नगरस्तरीय बक्तृत्वकलामा रामपुर पव्लिकको पुष्पा प्रथम
पूर्णपुष्टि, भदौ २९ । उदयपुरको बेलका नगरपालिकाले ५९ औं राष्ट्रीय बाल दिवसको अवसरमा आयोजना गरेको नगरस्तरीय बक्तृत्वकला प्रतियोगितामा रामपुर पव्लिक एकेडेमीको छात्रा पुष्पा अधिकारी प्रथम भएकी छन् ।
कक्षा १० मा अध्ययनरत पुष्पाले “ बालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी “ शिर्षकमा ६ जना प्रतियोगिलाई उछिन्दै पहिलो स्थान हासिल गरेकी हुन्। त्यस्तै द्वितीय, तृतीय र सान्तत्वना पुरस्कार क्रमश : (नर्थ स्टार) की सलिना कोईराला, (सप्तकौषिकी मा.बि.) की ससिता कोईराला, (कोशी मा.वि.) की आशा विश्वकर्मा ले प्राप्त गरेकी छन् । बिजयी प्रतियोगीहरुलाई बेलका नगरका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष असोक कार्कीले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको हो ।कार्यक्रममा नगर प्रमुख कार्कीले वालवालिकाहरु देश विकासको मेरुदण्ड भएकोले वालवालिकामा गरेको लगानी कहिल्यै खेर नजाने बताउदै बेलका नगरपालिकाले चाडै नै पालिका...







