उपसभामुख दनुवारद्धारा उदयपुरमा एकल महिला छाहारी भवनको शिलान्यास
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरमा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले एकल महिला छाहारी भवनको शिलान्यास गरेका छन् । बुधबार जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ४ फर्सेटमा उपसभामुख दनुवारले मानव अधिकारका लागी महिला एकल महिला जिल्ला समिति उदयपुरको भवन शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक बर्ष २०८०÷०८१ बाट एकल महिला छाहारी भवनको लागी २५ लाख बजे विनियोजन गरिएको थियो । उक्त बजेटबाट १६ लाख ६३ हजार १ सय ९० रुपैँयामा तिन कोठे भवन निर्माण गर्न लागिएको हो ।
भवनको शिलान्यास पश्चात बोल्दै उपसभामुख दनुवारले तिन तलाको ठुलो भवन बनाउने इस्टिमेट र नक्सा तयार गरेतापनी बजेटको अभावले सम्भव नभएको बताईन् । एकल महिलालाई छाहारी दिन र यस भवनमा बसेर एकल महिलाले आफ्नो कामलाई सुरुवात गर्न आज यो भवन शिलान्यास भएकोे बताईन् । यो भवनले एकल महिलाको संस्थालाई जिवन्त दिनको निम्ति महत्पुर्ण भुमिका खेल्ने विश्व...









