Monday, June 29News That Matters

Breaking News 2

त्रियुगाको ८ नं. वडाध्यक्षमा काङ्ग्रेस विजयी

त्रियुगाको ८ नं. वडाध्यक्षमा काङ्ग्रेस विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १४ । त्रियुगा नगरपालिकाको ८ नं. वडाध्यक्षमा काङ््ग्रेसको राजकुमार राउत ७७३ मतका साथ विजयी बनेका छन् । उनले निकटतम् प्रतिद्वन्द्वि एमालेका नवराज कार्कीलाई ६९ मतले पछि पार्दै विजय हाँसिल गरेका हुन् । एमालेको कार्कीको ७०४ मत प्राप्त गरे । वडासदस्यमा खुल्लामा काङ्ग्रेसको जुठे दनुवार र एमालेको इन्द्रराज कार्की विजयी बने, महिला सदस्यमा काङ्ग्रेसकी रिता खड्का विजयी बनिन् भने दलित महिला सदस्यमा काङ्ग्रेसकै प्रतिमा कार्कीढोली नेपाली विजयी बनेकी छिन् । सो वडाबाट नगर प्रमुखमा काङ्ग्रेसको बसन्त बस्नेतलाई पहिलो मत ८८९ गएको छ भने एमालेका भागवत राउतलाई दोस्रो मत ७०३ गएको छ । गठबन्धनको बलदेव चौधरीलाई तेस्रो मत ५२६ मत गएको छ । उपप्रमुखमा भने एमालेकी महेश्वरी राईलाई पहिलो मत ७८३ गएको छ । काङ्ग्रेसकी सिरिता राईलाई दोस्रो मत ७७२ मत गएको छ भने गठबन्धनकी गिता खड्का कार्कीलाई तेस्रो मत ४३१ मत...
अब काठमान्डाैंमै जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

अब काठमान्डाैंमै जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

Breaking News 2, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि (काठमाडौं), जेठ १४ काठमाडौंको व्यस्त दैनिकी । भीडभाड र उकुसमुकुस वातावरण । यो माहोलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यवस्तता, कोलाहल र बेफुर्सदीबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन निकै टाढा पुग्नुपर्ने अवस्था छ । हो त्यही अभावपूर्तिका लागि साँच्चै शान्त, एकान्त र हरियालीको बीचमा छ देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) । जहाँको आथित्यता साँच्चै आत्मीय र अनुपम छ । काठमाडौंको बुढानिलकण्ठ मन्दिरको शिरानमा जोडिएको यो देक्काइदो ओनसेन रिसोर्ट बेफुर्सदी र कामकाजीहरुका लागि पाइक पर्नेगरी सञ्चालनमा ल्याइएको छ । बुढानिलकण्ठ मन्दिरदेखि माथि एक किलोमिटरको दूरी पार गर्ने हो भने रिसोर्ट पुग्न सकिन्छ । शान्त मात्र होइन आतिथ्यतको आनन्दाका बीच जापानको टिपिकल रामेन जस्को नुढल्स र बेन्त्व बक्स देक्काइदो मौलिक परिकार हो । ज...
गाईघाट–दिक्तेल सडकखण्डमा छ महिना आवागमन बन्द

गाईघाट–दिक्तेल सडकखण्डमा छ महिना आवागमन बन्द

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १४ सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट–दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ । गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिबृज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड छ महिनाका लागि बन्द भएको हो । सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिबृज खोलिएपछि अब छ महिनाका लागि पूर्वी तराईहुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडकमार्गमा यातायात सेवा बन्द हुनपुगेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ । यहाँ छ महिनापछि पुनः अस्थायी बेलिबृज जडान गरिने छ । कार्यालयका अनुसार गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ स्थित लिच्की राम्चेबीचको सुनकोसी नदीमा गतसाल मङ्सिरमा जडान गरिएको अस्थायी बेलिबृज बिहीबार खोलिएपछि उक्त सडकखण्डमा स...
ठगी आरोपमा दुई जना पक्राउ

ठगी आरोपमा दुई जना पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १४ सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न रु पाँच करोड २० लाख बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्वर गाइजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको हो । परिसरका प्रहरी नायब उपरीक्षक राजु केसीका अनुसार खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नपा–१४ बस्ने धनीराम राईसमेतको जाहेरीका आधारमा काठमाडाँै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो । महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको तथा भक्तपुर प्रहरील...
त्रियुगा ८ को मतगणना शुरु

त्रियुगा ८ को मतगणना शुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ त्रियुगा ८ को मतगणना कार्य शुरु भएको छ । मतपेटिका खोली मतपत्र पट्याउने काम भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सो वडामा २४४१ मत खसेको छ । उक्त वडामा गठबन्धन, काग्रेस र एमाले बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्रियुगाको ६ नं. वडामा मतगणन सुरु : एमालेको सुरुवाती अग्रता गठबन्धन पछ्याउदै

त्रियुगाको ६ नं. वडामा मतगणन सुरु : एमालेको सुरुवाती अग्रता गठबन्धन पछ्याउदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । त्रियुगा नगरपालिका वडा नं. ६ को पनि मतगणना सुरु भएको छ । ६ नं. वडामा २ सय मत गणना गर्दा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका वडाध्यक्ष उम्मेदवार योगेन्द्रबहादुर दाहालले ७७ मत ल्याएर अग्रता कायम गरेको हो । दाहाललाई गठबन्धनका उम्मेदवार राकेशकुमार चौधरीले ५६ मत ल्याएर पछ्याइरहेको छ । यता नेपाली काँग्रेसका उम्मेदवार कृष्णबहादुर बुढाथोकीले ३४ मत प्राप्त गरेको छ । वडा नं. ६ मा प्रमुखमा एमालेका उम्मेदवार भागवत राउतले ७४ मत ल्याएर लिड गरेको छ । राउतलाई काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले ५५ मतका साथ पछ्याइरहेको छ । यता गठबन्धनका उम्मेदवार बलदेव चौधरीले ४२ मत प्राप्त गरेको छ । त्यसैगरी, उपप्रमुख तर्फ पनि एमालेकी उम्मेदवार महेश्वरी राई ७८ मतका साथ अगाडी रहेकी छिन् । राईलाई नेपाली काँग्रेसकी उम्मेदवार सरिता राईले ४० मत ल्याएर पछ्याई रहेकी छन् । यता गठबन्ध...
लिम्चुङबुङमा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित

लिम्चुङबुङमा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भएको कार्यपालिका निर्वाचनमा गठबन्धन निर्विरोध निर्वाचन भएको छ । गाउँ कार्यपालिकाको महिला सदस्यमा मञ्जु राई, प्रिथी रसाईली, दुतमाया मगर र जमुनाकुमारी कार्की निर्विरोध भएका हुन् । राई गठबन्धनतर्फको नेपाली काङ्ग्रेसबाट हुन् भने अन्य तीनजना नेकपा ९माओवादी केन्द्र० बाट हुन् । त्यस्तै गाउँ कार्यपालिकाको दलित वा अल्पसंख्याक सदस्यमा गणेश राई र जयराम राई निर्विरोध निर्वाचित भएका छन् । गठबन्धनको नेकपा ९माओवादी केन्द्र० बाट गणेश हुन् भने काङ्ग्रेसबाट जयराम हुन् । लिम्चुङबुङमा पालिका अध्यक्ष, उपाध्यक्ष गठबन्धनले विजय हाँसिल गरेको थियो । एकजना स्वतन्त्र बाहेक सबै वठबन्धनकै वडाध्यक्षहरु विजयी भएका छन् । पालिका अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का मेजरकुमार राईले कार्यकाल दोहोर्याएका छन् भने उपाध्यक्षमा काङ्ग्रेसका पुष्पलाल राई रहेका छन् । १ नं। व...
त्रियुगाको वडा नं. ५ मा काँग्रेसको फराकिलो अग्रता

त्रियुगाको वडा नं. ५ मा काँग्रेसको फराकिलो अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ को १ हजार ३ सय मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार उदवकुमार थापाले ६ सय ७० मत ल्याएर लिड गरिरहेको छ । थापालाई ३ सय ७९ मतका साथ गठबन्धनका उम्मेदवार राधारमण खतिवडाले पछ्याइरहेको छ । सदस्यहरुमा पनि काँग्रेसकै उम्मेदवार अगाडी रहेका छन् । वडा नं. ५ को मतपरिणाम अनुसार नगर प्रमुखमा पनि काँग्रेसकै उम्मेदवार वसन्तकुमार बस्नेतले ६ सय ११ मत प्राप्त गरेको छ । यता उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार सरिता राई ५ सय ८१ मतले अग्रस्थानमा देखिन्छ ।...
लागुऔषध सहित ३ युवक पक्राउ

लागुऔषध सहित ३ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ मोरङ र झापाबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका ८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरिएको हो । हिजै बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागुऔषध लोड भएको १०m िको सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको प्...
तुईन हटाएर झोलुङ्गे पुल

तुईन हटाएर झोलुङ्गे पुल

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १३ दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् । महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । मालिकार्जुन –६ का तेजबहादुर चन्दले भन्नुभयो, “बल्ल अहिले आएर पुल निर्माण भयो ।” स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार झोलुङ्गे पुल निर्माण गरिरहेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन–६ बाँकु स्थित पुलको शुभारम्भ गर्नुभयो भने व्याँस –६ बडुगाउँस...