Sunday, May 3News That Matters

Breaking News 2

रौतामाई गापाको प्रमुख प्रशासकीय भवन ७ करोड ८७ लाखमा सम्पन्न

रौतामाई गापाको प्रमुख प्रशासकीय भवन ७ करोड ८७ लाखमा सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १९ । भोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन हुने उदयपुरको रौतामाई गाउँपालिकाको प्रमुख प्रशासकीय भवन नेपाल सरकारको ७ करोड ८७ लाख बजेटमा निर्माण भएको हो । पालिका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार समायोजनसहितको उक्त बजेटमा भवन गत भदौमा निर्माण सम्पन्न भएको हो । भवनमा २८ वटा कोठा छन् । सुविधा सम्पन्न पक्की भवन निर्माणका लागि २०७७ साल असोजमा ठेकेदार कम्पनी रौतामा धुलिखेल सुसम आदिज्या जेभीसंग सम्झौता भएको थियो ।...
प्रधानमन्त्री प्रचण्डले रौतामाईको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने

प्रधानमन्त्री प्रचण्डले रौतामाईको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, १९ माघ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने भएको छ । उदयपुरको पहाडी पालिका रौतामाईको भुट्टारमा निर्माण भएको पालिकाको नयाँ भवन शनिबार प्रधानमन्त्री दाहालले बिषेश कार्यक्रमकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवन उद्घाटनको लागि दाहाल हेलीबाट भोली उदयपुर आउने आयोजकले जनाएको छ । आयोजक रौतामाई गाउँपालिकाले भवन उद्घाटन सँगै रौतामाई गाउँपालिकाको बिकासको बारेमा पनि धारणा राख्ने जनाएको छ । कार्यक्रम १० बजेदेखी सुरु भएर दुई बजे सकिने छ ।...
उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जना पक्राउ

उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १७ । उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं १५ स्थाई वतन भई काठमाण्डौ बस्ने ३२ बर्षीय पवन मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०७०–१२–१७ गते जिल्ला अदालतको फैसलाले ३ वर्ष कैद सजाय भई हालसम्म फरार रहेको मगरलाई मंगलबार पक्राउ गरिएको हो । काठमाण्डौको टोखा नगरपालिका वडा नं. ८ बानियाटार स्थितबाट पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
त्रियुगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन तालिका सार्वजनिक

त्रियुगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन तालिका सार्वजनिक

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १६ । उदयपुरको त्रियुगा खानोपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन तालिका सार्वजनिक भएको छ । शनिबार १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको त्रियुगा खानेपानी तथा सरसफाई उपभोत्ता समितिको निर्वाचन तालिका सोमबार सार्वजनिक भएको हो । मतदाताको नामावली आज सार्वजनिक गरिएको छ भने मतादाता नामावली त्रुटी सच्याउने र छुट नामावली समावेश गर्न दरखास्त दिने मिति १७ गते तोकिएको छ । संशोधित नामावली प्रकाशन १८ गते बेलुका ५ बजे सार्वजनिक गरिने छ । मतादाताको उपर उजुरी दिने १९ गते तोकिएको छ भने उजुरी उपर जाचँबुझ गर्ने र अन्तिम नामावली प्रकाशन बेलुका २ बजे देखी ५ बजे सम्म गरिने छ । उम्मेदवारको मनोनयन पत्र दर्ता माघ २१ गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गरेर मनोनयन भएका उम्मेदवारको नामावली सूची बेलुका ५ बजे प्रकाशन गरिने छ । उम्मेदवारको विरुद्धमा २२ गते दिउँसो २ बजेसम्म उजुरी दिन सकिने स...
प्याराडाईज बोर्डिङले सुरु गर्यो सप्ताहव्यापी खेल प्रतियोगिता

प्याराडाईज बोर्डिङले सुरु गर्यो सप्ताहव्यापी खेल प्रतियोगिता

Breaking News 2, समाचार
पूर्णपुष्टि, १५ माघ । प्याराडाईज बोर्डिङ स्कुलको एक हप्ते खेल सप्ताह आईतबार देखी सुरु भएको छ । दुई चरणमा खेलाईने खेलमा १४ बाट १८ गते सम्म नर्सरी देखी ८ सम्मको विद्यार्थी र २१ र २२ गते ९ देखी १२ सम्मको विद्यार्थीहरुलाई ग्याम खेलाईने छ । प्रतियागितामा भलिवल, कबडी, रिले, रनिङ, हाई जम्प, लङ जम्प, टिटी लगायतको खेलहरु समावेश गरिएको छ । विद्यालयका प्रिन्सिपल बाबुराम आचार्यले प्यराडाईज बोर्डिङले पठन पाठन सँगै खेलकुदलाई पनि बिषेश स्थान दिने गरेको जनाए । खेलले अनुसासन सँगै शारिरिक रुपमा समेत सकरात्मक विकास गर्ने भएकाले बिषेश स्थान दिँदै प्रत्येक बर्ष सप्ताह ब्यापी स्वरुप खेलाईने जनाए । विद्यार्थीहरुमा खेलको बिकास र खेलकुद क्षेत्रमा सफल बनाउन विद्यालय स्तरबाटै प्रतियोगिताहरुमा समावेश गराउँदै सक्षम बनाउने विद्यालयको उदेश्य रहेको आचार्यको भनाई छ । विद्यालयका संञ्चालक समेत रहेका प्रकाश बस्नेतको...
चेक बाउन्समा उदयपुरका दुई जना पक्राउ

चेक बाउन्समा उदयपुरका दुई जना पक्राउ

Breaking News 2
पूर्णपुष्टि, माघ १४ । चेक बाउन्स मुद्धामा उदयपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्स गरेको मुद्धामा उदयपुरको त्रियुगा नगरपालिका–७ गाईघाट घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने मोहनकुमार खत्री र उनका छोरा कल्याण खत्रीलाई जिल्ला प्रहरी कार्यालयले खोटाङले पक्राउ गरेको हो । पैसा नभएको खाताको चेक काटेर ‘बेइमानी’ गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका युवराज बस्नेतले दिएको उजुरीका आधारमा बाउलाई सुनवल नवलपरासीबाट र छोरालाई काठमाडौं महानगरपालिका–७ रातोपुलबाट पक्राउ गरिएको प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए। बाउछोराले बस्नेतलाई गत भदौ ५ गते ४ लाख २० हजारको चेक दिएको तर बैंकमा साट्न जाँदा रकम नभएपछि बस्नेतले माघ ८ गते खत्री बिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। उनीहरुलाई बैंकिङ कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्र...
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको अध्यक्षमा रिदम किराती

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको अध्यक्षमा रिदम किराती

Breaking News 2, समाचार
पूर्णपुष्टि, १३ । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको दोस्रो अधिवेशनले रिदम रिदम सुनुवारको नेतृत्वमा १९ सदस्यीय कमिटी चनय गरेको छ । शुक्रबार काठमाण्डौँमा भएको अधिवेशनले राईको नेतृत्वमा पाँच पदाधिकारी सहित १९ जनाको कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा अजय चौधरी, सचिवमा हेम बहादुर मगर, सह सचिवमा प्रतियुस राउत, गिता मगर र कोषाध्यक्षमा बिकास मगर रहेको छ । निर्वाचित अध्यक्ष रिदम किरातीले युवाहरुलाई संगठीत गर्ने र पछिल्लो समय राजनितिकमा बढ्दै गएको बिकृतिलाई समधानको प्रयासमा जुट्ने जनाए । बिषेशगरी उदयपुरका युवाहरुलाई क्रियाशिल बनाउँदै राजनितिक वितृस्नालाई न्युनिकरण गरी युवाहरुलाई राजनितिकमा थप विश्वास बढाउने कार्यसमितिको काम रहने अध्यक्ष राईले जनाए । यस संगठनले उदयपुरका युवाहरुलाई क्रियाशिल र मजवुद बनाउँदै देश जनताको निम्ति सकरात्मक राजनितिक गर्न हौसाला प्रदान गर्ने जनाए...
बिषहारा डेन्टल गाईघाटद्धारा सप्तरीको एक विद्यालयमा निशुल्क दन्त सिविर

बिषहारा डेन्टल गाईघाटद्धारा सप्तरीको एक विद्यालयमा निशुल्क दन्त सिविर

Breaking News 2, समाचार
पूर्णपुष्टि, १३ माघ । गाईघाटमा रहेको बिषहारा मल्टि स्पेशियालीटी डेन्टल क्लिनिकले सप्तरीको एक विद्यालयमा निशुल्क दन्त सिविर संञ्चालन गरेको छ । क्लिनिकका आरसिटी स्पेशालीटी एमडिएस डाक्कटर नारायण कुमार चौधरीले सप्तरीमा रहेको नबोदय बोर्डिङका १० जना ठुलो दन्त रोगी सहित १०५ जनाको शुक्रबार निुशुल्क दन्त चेक गरिएको जनाए । जस मध्य ५ जनाको निशुल्क दाँत निकाल्ने काम समेत भएको छ । बाँकीको भने २० प्रतिशत छुटमा दाँत निकालिएको छ । यस क्लिनिकले यस बाहेकका अन्य बिभिन्न विद्यालयमा पनि निशुल्क दन्त सिविर संञ्चालन गर्दै गएको छ । विद्यालयका बालबालिकाहरुलाई दाँत जोगाउने र रोग लाग्न बाट बच्ने उपायहरु बारे क्लिनिले जानकारी गराउँदै आएको छ । दक्ष जनशक्ति र स्रोत साधनले व्यवस्थित बिषहरा क्लिनिक पछिल्लो समय दन्त बिरामीहरुको प्रमुख रोजाई बन्दै गएको छ ।...
गाईघाटमा दोस्रो प्रदेश महोत्सव हुदै

गाईघाटमा दोस्रो प्रदेश महोत्सव हुदै

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव–२०८० हुने भएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुन १ देखि १० गते सम्म महोत्सव संचालन गरिने जनाएको छ । त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा लगाईने छ । आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड तथा स्थानिय स्तरमा उत्पादित कृषीजन्य बस्तुहरुको बजारिकरणमा सहयोग पु¥याउने साथै कोभिड महामारीपछि खस्किएको ब्यापार ब्यावसायलाई चलायमान बनाउने उदेश्यका साथ महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा टिकटको मुल्य प्रति व्यक्ति १ सय रुपैँया तोकिएको छ भने विद्यार्थीहरुले आईडी कार्ड लिएर आएमा ५० प्रतिशत छुर साथै टिकट काट्दा प्रत्येक दिन आकर्षक उपहार र अन्तिम दिन बम्पर उपहार स्कुटर १ जनालाई दि...
उदयपुरको गाईघाटमा एक दिने पहिचान विषयक प्रशिक्षण हुँदै

उदयपुरको गाईघाटमा एक दिने पहिचान विषयक प्रशिक्षण हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको सदरमुकाम गाईघाटमा भोली एक दिने पहिचान विषयक प्रशिक्षण कार्यक्रम हुने भएको छ । शनिबार बिहान ११ बजे त्रियुगा नगरपालिका–१२ स्थितमा रहेको टावन हल होटलमा १ नं प्रदेश पुन:नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम संचालन हुने भएको हो। कार्यक्रमको मुख्य प्रशिक्षको रुपमा पूर्व मन्त्री गोपाल किराती रहने आयोजकले जनाएको छ । समितिले १४ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । कार्यक्रममा पहिचानवादी दल तथा शुभेच्छुकहरुलाई उपस्थितिको लागि आयोजकले आह्वानसमेत गरेको छ ।...