Monday, May 4News That Matters

Breaking News 2

उदयपुरमा डेङ्गी संक्रमणबाट एक महिला सहित तिन जनाको मृत्यु

उदयपुरमा डेङ्गी संक्रमणबाट एक महिला सहित तिन जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १४ । उदयपुरमा डेङ्गी संक्रमणबाट एक महिला सहित तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–११ शान्ति नगर टोलकी ६२ बर्षीया इन्द्रकुमारी चौहान, सोही स्थानका ५१ बर्षीय प्रकाश राई र बेलका नगरपालिका–५ खाडखोलका ४० बर्षीय बिजय लुम्बु रहेका छन् । डेङ्गु लागेकी चौहानको भदौ १३ गते र लिम्बुको असोज ९ गते धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ । त्यस्तै राईको असोज २ गते उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो । हालसम्म उदयपुरमा ८ सय ७० जना डेङ्गु संक्रमित पुष्टि भईसकेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।...
ताप्ली अध्यक्ष विककाे सेवा घर अवलोकन

ताप्ली अध्यक्ष विककाे सेवा घर अवलोकन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ । ताप्ली गाउँपालिका, उदयपुरका अध्यक्ष ढुंगराज वि.क.ले गाईघाटमा स्थापना भएको साझा सेवा घरको अवलोकन आज गरेका छन् । संस्थाले विधानमा जिल्लाका सबै पालिका प्रमुखलाई संरक्षक राख्ने उल्लेख गरेको छ । संरक्षणको हैसियतमा अध्यक्ष वि.क.ले सेवा घरको अवलोकन गर्दै सहयोगको प्रतिबद्धता ब्यक्त गरे । https://youtu.be/Mix7UiIMk8U “पालिकाको तर्फबाट यो मानवीय सेवामा सहयोग हुनेछ” अध्यक्ष वि.क.ले भने । हाल सेवा घरमा रहेका तीन बालबालिकालाई भेट्नुका साथै बस्ने, पढ्ने खाने ठाउँ र अन्य ब्यवस्थापनको जानकारीसहित अवलोकन गरेका थिए ।...
आर्थिक अभावमा प्याँक्रियाज रोगले ग्रस्त उदयपुरका भुपाललाई उपचारमा समस्या

आर्थिक अभावमा प्याँक्रियाज रोगले ग्रस्त उदयपुरका भुपाललाई उपचारमा समस्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, १२ असोज । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ बागचौरीको भुपाल परियार लामो समयदेखी प्याँक्रियाज नामक रोगले ग्रस्त छन् । बेलाबेलामा सताइरहने यो रोगले परियारलाई परोलिरहेको छ । सानै उमेरमै अन्य रोगका समेत सिकार भएका उनि हाल ३१ बर्षको भए । पैसाको समस्यामा औषधी उपचार अभावले उनि रोगबाट मुक्त हुन सकेको छैन् । नोवेल हस्पिटलको आईसीयुमा राखेर उपचार गराईरहेकोे परियारलाई सहज उपचार गर्न आर्थिक अभाव भएको परियारले जनाएको छ । परिवारले उपचारमा सहयोग गरिदिन सबै समक्ष अपिल समेत गरेको छ । घरमा बृद्ध बा र बिरामी आमा बाहेक कोही छैन् । परियारलाई हाल सासुआमाले ऋणपान गरेर उपचार गर्ने कोशिस गरिहेको छ । आफ्नो पनि कहिँ कतै पैसा आउने ठाउँ नभएपछि मिडिया गुहार्दै हिड्नु पर्ने अवस्था आएको सासु इन्दीरा परियारले जनाईन् । परियारको ३ बर्षिय छोरी पनि छन् । बाबु बिरामी भएसँगै आमा रातदिन हस्पिटलमै बस्नु पर्दा ना...
उदयपुरमा बन र लागुऔषध मुद्धाका ४ फरार प्रतिवादी पक्राउ

उदयपुरमा बन र लागुऔषध मुद्धाका ४ फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ५ । उदयपुरमा बन र लागुऔषध मुद्धाका ४ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रि.न.पा–१२ बस्ने ३१ बर्षीय भोज कुमार बोटे, त्रि.न.पा–१३ बस्ने २३ बर्षीय रोनिस ठटाल, त्रि.न.पा–१३ बस्ने २६ बर्षीय रोयल राई र त्रि.न.पा–१० बस्ने २९ बर्षीय गणेश भुजेल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक रोशन थापाका अनुसार बिभिन्न मितिमा जिल्ला अदालतबाट फैसला भई जरिवाना भएका ४ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला अदालतले २०७८।०९।०६ गते बन मुद्धामा १८ हजार १ सय ३० रुपैँया जरिवाना तोकेतापनि बोटे फरार रहँदै आएका थिए । गाउँ घरमा लुकिछिपी बसेको भन्ने गोप्य सुचनाको आधारमा त्रियुगा नगर प्रहरी कार्यालयबाट खटिएको प्रनानि सहितको प्रहरी टोलीले बोटेलाई मंगलबार साझँ ५ बजे घरबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
उदयपुर कारागारका १० जना कैदी कैद मुक्त

उदयपुर कारागारका १० जना कैदी कैद मुक्त

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ४ । उदयपुर कारागारका १० जना कैदी रिहा भएका छन् । कारागारमा सजाय काटिरहेका उनिहरुलाई संविधान दिवस २०८० को अवसरमा बुधबार कैद मुक्त गरिएको हो । बिभिन्न अपराधमा संलग्न भई सरकारवादी मुद्धामा कारावास सजाय पाएर आधा कैद भुत्तान गरिसकेका असल आचरणका कैदीलाई बाँकी सजाय मिनाहा गर्नै व्यवस्था अनुसार राष्ट्रपती पौडेलबाट उनिहरुको सजाय कट्टा भएको हो । उदयपुरका ७, भोजपुरका १, सुनसरीका १ र सिराहाका १ गरी १० जना कैद मुक्त भएको उदयपुर कारागारका प्रमुख डिगम कार्कीले बताएका छन् । उदयपुर कारागारबाट कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका कैदी भोजपुर हतुवागढी गा.पा. ५ का २९ बर्षीय राजन राई र ताप्ली गा.पा.१ का ५० बर्षीय तस बहादुर सुनुवार, डाँका मुद्धाका कैदी कटारी न.पा. ७ का २५ बर्षीय सागर तिखत्री परियार, सवारी ज्यान मुद्धाका कैदी चौदण्डीगढी न.पा. ५ का २६ बर्षीय अन्जन चौधरी, बेलका न.पा. ३ का...
उदयपुरमा यौनजन्य धन्दा चलाएको आरोपमा ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक सहित २ जना पक्राउ

उदयपुरमा यौनजन्य धन्दा चलाएको आरोपमा ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक सहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा रहेको ब्रोदर्श रेष्टुरेन्टमा यौनजन्य धन्दा चलाएको आरोपमा सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १० बस्ने ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक २७ बर्षीय अनिल शिवा र सिरहाको लहान नगरपालिका वडा नं. १९ बस्ने २८ बर्षीय सतिश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार यौनजन्य धन्दामा नाबालिकाहरुलाई प्रयोग गर्दै आएका उनिहरु विरुद्ध एक पीडीत बालिकाले जाहेरी दिएकी थिईन् । सोही आधारमा उनिहरुलाई पक्राउ गरिएको डिएसपी चौधरीले जनाए । उनिहरु विरुद्ध सोमबार अर्का एक पीडित बालिकाको अभिभावकहरुले पनि प्रहरीमा उजुरी दर्ता गराएका छन् । उजरीमा आफ्नो नाबालिका छारीलाई बिभिन्न प्रलोभन देखाई सेवा र या...
बेलका नगर एक्सनमा, अवैध संरचना भत्काउन सुरु 

बेलका नगर एक्सनमा, अवैध संरचना भत्काउन सुरु 

Breaking News 2, समाचार
पूर्णपुष्टि, २ असोज बेलका नगरपालिकाले नियम बिपरित राजमार्ग क्षेत्र भित्र बनाईएको संरचना भत्काउन सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट नियम बिपरीत रामपुर बजार क्षेत्र भित्र राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाईएको संरचना भत्काउने कार्यसंगै सरसफाईको कार्य समेत नगरपालिकाले सुरुवात गरेको हो । बेलका नगर प्रमुख असोक कार्कीको नेतृत्वमा मंगलबारदेखी उक्त कार्यलाई अघि सरिएको छ । बजार क्षेत्रमा राजमार्ग दायावाया १५÷१५ मिटर क्षेत्रको अतिक्रमित भागको संरचना भत्काईएको मेयर कार्कीले जनाए। बेलका नगरपालिकाको अगुवाईमा , स्थानीय जनप्रतिनिधी ,उधोग वाणिज्य संघ रामपुर, ईलाका प्रहरी कार्यालय रामपुर, शसस्त्र प्रहरी बल डुडखोला ,नगर प्रहरी, स्थानीय समाजसेवी, राजनैतिक दलका प्रतिनिधीहरु संगै स्थानीयहरुको अगुवाईमा राजमार्गका अवैध संरचना हटाईएको मेयर कार्कीले जनाए । अभियानमा बाटोको सिमाना ...
उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १ । उदयपुरमा लागुऔषध सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ बर्मी घर भएका २२ बर्षीय बिशाल तामाङ, सोही ठाउँका २७ बर्षीय सोम कृष्ण राई र कटारी–३ बस्ने २० बर्षीय करण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बर्मी घर भई कटारी–४ कान्छी बजारमा कोठा भाडामा बस्दै आएका तामाङले कोठामा लागुऔषध ओसार–पसार तथा बिक्रि वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलीले कोठा खनतलासी गर्दा Tramadol-७०चक्कि, Spaspain-१३०चक्कि, Poland (गाँजाको चोप र केमिकल मिसावट) १२६ ग्रामग्राम बरामद भएसँगै तिनै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका तिनै जन...
दुर्गम ताप्लीका समिप राई युवासंघ उदयपुरको सह–सचिव

दुर्गम ताप्लीका समिप राई युवासंघ उदयपुरको सह–सचिव

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३१ । उदयपुरको कणार्ली भनेर चिनिने ताप्ली गाउँपालिकाका समिप राई युवासंघ उदयपुरको सह–सचिवमा सर्वसम्मत निर्वाचित भएको छ । राई गत शुक्रबार एमाले युवा भातृ संघ नेपालको १० औ जिल्ला अधिवेशनबाट सर्वसहमत चुनिएका हुन । जिल्लाको अत्यन्तै विकट र भौगोलिक कठिनाईको वावजुद पनि दृढ ईक्क्षाशक्तिको कारण समग्र जिल्लामा ताप्लीको प्रतिनिधीत्व गर्दै नेतृत्वदायी भुमीकामा आफु उभिन सफल भएको राईले सुनाए । नेकपा एमालेको वडा कमिटी, पालिका कमिटी हुदै युवासंघ उदयपुरको सह–सचिवको जिम्मेवारी पाएको राई पार्टिको विभिन्न क्रियाकलापहरुमा सहभागी भई भुमिका खेल्दै आएका थिए । अधिवेशनले विमल भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटि सर्वसहमत चयन गरेको थियो । समितीको उपाध्यक्षमा विक्रम राई, सचिवमा अनुपराज खत्री, सहसचिवमा समिप राई, कैलाश सापकोटा र कोषाध्यक्षमा प्रकाश कार्कि चयन भएको हो । यस्तै संगठन विभाग ...
उदयपुरमा लागुऔषध र करकाप मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा लागुऔषध र करकाप मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३० । उदयपुरमा लागुऔषध र करकाप मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नपा–४ बस्ने ३४ बर्षीय चण्डिराज राई र चौदण्डीगढी नपा–१० बस्ने ५८ बर्षीय देबल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार राईलाई लागुऔषध मुद्धामा जिल्ला अदालतले २०७४।११।१६ गते रु.२,००० रुपैया जरिवाना र चौधरीलाई करकाप मुद्धामा २०६५।०२।२४ गते रु. २५ रुपैयामात्र जरिवाता तोकेता पनि हाल सम्म फरार रहेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घरबतनबाटै शुक्रबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुलाई ईप्रका बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...