Sunday, May 3News That Matters

Breaking News 2

उदयपुरमा सवारी ज्यान र लागुऔषध मुद्धाका फरार दुई युवक पक्राउ

उदयपुरमा सवारी ज्यान र लागुऔषध मुद्धाका फरार दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ६ । उदयपुरमा सवारी ज्यान र लागुऔषध मुद्धाका २ जना फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डिगढी न.पा १ बस्ने २१ बर्षीय सुर्य परियार र ताप्ली गा.पा १ बस्ने २४ बर्षीय पुकार भन्ने लेख हादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले सुर्य परियारलाई सवारी ज्यान मुद्धामा १ बर्ष ११ महिना ८ दिन कैद सजाय र पुकारलाई लागुऔषध मुद्धामा ११ महिना ५ दिन कैद सहित ५ हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई मंगलबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा विभिन्न मुद्धाका ६ फरार प्रतिवादी पक्राउ

उदयपुरमा विभिन्न मुद्धाका ६ फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ६ । उदयपुरमा विभिन्न मुद्धाका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौ.न.पा २ बस्ने ३१ बर्षीय मान बहादुर कालिकोटे, चौ.न.पा १ बस्ने २१ बर्षीय परिवर्तित नाम १४-४-१ (A), त्रि.न.पा ७ बस्ने ५३ बर्षीय प्रकाश बहादुर दनुवार, ४५ बर्षीय शन्त बहादुर दनुवार, चौ.न.पा ९ बस्ने २६ बर्षीय चोकमान तामाङ र ३३ बर्षीय मरिचमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले मान बहादुर कालिकोटेलाई ज्यान मार्ने उद्योग मुद्धामा ४ बर्ष ११ महिना कैद, १४-४-१ (A) लाई सवारी ज्यान मुद्दामा १ बर्ष ११ महिना ८ दिन कैद, वन मुद्धामा प्रकाश बहादुर दनुवारलाई १८ दिन कैद, शन्त दनुवारलाई ३ दिन कैद र कुटपिट सम्बन्धि मुद्धामा चोकमान तामाङ र मरिचमान तामाङलाई सय–सय रुपैँया जरिवाना...
उदयपुरमा रातीको १० बजेसम्म देउसी भैलो खेल्न पाईने

उदयपुरमा रातीको १० बजेसम्म देउसी भैलो खेल्न पाईने

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २४ । उदयपुरमा रातीको १० बजेसम्म देउसी भैलो खेल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शुक्रबार एक सुचना जारी गर्दै रातीको १०:०० बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने जाकारी दिएका छन् । देउसी भैलो सभ्य ढङ्गले राती १०:०० बजेसम्म खेल्न जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुरोध गरेको छ । त्यस्तै छठ पर्वको अवसरमा भने मंसिर ३ गते राती ११:०० बजेसम्म मात्र सांस्कृतीक परम्परा अनुसारको कार्यक्रम गर्न÷गराउनुहुन कार्यालयले अपिल गरेको छ । सुचनामा भनिएको छ ‘चार्डपर्वको समयमा पटाका, आतिशवाजी, जस्ता प्रज्वनशिल पदार्थ पड्काउने, किनबेच, ओसार पसार गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, जुवातास, उच्छृङ्गल देउसी भैलो एवंम कानुनले निषेध गरिएका कार्य नगर्न नगराउन सम्पुर्ण जिल्लावासीहलाई अनुरोध गरिन्छ । चार्डपर्वमा निषेध गरिएका...
कोशी प्रदेश भरीकै मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित

कोशी प्रदेश भरीकै मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २३ । कोशी प्रदेश अन्तर्गतका अस्पतालहरु मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित भएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक बर्ष २०७९÷०८० को कार्य सम्पादन मुल्यांकनको आधारमा प्रदेश भरीकै अस्पालमध्ये जिल्ला अस्पताल उदयपुरलाई उत्कृट घोषित गरेको हो । जिल्ला अस्पताल उदयपुर प्रदेश भरकै उत्कृष्ट भएसँगै बुधबार बिराटनगरमा आयोजित एक कार्यक्रमको बिच पुरस्कृत भएको हो । जिल्ला अस्पताल उदयपुरका मेसु डा. ज्ञानेन्द्र झाले विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कार ग्रहण गरेका थिए । डा. ज्ञानेन्द्र झाका अनुसार जिल्ला अस्पतालको गुणस्तरीय सेवा, भौतिक पूर्वाधार, सरसफाई लगायतका विभिन्न सूचकको आधारमा उत्कृष्ट हुँदै पुरस्कृत भएको हो ।पछिल्लो समय जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सकहरुबाट गुणस्तरीय सेवा पाउन थालेपछि उदयपुर लगाएत छिमेकी जिल्लाका नागरिक समेत उपचारका लाग...
उदयपुरमा सार्वजनिक अपराध मुद्धाका २ सहित गाली बैजती मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा सार्वजनिक अपराध मुद्धाका २ सहित गाली बैजती मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २३ । उदयपुरमा सार्वजनिक मुद्धाका २ सहित गाली बैजती मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ बस्ने ४५ बर्षीय गोरे भन्ने पुर्ण बहादुर तामाङ, गोबर्धन चामाङ र बे.न.पा.२ बस्ने ४५ बर्षीय घनश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्धामा फैसला गरी सजाय तोकेका उनिहरुलाई पक्राउ गरेको हो । सार्वजनिक अपराध मुद्दामा गोरेलाई जिल्ला अदालतको मिति २०७३।०५।१२ गतेको फैसलाले १ हजार ४ सय ७५ रुपैँया जरिवाना तोकेको थियो भने २०७३।०५।०६ गतेको फैसलाले चौधरीलाई रु. १ हजार ४ सय ५० रुपैँया जरिवान तोकेको र गाली बैजती मुद्दामा २०६५।०२।२४ गतेको फैसलाले गोबर्धनलाई रु...
उदयपुरमा प्रहरीद्धारा २५ सय गाँजाको बोट नष्ट

उदयपुरमा प्रहरीद्धारा २५ सय गाँजाको बोट नष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २२ । उदयपुरमा प्रहरीद्धारा २५ सय गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । जिल्लाको कटारी नगरपालिका वडा नं ८ गुम्रे, सिरिसेस्थितमा अवैध गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार जिल्ला प्रहरी कार्यालयबाट अवैध गाँजाको बोट नष्ट गर्न जिल्ला प्रहरी कार्यालयबाट LRP प्रहरी टोली खटाईएको थियो । उक्त स्थानमा खटिएको प्रहरी टोलीले मंगलबार करीब ९ रोपनी क्षेत्रफलमा लगाईएको २५ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको डिएसपी चौधरीले बताए ।...
उदयपुरमा कुटपिट मुद्धाका दुई महिला सहित करणी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा कुटपिट मुद्धाका दुई महिला सहित करणी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2
पूर्णपुष्टि, कार्तिक २२ । उदयपुरमा कुटपिट मुद्धाका दुई महिला सहित करणी मुद्धाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौ.न.पा.१० हडिया बस्ने ४८ बर्षीया पबित्रा कुमारी बिष्ट, १८ बर्षीया उमा बिष्ट र चौ.न.पा.१० खैराझोडा बस्ने परिवर्तित नाम (RKC) रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार सोमबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनिहरुलाई पक्राउ गरेको हो । कुटपिट सम्बन्धि मुद्धामा जिल्ला अदालतको २०७५÷०५÷२३ गतेको फैसालाले पबित्रा कुमारी बिष्ट र उमा बिष्टलाई जनही पाँच हजार रुपैया जरिबाना तोकेको थियो भने जबरजस्ती करण मुद्धामा जिल्ला अदालतले २०७७÷०५÷२३ गतेको फैसलाले RKC लाई दुई हजार रुपैया जरिबाना तोकेता पनि फरार रहेका उनिहरुलाई पक्राउ गरीएको डिएसपी चौधरीले ब...
उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन निषेध

उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन निषेध

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २० । उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनमा निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक सुचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा र सुर्ती सेवन निषेध गरिएको जनाएको छ । धुम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागी अत्यन्त हानिकारक भएकोले सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा २०८०÷७÷१८ गते त्रियुगा नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार जिल्ला भर सार्वजनिक स्थलमा धुम्रपान तथा सुतीजन्य पदार्थ सेवनमा निषेध गरिएको कार्यालयले जनाएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अन्य व्यक्तिहरुबाट हुने प्रयोगलाई निरुत्साहिक गर्ने, सार्वजनिक स्थलल...
बगाहामा ट्याक्टरले बोकेको बाँसमा उनिदा एक महिला गम्भीर घाईते

बगाहामा ट्याक्टरले बोकेको बाँसमा उनिदा एक महिला गम्भीर घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, १९ कार्तिक । गएराती बाँसमा एक महिला उनिदा गम्भीर घाईते भएकी छिन् । उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा ट्याक्टरले बोकिरहेको बाँसमा उनिदा त्रियुगा नगरपालिका ४ बगाहा बस्ने बर्ष ४४ को सारादा चौधरी गम्भीर घाईते भएको हो । उनको पेटको दायाँ भागदेखि ढाडसम्म वारपार बाँस उनिएको छ । उनलाई जिल्ला अस्पताल उदयपुरमा प्राथामिक उपचार गरी थप उपचारको लागि बिराटनगर लगिएको छ भने त्रियुगा ६ देउरी बस्ने बर्ष ४० को मोटरसाईकल चालक सलिम अलिको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । शनिबार साँझ जोगिदहबाट देउरीतर्फ जादै गरेको स.१त.२८२५ नम्बरको ट्याक्टरमा बोकेको बाँसमा उनिएर उनि घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार ट्याक्टरले ईमर्जेन्सी ब्रेक लगाउदा सोहि दिसाबाट जलजले तर्फ जादै गरेको प.१–०५–००१ प.६९११ नम्बरको मोटरसाईकलमा सवार उनि बाँसमा उनिदा घाईते भएको हो । ध्चष्तभ तय द्यष्पचबm च्बष् एख...
भुकम्प अपडेट : १२८ जनाको मृत्यु

भुकम्प अपडेट : १२८ जनाको मृत्यु

Breaking News 2
पूर्णपुष्टि, कार्तिक १८ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । शुक्रबार मध्यराति ११:४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको गएको थियो । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार १३२ जनाको मृत्यु र १४० जना घाइते भएका छन् । जाजरकोटमा ९५ जनाको मृत्यु र ५५ जना घाइते भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । रूकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते भएको रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भईरहेको छ भने केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभे...