उदयपुरमा ६८ औं प्रहरी दिवस मनाइयो
पूर्णपुष्टि, असार ३० । उदयपुरमा ६८ औं प्रहरी दिवस मनाईएको छ । मंगलबार जिल्ला अदालत उदयपुरका माननीय न्यायधिस नवराज दुलालको अतिथ्यमा प्रहरी दिवस सम्पन्न भएको हो ।
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रहरी दिवसमा ब्याटमिनटन र भलिबलका विजयी खेलाडीहररुलाई पुरस्कृत गरिएको थियो । असोज १८, १९ र २० गते जिल्ला ब्याटमिनटन संघ उदयपुरको कवर्ड हलमा खुल्ला ब्याटमिन्टन प्रतियोगिता भएको थियो भने २१ र २२ गते अन्तर प्रहरी ईकाइ भलिबल प्रतियोगिता भएको थियो ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका ईकाईहरुमा कार्यारत कर्मारीहरु मध्ये अत्यन्तै अनुसाशित, इमान्दार, कर्तव्यनिष्ट र लगनशिल भई तोकिएको जिम्मेवारी रचनात्मक, सिर्जनसिल र व्यवसायिक तवरबाट सम्पन्न गरी उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जना प्रहरी कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्र...









