उदयपुरमा बन मुद्धाका १ जना फरार प्रतिवादी पक्राउ
पूणपुष्टि, पुष १६ । उदयपुरमा बन मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका—९ उत्तराई टोल बस्ने ५० बर्षीय लल्कु सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो । जिल्ला अदालतले बन मुद्वामा ३ महिना कैद र रु. १ हजार ५ सय ५१ रुपैँया जरिवाना तोकेता पनि फरार रहेका सदालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सदालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
...









