उदयपुरमा आमाबुवा स्नेह घर निर्माणका लागि महायज्ञ
पूर्णपुष्टि, माघ ११ । उदयपुरको सदरमुकाम गाईघाटमा आमावुवा स्नेह घर निर्माणका लागि श्रीमद्भागवत विराट ज्ञान महायज्ञको आयोजना गरिएको छ । राधाकृष्ण कुञ्ज बिहारी संस्था गाईघाटको आयोजनामा भएको महापुराणबाट संकलित रकम बृद्धबृद्धा, अशक्त, असाह्यको हेरचाह गर्न स्नेह घर निर्माण गरिने लक्ष्य राखिएको छ ।
संस्थाले त्रियुगा नगरपालिका २ मोतियाही स्थित रामजानकी चारधाम मन्दिर परिषरमा उक्त भवन निर्माणको तयारी गरेको जनाएको छ । संस्थाका सदस्य रविना खड्काका अनुसार सनातन धर्मको संरक्षणमा जोड दिँदै असाहय, वेवारिसे, घरबाट निकालिएका सबै आमावुवालाई भोजन, हेरचाह सहितको आवासीय व्यवस्था गरिने छ ।महापुराणको पहिलो दिन एक हजारको संख्यामा निस्किएका स्थानीयवासीले त्रियुगा नदीको जलासयबाट पवित्र जल उठाई गाईघाट बजार परिक्रमा सहितको कलसशोभा यात्रा गरी शिव स्थापना गरेर भगवानको पूजा आरधना गरिएको छ । सदरमुकामको तरकारी बजार परिष...









