Monday, May 4News That Matters

Breaking News 2

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा युवकको मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १८ । उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी चौदण्डीगढी नगरपालिका–७ हाङ्गबजारका २३ बर्षीय दिप्सन मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बुधबार राती ११ बजे चौदण्डीगढी–६ खत्रीटोल स्थित प्र १०५००१ प ८५०५ नं. को होण्डा साइन मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक मगर घाईते भएका थिए । दुर्घटनाको सुचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी सहायक निरीक्षक सुबास घिमिरे सहितको टोलीले घाईते मगरलाई उद्दारगरी नगर अस्पताल पु¥याएको थियो । त्याहा उपचार सम्भव नभएपछि थप उपचारको लागी धरान पठाईएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।...
काठमाडौंमा एक महिलाको हत्या

काठमाडौंमा एक महिलाको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, १६ साउन । काठमाडौंको बुढानीलकण्ठमा एक जना महिलाको हत्या भएको छ । बुढानीलकण्ठ नगरपालिका(४ भसन्थलीमा एक जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ। सप्तरी घर भई भसन्थली बस्ने ३८ वर्षीया अनिता चौधरीको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय गौरा सिंह बोहरालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बोहराले आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहार हुँदा चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारको क्रममा गएराति मृत्यु भएको हो । घटना भएको खबरपछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले बोहरालाई पक्राउ गरेको थियो।  ...
डेङ्गुको कारण कटारीका एक युवक सहित पाचँ जनाको मृत्यु

डेङ्गुको कारण कटारीका एक युवक सहित पाचँ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १३ । डेङ्गु संक्रमणका कारण उदयपुरको कटारी नगरपालिकाका एक युवकसहित पाचँ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनयता डेङ्गु संकमणका कारण पाचँ जनाको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले । हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको कटारी बस्ने २९ बर्षीय पुरुषको उपचारको क्रममा साउन १० गते मृत्यु भएको हो । त्यस्तै साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको डेङ्गु संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनिहरुको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेल जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको डेंगी अस्पतालमा हालसम्म भर्ना भएका ५४ जनामध्ये ३७ जना डिस्चार्ज भईसकेका...
मन्त्रीहरुलाई स्पष्टिकरणको मौका नदिई राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड

मन्त्रीहरुलाई स्पष्टिकरणको मौका नदिई राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्पष्टिकरणको मौका नदिई प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् । इटालीबाट ४ दिने भ्रमण गरेर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । ‘राजनीतिक उद्देश्यको लागि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन ‘प्रधानमन्त्रीले भने’ प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट सय किलो सुन बरामद भएपछि एमाले सांसदहरुले संसदमा गृहमन्त...
चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) इटलीको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदैँछन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाका अनुसार आज बिहान १० बजे कतार एअरलाइन्सको विमानमार्फत प्रधानमन्त्री सहितको भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड साउन ६ गते इटली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नु भएको थियो । प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच रोममा द्विपक्षीय भेटवार्ता भएको थियो भने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो । बङ्गलादेशी समकक...
आन्दोलनरत लघुवित्तका ऋणीहरुलाई गुनासो टिपाउन राष्ट्र बैंकको अनुरोध

आन्दोलनरत लघुवित्तका ऋणीहरुलाई गुनासो टिपाउन राष्ट्र बैंकको अनुरोध

Breaking News 2, समाचार
पूर्णपुष्टि, ११ साउन । लघुवित्तबाट ऋण लिएकाहरू आफू ुपीडितु भएको बताउँदै आन्दोलनमा होमिएका बेला नेपाल राष्ट्र बैंकले आफ्नो गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले नियमबाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ । ‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिनेछ’ राष्ट्र बैंकले भनेको छ ।  ...
आजको राष्ट्रिय सभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

आजको राष्ट्रिय सभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । आज बस्न लागेको सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । राष्ट्रिय सभा बैठक बिहान ११ : १ बजेको लागी बोलाईएको छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र आर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यो विद्यायक असार ३१ गते प्रतिनिधिसभाबाट पारित भईसकेको छ । तर, राष्ट्रियसभामा प्रवेश पाएको थिएन् । आज बस्न लागेको बैठकले सो विद्यायक अघि बढाउन लागिएको हो । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।...
जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु, ३१ गम्भीर

जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु, ३१ गम्भीर

Breaking News 2, समाचार
पूर्णपुष्टि, ८ साउन । गत आर्थिक वर्ष २०७९÷०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् । मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवार...
ट्राफिक कार्यालय उदयपुरले १ करोड ८० लाख ९ हजार ७ सय ५० रुपैया राजश्व संकलन ग¥यो

ट्राफिक कार्यालय उदयपुरले १ करोड ८० लाख ९ हजार ७ सय ५० रुपैया राजश्व संकलन ग¥यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक बर्ष २०८०÷२०८१ मा एक करोड ८० लाख नौ हजार ७ सय ५० रुपैया राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष भन्दा २८ लाख बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक लोक बहादुर दियालीले जानकारी दिए । कार्यालयले गत आर्थिक बर्ष २०७९÷२०८० मा १ करोड ५२ लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । गत बर्षभन्दा चालु बर्षमा बढी सवारी कारवाहीमा परेको प्रमुख दियालीलले बताए । उहाँका अनुसार गत बर्ष २३ हजार ६ सय ५० वटा सवारीलाई कारवाही गरिएको थियो भने यसवर्ष २६ हजार चार सय ५० सवारीलाई कारवाहि गरिएको छ । ट्राफिक प्रहरी उदयपुरको सक्रियता बढे संगै गत बर्षको तुलनामा यस बर्ष सडक दुर्घटनामा पनि कमी आएको छ । गत बर्ष ३५७ वटा सवारी दुर्घटना भएको थियो भने यस वर्ष २४० वटा सवारी दुर्घटना भएको छ । दुर्घट...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ७ । उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ४ फर्सेट बस्ने सत्य नारायण चौधरीको १८ बर्षीय छोरा आयुस चौधरी र सोही ठाउँ बस्ने बलिराम चौधरीको १९ बर्षीय छोरा दिपेश चौधरी रहेका छन् । शनिबार अन्दाजी ११ बजेको समयमा त्रियुगा नगरपालिका ६ स्थित लालपत्तामा खटिएको विशेष प्रहरी टोली र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनिहरुलाई लागुऔषध फेनार्गन–४१ एम्पुल, डाईजेपाम–४३ एम्पुल र ब्रुपिनोर्फिन–४४ एम्पुल गरि जम्मा १२८ एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुस...