उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ
पूर्णपुष्टि, फागुन ३० । उदयपुरमा लागुऔषध सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ जनप्रेमि टोल बस्ने २६ बर्षीय सारंस राई र सोही वडा बस्ने २३ बर्षीय पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार जिप्रका उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले राईलाई शंकालागी चेकजाँच गर्ने क्रममा लागुऔषध सहित प्रकाउ गरेको हो । प्रहरीले उनको साथबाट ब्रुपिनोरफिन–११ एम्पुल, डाईजेपाम–११ एम्पुल, फेनार्ग–११ एम्पुल गरी जम्मा ३३ एम्पुल र सिरिन्ज १३ वटा मध्ये १ वटा भरीएको समेत फेला परेसँगै नियन्त्रणमा लिएको हो ।
त्यस्तै सोमबार गाईघाट स्थित पिपल चोकमा जिप्रकाबाट खटिएको विशेष प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा तामाङलाई लागुऔषध सहित पक्राउ गरेको डिएसपी चौधरीले बताए ।त...








