उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु
पूर्णपुष्टि, भदौ १ । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–११ बस्ने १७ बर्षीय सुरज मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
शुक्रबार बिहान अन्दाजी ५ बजे चौदण्डिगढी नगरपालिका–१० स्थित स्व. मदन भण्डारी स्मृती लोकराजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक ( डिएसपी ) हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार गाईघाटबाट बेल्टार तर्फ जादैँ गरेको ना.६ त नम्बरको ट्याक्टर खैरा झोडामा आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनाबाट घाईते भएकाहरुलाई तत्काल ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले उद्धार गरी उपचारको लागी अस्पताल पठाएको डिएसपी चौधरीले जनाए । मुखमा चोट लागेर गम्भिर घाईते भएका मगरको उपचारको क्रममा वि.पि. कोईराला स्वास्थ्य विधि विज्ञान प्रत...





