगरिएमा वा सन्तोषजनक मनासिव कदम नचालिएमा नेपाल पूर्व प्रहरी संगठनले आफु माथि संरक्षक बाट पनि न्याय नगरिएको निष्कर्ष निकाल्ने जनाएको छ । माग सम्बोधन नगरे प्रहरी कल्याणकोष व्यवस्थापन संचालक समितिको काम कारर्वाही विरुद्ध देश व्यापी विरोध कार्यक्रमका साथै कान...
उदयपुरमा लागुऔषध सहित १ जना पक्राउ

उदयपुरमा लागुऔषध सहित १ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २४ । उदयपुरमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदडीगढी नगरपालिका–६ का ३१ बर्षीय बिजय राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितमा लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल बरामद भएसँगै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

उदयपुरमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २२ । उदयपुरमा ११४ औं श्रमिक महिला दिवस २०८० मनाईएको छ । मंगलबार महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघ समाजवादी जिल्ला कमिटि उदयपुरको आयोजनामा श्रमिक महिला दिवस मनाईएको हो । श्रमिक महिला दिवस २०८० भव्यताका साथ सफल पारौं, ५० प्रतिशत महिला सहभागिता सुनिश्चिता गरौं विषयक अन्तक्रिया कार्यक्रम सहित दिवस धुमधामका साथ गाईघाट स्थित जिल्ला पार्टी कार्यालयको हलमा मनाईएको हो । अनेम संघ जिल्ला अध्यक्ष पशुपती चौधरीले महिलाहरु ८ हजार बर्षदेखी उत्पिडनमा पर्दै आएको बताएकी छन् । उनले महिलाहरुको सबै अधिकार कुण्ठित भएको भन्दै महिला दिदि–बहिनिहरु एकजुट भएर अधिकार प्राप्तिका लागी लागिपर्नुपर्ने बताईन् । अहिलेको कम्युनिष्टहरुले समानताको आधारमा योजना बनाउन नसकेको उनले बताईन् । महिला पुरुष बराबरी भनेको छ तर श्रमको आधारमा समानरुप ल्याउन सकेको छै...
उदयपुर प्रहरीमा कार्यरत मिलन पौष महिनाको उत्कृष्ट प्रहरी घोषित

उदयपुर प्रहरीमा कार्यरत मिलन पौष महिनाको उत्कृष्ट प्रहरी घोषित

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १५ ।  उदयपुर प्रहरीमा कार्यरत मिलन बिष्ट पौष महिनाको उयत्कृष्ट प्रहरी बनेको छ । माहानगरीय प्रहरी बृत्त दरबार मार्ग काठमाण्डौँमा दरबन्दी भई उदयपुर प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार मिलन बिष्टलाई महत्वपूर्ण काम गरेको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । बिष्टले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशको पालना गरी व्यवसायिक, लगनशिल र कर्तव्यपथमा तल्लीन रही उच्च मोनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको मुल्यकंनमा भनिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) रमेश थापाले अपराध नियन्त्रण रोकथाम र अनुसन्धाद्धारा समाजमा शान्ति सुरक्षा अमनचयन राख्ने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै बिष्टलाई उत्कष्ट प्रहरी घोषित (police of the month) सँगै पुरस्कृत गरेको जनाए । सहायक हवल्दार बिष्टले २०८० पौष महिना अवधिभर फै...
उदयपुरमा मालबाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुदाँ चालकको मृत्यु

उदयपुरमा मालबाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुदाँ चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १४ । उदयपुरमा मालबाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ६ नेपालटारका ३४ बर्षीय रत्नकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डएसपी)हरिनन्दन चौधरीक अनुसार आईतबार बिहान करिब १० बजेको समयमा घरबाट गाईघाट तर्फ आउँदै गरेको तामाङ त्रियुगा नगरपालिका वडा नं.–८ झोडामा मालवाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेका थिए । एकै दिशातर्फ जादैँ गरेको १–०५–०१ क ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा तामाङ सवार को २८ प ७०८६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परेका तामाङलाई तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । तामाङको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको ...
उदयपुरमा दादुरा रुबेला खोप अभियान सुभारम्भ

उदयपुरमा दादुरा रुबेला खोप अभियान सुभारम्भ

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ । उदयपुरमा दादुरा – रुबेला विरुद्धको खोप अभियान २०८०÷८१ सुभारम्भ भएको छ । आईतबार त्रियुगा नगरपालिका १० बोक्से स्थित बालमन्दीर माविमा एक कार्यक्रम गर्दै खोप अभियान सुभारम्भ गरिएको हो । स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा आईतबारदेखी पहिलो चरणको खोप अभियान सुभारम्भ भएको छ । पहिलो चरणको खोप १३ देखी १७ गते सम्म संञ्चालन हुने र दोस्रो २२ देखी २६ सम्म हुने कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जनाए । पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा खोप संञ्चालन हुने भएको छ भने, दोस्रो चरणमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा खोप संञ्चालन हुने निरौलाको भनाई छ । जिल्लाभारीका २९१३४ जनालाई दादुर – रुबेला विरुद्धको खोप लगाईने छ । खोप ९ महिना देखी ५ बर्ष मुनिका र ९ महिना देखी १...
उदयपुरमा कर छली गरी ल्याएको ३००० के.जी. सुपाडी सहित ३ भारतीय नागरिक पक्राउ

उदयपुरमा कर छली गरी ल्याएको ३००० के.जी. सुपाडी सहित ३ भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ११ । उदयपुरमा कर छली गरी ल्याएको ३००० के.जी. सुपाडी सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङ जिल्ला खोरिबारी थाना पानिट्यांकी बस्ने ४४ बर्षीय निलकान्त सिंह, ४४ बर्षीय दुलाल देही र ६४ बर्षीय सन्जय राजबंशी रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार ईप्रका रामपुर ठोक्सिला तथा प्र.चौ. लालबजारबाट खटिएको प्रहरी टोलिले बिहिबार राती ११ बजेको समयमा उनिहरुलाई पक्राउ गरेको हो । बेलका न.पा.वडा नं.५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा प्रहरीले चेक जाँच गर्ने क्रममा प्र १–०१–००१ख ४१०३ नम्बरको मात्री भाग्यरेखा यात्रु बाहक बसमा कर छलीगरी ल्याउदै गरेको काचो सुपाडी ५९ बोरामा अन्दाजी ३००० के.जी. बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको डिएसपी चौ...
उदयपुरमा जुवा मुद्धाका ६ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा जुवा मुद्धाका ६ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १० । उदयपुरमा जुवा मुद्धाका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–३ मोतिगडा बस्ने ५० बर्षीय मान बहादुर ठकुरी, ८१ बर्षीय होम बहादुर ठकुरी, ५९ बर्षीय नेत्र बहादुर सिंह ठकुरी, ७५ बर्षीय प्रेम बहादुर राउत, ४५ बर्षीय विन्द भन्‍ने छवि बा.रास्कोटी र ४० बर्षीय बद्रि नारायण थापा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसप) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतको २०७०÷१२÷१६ गतेको फैसलाले जुवा मुद्दामा मान बहादुर ठकुरीलाई ३ सय रुपैँया र बद्रि नारायण थापालाई ५० रुपैँया जरिबाना तोकेको थियो भने अन्य चार जनालाई २–२ सय रुपैँया जरिवाना तोकेको थियो । जिप्रका उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उनिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बताए ।...
माहाअभियान सफल बनाउन लिम्चुङबुङ गाउँपालिका टोल वस्तीमा

माहाअभियान सफल बनाउन लिम्चुङबुङ गाउँपालिका टोल वस्तीमा

Breaking News 2
पूर्णपुष्टि, ६ फागुन । लिम्चुङबुङ गाउँपालिकाले सुरु गरेको “एउटै पुस्तामा समृद्ध लिम्चुङबुङ” लाई पालिकाले टोल बस्तीमा जनजागरण अभियान सुरु गरेको छ । पालिका अध्यक्ष मेजर कुमार राईले पालिकावासीहरुको समस्याको लागि सबै सचेत हुनु पर्ने भन्दै अभियान टोल वस्तीमा पुराएको जनाए । समृद्ध लिम्चुङबुङको लागि जनजनमा चेतना र जागरुप उत्पन्न भएमा समृद्ध लिम्चुङबुङ सफल बन्नेबारे उनले सुझाए । महाअभियान सम्बन्धी अन्तरकृया कार्यक्रममा सकृय सहभागी भएकोमा उपस्थितहरुलाई अध्यक्ष राईले धन्यवाद समेत ब्यक्त गरे । विकास र समृद्धिको साझेदारले एक दिन लिम्चुङबुङवासीको सपना साकार हुनेमा ढुक्क रहन अनुरोध गर्दै यस अभियानमा सबै पालिकावासी जोडिन अध्यक्ष राईले आह्वान गरेका छन् । टोल विकास संस्थाकाहरुको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।...
गाईघाटमा होटल सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

गाईघाटमा होटल सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ४ । उदययपुरको सदरमुकाम गाईघाटमा होटस सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–१ जोगीदह घर भई त्रिनपा–१२ गाईघाटमा होटल सञ्चालन गर्दै आएकी ३५ बर्षीया देवकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार ती महिलाले लामो समयदेखि युवतिहरुलाई बिभिन्न लोभ लालच देखाएर होटलमा यौन क्रियाकलापमा सहभागी गराउदै आएकी थिइन् । विशेष स्रोतबाट प्राप्त सूचनाको आधारमा जिप्रका उदयपुरबाट खटिएको विशेष टोलीले उनलाई बिहिबार नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेकी महिलालाई मानव बेचबिखन मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि पनि एक होटल संचालक यौन धन्दा चलाएको आरोपमा पक्राउ परेक...