Sunday, May 3News That Matters

Breaking News 2

युएईलाई हराएसँगै नेपाल टि २०–विश्वकपमा

युएईलाई हराएसँगै नेपाल टि २०–विश्वकपमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १७ ।आईसिसि टि २०–विश्वकप अन्तिम छनोटको सेमिफाईनलमा युएईलाई हराउँदै घरेलु टोली नेपाल फाईनलमा प्रवेश गरेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराएर फाईनलमा प्रवेश गरेसँगै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको छ । नेपालले १० बर्ष पछि विश्वकप खेल्ने भएको छ । २०१४ मा पहिलो पटक टि २० विश्वकप खेलेको नेपालले २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकप दोस्रे पटक खेल्ने भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागी ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ५१ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै ६४ रनमा र कप्तान रोहित पौडेलले २० बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३४ रनमा अवजित रहे । त्यस्तै गुल्सन झाले २३ बलमा २ चौका प्रहार गर्दै २२ रन बनाए भने अर्का ओपनर कु...
उदयपुरमा ब्राउन सुगर सहित २ भारतीय नागरीक पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित २ भारतीय नागरीक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १५ । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सुपौलका २७ बर्षिय जसबिन कुमार मण्डल, बिरपुर थाना–१२ का २७ बर्षिय सन्तोष कुमार महतो रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार मंगलबार राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–१० गैरुन कालीखोला स्थितबाट उनिहरुलाई लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । कालीखोलाको नजिकै रोकेर राखेको BR 11PB 1355 नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीको गियर बक्स भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ५४ हजार बरामद भएसँगै उनिहरुलाई प्रहरीले नियन...
गोली लागेका शिक्षकको मृत्यु

गोली लागेका शिक्षकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । गोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सेतोपाटीलाई जानकारी दिए। शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका थिए। उनको घाँटी र टाउकोमा गोली लागेको थियो। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए। स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।...
गोलबजार स्पोर्टस क्लव सिरहालाइ हराउँदै त्रियुगा नगरपालिका फाईनलमा प्रवेश

गोलबजार स्पोर्टस क्लव सिरहालाइ हराउँदै त्रियुगा नगरपालिका फाईनलमा प्रवेश

Breaking News 2, खेलकुद
पूर्णपुष्टि,काक्तिक १२ । सिरहाको महुलीमा जारी श्री जनचेतना ४२औँ रनिङ शिल्ड फुटबल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लव सिरहालाई हराउँदै त्रियुगा नगरपालिका गाईघाट फाईनलमा प्रवेश गरेको छ । आईतवार जनचेतना माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा गोलबजारलाई १को विरुद २ गोल गर्दै त्रियुगा नगरपालिका गाईघाटले फाईनलका लागि आफ्नो स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्ममा गाईघाटको तर्फबाट टिम कप्तान सुदिप श्रेष्ठले व्यक्तिगत २ गोल गर्दा सिरहा भने १ मै सिमित रह्यो । यस संगै आगामी १४ गते हुने फाईनल खेल त्रियुगा नगरपालिका गाईघाटले धनुष विरुद्ध खेल्ने आयोजकले जनाएको छ ।...
दशैं अवधिमा सवारी दुर्घटनामा परी कोशीमा १६ जनाको मृत्यु

दशैं अवधिमा सवारी दुर्घटनामा परी कोशीमा १६ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । कोशी प्रदेशमा दशैंको अवधिमा सवारी दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् । कार्तिक ५ गते फुलपातिबाट कात्तिक ११ गते कोजाग्रत पुर्णिमासम्म १३५ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार १३५ वटा सवारी दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् भने २६५ घाईते भएका छन् । जसमध्ये ४१ जना गम्भिर घाईते भएका छन् । दशैंमा ६ हजार ६२८ वटा सवारी साधन कारवाहीमा पर्दा ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा कोशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।...
खोहरीया थारु बंशावली समाजको नेतृत्वमा पुन : मदन चौधरी

खोहरीया थारु बंशावली समाजको नेतृत्वमा पुन : मदन चौधरी

Breaking News 2, समाचार
पूर्णपुष्टि, ११ कार्तिक । खोहरीया थारु बंशावली समाजको छैठौं केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । विहिवार त्रियुगा नगरपालिका वडा नम्वर ८ उत्तराईटोल देउरीमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले पुनःमदन चौधरी९खोहरीया थारु०को नेतृत्वमा १३ केन्द्रिय कार्यसमिती सर्वसहमत चयन गरेको छ । पुनः निर्वाचित अध्यक्ष चौधरी उदयपुरवाट तेस्रो कार्यकालको लागी सर्वसहमत नेतृत्वमा चयन भएको निर्वाचन मण्डलका संयोजक घुरन प्रसाद चौधरीले बताए । यस्तै उपाअध्यक्षमा शसिकला चौधरी र भिखन चौधरी चयन भएका छन् । सचिवमा दिलिप कुमार चौधरी,सह सचिवमा शुभनरायाण चौधरी,कोषाअध्यक्षमा कुशेश्वर चौधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा क्रमशः रेखा देवी चौधरी,जयनरायण चौधरी,श्रवण कुमारी चौधरी,पाचु चौधरी,सुस्मा कुमारी चौधरी,दिलिप चौधरी र इन्दु चौधरी चयन भएका हुन । यस्तै अधिवेशनले सुनसरी,मोरङ,सिरहा,सप्तरी र उदयपुर जिल्लाको छुट्टै जिल्ला कार्यसमि...
स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिप २०२३ को फाईनलमा रातापानी फुटबल क्लब र लक्ष्मीपुर फुटबल क्लब प्रवेश गरेको छ । आईतबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडा र लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई हराउँदै फाईनलमा भेट पक्का गरेको हो । पहिलो सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडालाई १–० गोलले पराजित गरेको हो । रातापानीका लागी पाण्डु चौधरीले गोल गरे । उनले खेलको अन्तिम औं मिनेटमा रातापानीका लागी विजयी गोल गरेका हुन् । यस खेलमा पाण्डु चौधरी म्यान अफ द म्याच भएका छन् ।त्यस्तै दोस्रो सेमिफाईनल खेलमा लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई २–१ गोलले हराएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफको ३ औं मिने...
नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधी बागमती फुटबल क्लव सर्लाहीले जितेको छ । न्यु त्रियुगा स्पोर्ट क्लव सप्तरीसंग आजको फाइनल खेलमा १–० को अन्तरमा सर्लाहीले उपाधी जित्न सफल भएको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका –४ बसाहामा भएको गोल्डकप प्रतियोगिताको उपाधी जितेसंगै सर्लाहीले नगद चारलाख एकहजार पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउनु परेको सप्तरीले नगद २ लाख १ हजार पुरस्कार प्राप्त गर्यो । खेलको ३ औं मिनेटमै सर्लाहीका श्रृजन गौतमले गोल गरे । सोही गोल उपाधी चुम्न निर्णायक बन्न पुग्यो । दर्शकको समर्थन बढि पाएको सप्तरीले सुरुमै गोल खाएपछि खेलमा दवाव परेको थियो । गोल फर्काउने प्रयासलाई सर्लाहीले विफल तुल्यायो । सर्लाहीले पनि थप गोल गर्न सकेन । उपाधि विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि प्रदेश सांसद सम्झना तामाङ,...
उदयपुरमा ३८ किलो गाँजा सहित २ जना पक्राउ

उदयपुरमा ३८ किलो गाँजा सहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३ । उदयपुरमा लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार आज राती १ बजे कटारी ६ देउलीकुना स्थितबाट उनिहरुलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले १९–१९ किलो गाँजा दुई ओटा बोरामा बोकी कटारी ल्याउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए । पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा एक पुरुषको हत्या आरोपमा बाबु–छोरा पक्राउ

उदयपुरमा एक पुरुषको हत्या आरोपमा बाबु–छोरा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ सुक्लाईका चन्द्र कुमार सार्की र निजको छोरा तेज कुमार सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार २०८०।०४।११ गते २०:०० बजेको समयमा सोही ठाउँ बस्ने रमेश कुमार सार्कीलाई बाबुको आदेशमा छोराले चिरपटले हानि पेट फुटाई गम्भिर घाईते बनाएका थिए । उजुरीको आधारमा असोज १३ गते चन्द्र बहादुर सार्कीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाहिको दायरामा ल्याईएको डिएसपी चौधरीले बताए । घाईते सार्कीको उपचारको क्रममा असोज १५ गते साढेँ २ बजेको समयमा मृत्यु भएपछि ज्यान मार्ने उद्योग मुद्दा कर्तव्य ज्यानमा परिणत भएको डिएसपी चौधरीले जनाए । त्यस्तै बाबुको आदेशमा चिर्पट प्रहार गरी फरार रहेका त...