Monday, May 4News That Matters

Breaking News 2

एसीया कपको डेब्यु खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दै

एसीया कपको डेब्यु खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ । एसीया कप २०२३ को डेब्यु खेलमा नेपालले आफ्नो पहिलो खेल आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपालले एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ । समुह ए मा रहेको नेपाल र आयोजक पाकिस्तानको उद्घाटन खेल आज दिउँसो ३:१५ बजेबाट मुल्तान क्रिकेट स्टेडियममा सुरु हुनेछ । कुनै पनि फर्म्याटका खेलमा नेपालको पहिलोपटक पाकिस्तानसँग भेट हुन लागेको हो। एसिया कपका लागि उत्साहित नेपाली टिम प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले अर्को खेल भारतसँग भदौ १८ गते श्रीलंकामा खेल्नेछ । एसीया कप प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ । प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन् । नेपालमा खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ । यसअघि नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि बिजेता बन्दै एसीया कप...
कटारीमा व्यक्तिगत घटनाको दर्ता घरबाटै हुने

कटारीमा व्यक्तिगत घटनाको दर्ता घरबाटै हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १२ । उदयपुरको कटारी नगरपालिकामा व्यकितगत घटना घरबाटै दर्ता गर्न सकिने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै अनलाईन मार्फत घरबाटै व्यक्तिगत घटना दर्ता गर्न सकिने जानकारी गराएको हो । नेपाल सरकारले व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, बसइँसराई, बिबाह, सम्बन्ध विच्छेद) अनिवार्य दर्ता गनुपर्ने व्यवस्था गरेको हुँदा आफ्नो घरमै बसी अनलाईन मार्फत मोबाईलबाट व्यक्तिगत घटना दर्ताको फारम भरी प्राप्त टोकन लिएर सम्बन्धित वडा कार्यालयबाट प्रमाणपत्र प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ । व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरेमा जरिवाना नलाग्ने समेत जनाईएको छ ।...
उदयपुरमा ढुंगाले किचेर युवकको मृत्यु

उदयपुरमा ढुंगाले किचेर युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ११ । उदयपुरमा एक युवकको ढुङगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका–६ बोलुङखा बस्ने पृथी बहादुरको १७ बर्षीय छोरा दिपेश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमबार बिहान साँढे ७ बजेको समयमा आफ्नै बारीमा बाख्रा चराउने क्रममा अचानक माथिदेखि खसेको ढुङ्गाले किचेर युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । उक्त घटनाको खबर पाएपछि प्रहरी चौकी साउने र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी नायव निरिक्षक सहितको प्रहरी टोलीले थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि मुचुल्का कार्य सम्पन्न गरी लास पोष्टमार्टको लागि जिल्ला अस्पताल गाईघाट पठाएको डिएसपी चौधरीले जनाए ।...
उदयपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ११ । उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ गुरुङ चोक बस्ने ४३ बर्षीय राज कुमार तामाङ रहको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । वन मुद्धामा जिल्ला अदालतको २०७५÷१०÷०१ गतेको फैसलाले रु. ९,७६,९७८ रुपैँया जरिवाना तोकेता पनि हालसम्म फरार रहेका तामाङलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ९डिएसपी० हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार गोप्य सुचनाको आधारमा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी नायव निरिक्षकको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याई आवश्यक कार्वाहिको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
ताप्ली गाउँपालिकाले खरिद गर्यो एम्वुलेन्स र सार्वजानिक सवारी

ताप्ली गाउँपालिकाले खरिद गर्यो एम्वुलेन्स र सार्वजानिक सवारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ११ । उदयपुरको ताप्ली गाउँपालिकाले जनहित सेवालाई तिव्रता दिएको छ । पालिकाले भर्खरै एम्वुलेन्स र सार्वजानिक सवारी खरिद गर्दै पालिकावासीलाई सहजता दिने प्रयास गरेको छ । ताप्लीबासी नागरिकहरुको स्वास्थ्य सेवा सहजताका लागि गाउँपालिकाले एम्बुलेन्स र सार्बजनिक गाडी खरिद गरेको अध्यक्ष ढुँगराज विश्वकर्माले जनाए । एम्बुलेन्सको अभावमा उपचारबाट बन्चित हुनुपर्ने र अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अब अन्त्य हुने भएको छ उनले भने, । साथै पालिकाको विभिन्न वडा र बस्तिहरुबाट केन्द्र सम्म आवतजावत गर्न अशक्त, अपांगता भएका व्यक्ति, महिला, जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै पालिकाले सार्वजनिक यातायात समेत संचालनमा ल्याएको छ । पालिकाले यस अघि पालिका भित्र उत्पादन भएका कृषिजन्य बस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, बङ्गुर तथा खसीबाख्रा बजारसम्म पुर्याउन दुई ओटा कृषि एम्वुलेन्स पनि खरिद गरिसकेको छ...
उदयपुरमा सरकारी छाप किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा सरकारी छाप किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १० । उदयपुरमा सरकारी छाप किर्ते मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१० देवधार बस्ने ३५ बर्षीय दिलिप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला अदालतले २०७५÷०३÷१२ गते सरकारी छाप दस्तखत किर्ते मुद्धामा ११ महिना १० दिन कैद र रु. ५० रुपैँया जरिवाना तोकेतापनि फरार रहँदै आएका चौधरीलाई शनिबार राती ९:४५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार फरार रहेको चौधरीलाई खोतजलास गर्ने क्रममा चौदण्डीगढी नगरपालिका–६ स्थितमा लुकिछिपि बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयको लागी जिल्ला अदातल पठाईए...
चौदण्डीगढीमा राष्ट्रिय वंगुर अनुन्धान केन्द्रको लागि अनुगमन

चौदण्डीगढीमा राष्ट्रिय वंगुर अनुन्धान केन्द्रको लागि अनुगमन

Breaking News 2, समाचार
पूर्णपुष्टि, ४ भदौ । उदयपुरको चौदण्डीगढीमा राष्ट्रिय बंगुर अनुसन्धान केन्द्रको लागि अनुगमन भएको छ । उच्च स्तरीय प्रविधीसहितको मुलुभरकै ठूलो राष्ट्रिय अनुसन्धान केन्द्र चौदण्डी ४ बसाहामा बन्न लागेको हो । राष्ट्रिय अनुसन्धान केन्द्र (नार्क) खुमलटारका प्रमुख नवीन पौडेल, राष्ट्रिय अनुसन्धान प्रतिष्ठानका प्रमुख डा। स्वयम श्रेष्ठ, लोकसेवा आयोगका बलदेव जोशी, राष्ट्रिय अनुसन्धान तरहराका प्रमुख डा।केशव श्रेष्ठ, राष्ट्रिय भैसी अनुसन्धानका संयोजक पवन झा, पाख्रिवास कृषि अनुसन्धानका प्रमुख डा। गोविन्द तिम्सिना, राष्ट्रिय वंगर अनुसन्धान पाख्रिवासका संयोजक डा. मनोज यादव, भेटनरी अस्पताल उदयपुरका प्रमुख रामनायण साह र स्थानीय सरोकारवालाबीच शनिवार आवश्यक जग्गाको अनुगमणसमेत गरिएको वडाध्यक्ष लुंगाराज राईले बताएका छन् । जाल्पा जन माध्यामिक विद्यालयसँग जोडिएको सार्वजानिक जग्गामा बन्न लागेको अनुसन्धान केन्द...
उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका–७ चम्पेडाँडा बस्ने ६८ बर्षीय केदार भन्ने ओमानसिंह भुजेल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शनिबार दिउँसो ११ बजे आफ्नै घरको सुत्ने कोठामा मोबाईल फोन चार्जमा राखेर मोबाईल चलाउँने क्रममा करेन्ट लागेर भुजेलको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ९डिएसपी० हरिन्नदन चौधरीले जानकारी दिए । डिएसपी चौधरीका अनुसार भुजेल मृत अवस्थामा फेला परेको भन्ने टेलिफोन मार्फत जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटार उदयपुरबाट प्रसनिको टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रनि सहितको प्रहरी टोलि घटनास्थलमा खटी अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने २२ बर्षीय सिजन मगर र संगमचोक बस्ने १९ बर्षीय सुमित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शुक्रबार दिउँसो १ बजे त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा लाहानबाट गाईघाटतर्फ आउँदै गरेको विङ्गरमा सवार उनिहरुलाई फेनारगन ४, डाईजेपाम ४ र लुपिजेसिक ४ गरी जम्मा १२ एम्पुल सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी चौधरीले जनाए ।...
कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश सभा सचिवालयमा भदौ ३ गतेको समय निर्धारण गर्दै विश्वासको मत लिने प्रस्ताव पेश सम्बन्धि सुचना दिएका थिए । सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने सैवैधानिक प्रावधान रहेकोले सोही अनुसार थापाले विश्वासको मत लिन लागेका हुन् । थापा दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस अघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हिक्मत कुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, थापा मुख्यमन्त्रीमा नियुक्त हुँदा सभामुख बाबुराम गौतमको समर्थन सहित हस्ताक्षर पनि प्रयोग भएको थियो । सभाम...