Sunday, June 28News That Matters

Breaking News 2

मेयर बालेन शाहको धन्यवाद र्याली सुरु

मेयर बालेन शाहको धन्यवाद र्याली सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ काठमाण्डौँ माहानरपालिकाका नवनिर्वाचित मेयरले आफ्नो मतदाताहरुलाई धन्यवाद र्याली दिरहेका छन् । फराकिलो मतले बिजयी साहले आफुलाई अमुल्य मत दिई बिजय गराउने मतदाताहरुलाई बिजयी उत्सवको धन्यवाद र्यालि सहित दन्यवाद दिएका हुन् । उनले एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई ठुलो मतले पराजित गर्न सफल भएका थिए । बालेनले काठमाण्डौँ जस्त ठाउँमा दलहरुलाई पछार्दै स्वतन्त्र बाट भारी इतिहाँस रच्न सफल भएका छन् । शासले ६१७७६ मत ल्याएर बिजयी बनेका थिए । कांग्रेसकी सिंहले ३८३४१ मत ल्याउँदै दोस्रो भईन् भने एमालेका केशव स्थापितले ३८१७ मत ल्याएर तोस्रो भए ।...
फेरी रुखको अग्रता, ४८ मतले कलम पछाडि

फेरी रुखको अग्रता, ४८ मतले कलम पछाडि

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । त्रियुगा मतगणनामा रुखले अग्रता लिएको छ । रुख र कलमको आलोपालो अग्रता चलिरहेको छ । ४८ मतले कलमलाई पछि पार्दै रुखले अग्रता लिएको हो । पछिल्लो १२ हजार १५ गणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाली काङ्ग्रेसका बसन्त बस्नेतको ३८३१, गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरीको ३७८३ र नेकपा एमालेका भागवत राउतको २८३० मत रहेको छ । उपप्रमुखमा काङ्ग्रेसकी सरिता राई ३४८६ मतसहित अग्रतामा छिन् । नेकपा एमालेकी महेश्वरी राई ३१२५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्की ३०७९ मतका साथ तेस्रो स्थानमा छिन् । १६ वटा वडाहरु मध्ये १, २, १४, १५ र १६ गरी ५ वटामा गणना सकिएको छ । ३, ४ र १५ मा गणना चलिरहेको छ भने बाँकी वडाहरु बाँकी छन् । नगरमा जम्मा ४० हजार १७९ मत खसेकोमा अव २८ हजार १६४ गणना बाँकी रहेको जनाइएको छ ।...
त्रियुुगाको वडा नं. ३ र ४ मा मतगणना जारी दुवै वडामा काँग्रेसकै अग्रता

त्रियुुगाको वडा नं. ३ र ४ मा मतगणना जारी दुवै वडामा काँग्रेसकै अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ र ४ को मत गणना जारी छ । ३ नं. वडामा १ हजार ४ सय मत गनिसक्दा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार तिलकबहादुर कटुवा अगाडी रहेका छन् । कटुवाल ४ सय ८६ मतका साथ अगाडी छन् । कटुवाललाई नेकपा एकालेका उम्मेदवार धर्मबहादुर तामाङले ३ सय ३४ मत ल्याएर पछ्याइरहेका छन् । यता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार अवधेश चौधरीले २ सय २ मत प्राप्त गरेको छ । ३ नं. वडाबाट मेयर तथा उपमेयर पदमा पनि काँग्रसकै उम्मेदवार अगाडी रहेका छन् । दोस्रोमा नेकपमा एमालेका उम्मेवार छन्, भने तेस्रोमा गठबन्धन रहेका छन् । वडा नं. ४ मा ३ सय मतगणना गर्दा काँग्रेसका उम्मेदवार रहेका बद्रि बस्नेतले १ सय १२ मत ल्याएर अग्रता कायम गरेको छ । बस्नेतलाई नेकपा एमालेका उम्मेदवार सुवासकुमार निरौला र माओवादीका उम्मेदवार मोहनबहादुर अधिकारीले ८०÷८० मत ल्याएर पछ्याउदै छन् ...
उदयपुरको त्रियुगा–१२ मा पुनः मतदानको माग गर्दै दायर रिटको पेसी न्यायाधीश भट्टराईको इजलासमा

उदयपुरको त्रियुगा–१२ मा पुनः मतदानको माग गर्दै दायर रिटको पेसी न्यायाधीश भट्टराईको इजलासमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । प्रदेश नं. १ को उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी हुन् । निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरेका छन् । ‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर अन्ततः मतदान नगरेको चौधरीले बताए । ‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ’, उनले न्युज कारखानासँग भन...
त्रियुगामा दुई नयाँ अनुहार वडाध्यक्ष

त्रियुगामा दुई नयाँ अनुहार वडाध्यक्ष

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । त्रियुगा नगरपालिकामा मत गणना सकिएको पाँच वडाहरु मध्ये दुईवटामा नयाँ अनुहार वडाध्यक्ष रहेको छ । वडा नं. १५ को गणेशप्रसाद तिम्सिना र वडा नं. १४ को हिमराज मगर अवको पाँचवर्षे वडाध्यक्षको कार्यकालका लागि नयाँ अनुहार हुन् । हिमराज वडासदस्यबाट वडाध्यक्ष भएका हुन् भने तिम्सिना पूर्णरुपले नयाँ अनुहार हुन् । दुबैजना गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र)बाट विजयी वडाध्यक्षहरु हुन् । दुबैले गठबन्धनको प्यानलसहित विजयी हाँसिल गरेका छन् । वडा नं. १५ मा तिम्सिनाले निबर्तमान वडाध्यक्ष नेपाली काङ्ग्रेसका निरबहादुर मगरलाई पराजित गरेका छन् । खडामा खसेको १७६५ मतमध्ये ९६१ मत प्राप्त गरेका तिम्सिनाले २८९ मतले पछि पार्दै निवर्तमान वडाध्यक्ष मगरलाई पराजित गरेका हुन् । वडा नं. १४ का मगरले नेकपा एमालेका मेघजित राईलाई पराजित गरेका हुन् । वडामा खसेको १३१० मत मध्ये ६६२ मत प्राप्त गरेका मगरले ...
त्रियुगामा जसले वडाध्यक्षमा कार्यकाल दाेहाेर्याए 

त्रियुगामा जसले वडाध्यक्षमा कार्यकाल दाेहाेर्याए 

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । मानबहादुर राई, जसलाई वडाबासीले अत्याधिक मतले त्रियुगा नगरपालिकाकाे वडा नं. १६ मा विजयी गराए । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का राईलाई लाेकप्रीय मतका साथ वडाबासीले कार्यकाल दाेहाेर्याउन जिताए । उनले वडाकाे १४७६ खसेकाे मतमा ९३२ मत पाए । मनाेज कुमार चाैधरी, जसले काङ्ग्रेसबाट त्रिनपा १ मा प्यानलै विजय हाँसिल गरे । याे जितले उनलाई कार्यकाल दाेहाेर्याउने अबसर मिलेकाे छ । वडामा खसेकाे १९७० मत मध्ये उनले ७२६ मत पाएर विजयी भए । घमानसिङ खत्री, जसले वडा नं. २ मा वडाध्यक्षका लागि विजयी हाँसिल गरे ।  उनले वडाकाे २७९४  मत मध्ये १०५१ मत पाएर विजयी बनेका हुन् । उनकाे वडाकाे अन्य सदस्यहरु भने काङ्ग्रेसका विजयी भए । हालसम्म यी तीन वडाध्यक्षकाे जीत, तीनै जना कार्यकाल दाेहाेर्याउनेमा परेका छन् ।अन्य वडामा पनि दाेहाेर्याएर उम्मेेदवाारी दिनेहरु रहेका छन् । हार वा जित परिणाम पर्खनु...
एम्बुलेन्स दुर्घटनाहुँदा वृद्धाको मृत्यु

एम्बुलेन्स दुर्घटनाहुँदा वृद्धाको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ १२ लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । (रासस)...
त्रियुगाको वडा नं. ३ मा काँग्रेसले लियो अग्रता

त्रियुगाको वडा नं. ३ मा काँग्रेसले लियो अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ को ९ सय मत गणना गर्दा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार तिलकबहादुर कटुवाले ३ सय ३ मतका साथ अग्रता कायम गरेको हो । कटुवाललाई नेकपा एमालेको उम्मेदवार धर्मबहादुर तामाङले २ सय ३६ मतका साथ पछ्याइरहेको छ । यता गठबन्धनको उम्मेदवार अवधेश प्रसाद चौधरीले १ सय ३२ मत प्राप्त गरेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बमबहादुर श्रेष्ठले १६ मत ल्याएको छ । वडा नं. ३ मा नगर प्रमुखका दावेदार मध्ये एमालेले २ सय ६८ मत ल्याएर पहिलो, काँग्रेसले २ सय ७५ मत ल्याएर दोस्रो र गठबन्धन २ सय ६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।...
त्रियुगामा काँग्रेसको अग्रता कायमै

त्रियुगामा काँग्रेसको अग्रता कायमै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । उदयपुरको त्रियुगामा मतगणना निरन्तर चलिरहेको छ । वडा नं. १, २, १६ र १५ को मतगणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाले काँग्रेसले अग्रता लिरहेको छ । काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले १ हजार ८ सय ६ मत ल्याएर अग्रता कायम गरेको छ । बस्नेतलाई गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले १ हजार ६ सय ३६ मतका साथ पछ्याइरहेको छ । यता नेकपा एमालेका उम्मेदवार भागवत राउतले १ हजार ८२ मत प्राप्त गरेको छ । उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार सरिता राई नै अगाडी छिन् । राईले १ हजार ६ सय १० मत ल्याएर अग्रता कायम गरेको छ । राईलाई नेकपा एमालेकी उम्मेदवार महेश्वरी राईले ३ सय ३१ मतान्तरले पछ्याइरहेकी छिन् । गठबन्धनको माओवादीकी उम्मेदवार गिता खड्का (कार्की) ले १ हजार १ सय ८५ मत ल्याउन सफल भएकी छिन् ।  ...
कटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी

कटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी

Breaking News 2, राजनीति
पूर्णपुष्टि, जेठ ११ गते । कटारी नगरपालिकामा गठबकटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी उदयपुर, जेठ ११ गते । कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठले ६४१७ मतका साथ विजयी हाँसिल गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काले ६४१३ मतका साथ विजय हाँसिल गरेकी छिन् । प्रमुखमा विजयी श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६४ मतले पछि पार्दै विजयी हुनु भएको हो । बराल नेकपा ९माओवादी केन्द्र० बाट टिकट नपाएपछि बाघी उम्मेदवार उठ्नु भएको हो । बरालले ५९५२ मत प्राप्त गर्नुभयो । निबर्तमान् मेयरसमेत रहनु भएको नेकपा एमालेको ज्ञानेन्द्र श्रेष्ठले तेस्रो मत ५७१५ प्राप्त गर्नुभयो । उपप्रमुखमा विजयी एमालेकी खड्काले फराकिलो मत अन्तरमा जीत हात पार्नुभयो । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फको नेकपा ९माओवादी केन्द्र० को विनोदकुमार कटुव...