आन्तरिक रोजगारीलाई बढावा दिन सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
पूर्णपुष्टि, १३ जेष्ठ
आन्तरिक रोजगारीलाई बढवा दिन सातै प्रदेशमा 'श्रमाधान रोजगार मेला' आयोजना गरिएको सरकारले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द रिजालले दीर्घकालीन रूपमा आन्तरिक रोजगारीलाई बढावा दिन श्रमाधान रोजगार मेला आयोजना गरिएको बताएका हुन् ।
युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उदेश्यले मेला आयोजना गरिएको उनले बताए । 'मेलाको मुख्य उदेश्य भनेको रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजाने हो । त्यस्तै सीप तथा क्षमता विकासका सम्भावना र त्यसका उपयोगको बारेमा तालमेल गर्ने र समग्रमा हामीले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि भूमिका खेल्ने उद्देश्य हो,' उनले भने ।
मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु हुने अपेक्षा मन्त्रालयको छ । 'यसपटकको रोजगार मेलामा जत...









