Sunday, June 28News That Matters

Breaking News 2

रौतामाईका नवनिर्वाचित अध्यक्ष मगरको पदवहाली

रौतामाईका नवनिर्वाचित अध्यक्ष मगरको पदवहाली

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्वाचित पालिका अध्यक्ष विरेन्द्रकुमार मगरले आजबाज पदभार सम्हालेका छन् । गठबन्धनबाट माओवादी केन्द्रका मगरले विजयी हाँसिल गरेका थिए । पदवहालीसंगै उनको पाँचवर्षे कार्यकाल सुरु भएको छ । पदवहालीको अवसरमा अध्यक्ष मगरले जनताको चाहना र भावना भन्दा टाढा नभई कार्यकाल सफलरुपले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।...
भरतपुरवासीलाई खानेपानी निःशुल्क

भरतपुरवासीलाई खानेपानी निःशुल्क

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ११ भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उहाँले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गर्नुभएको थियो । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताउनुभयो । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक रु दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ । महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समि...
एक युवकको शङ्कास्पद मृत्यु

एक युवकको शङ्कास्पद मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ११ दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताउनुभयो । घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताउनुभयो । मृतक बस्नेतका बुबा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए । मङ्गलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु वि...
कटारीको प्रमुखमा गठबन्धको उम्मेदवार श्रेष्ठ विजयी उपप्रमुखमा एमाले

कटारीको प्रमुखमा गठबन्धको उम्मेदवार श्रेष्ठ विजयी उपप्रमुखमा एमाले

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार प्रमुख पदमा विजयी भएका छन् । गठबन्धनको काँग्रेसबाट राजेश चन्द्र श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्यार विजयी भएका हुन् । श्रेष्ठले आफ्नो प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार (जेब्रा चिन्ह) कृष्ण प्रसाद बराललाई ४ सय ६५ मततान्तरले पराजित गरेको हो । कटारीमा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ तेस्रो भएका छन् । श्रेष्ठको ५ हजा ७ सय १५ मत आएको थियो । श्रेष्ठलाई अन्तीममा २ सय ३७ मतले पछाडी पार्दै स्वतन्त्र उम्मेदवार बराल दास्रो भएको थिए । यता उमप्रमुखमा नेकपा एकालेकी गिता खड्का विजयी भएकी छिन् । खड्काले माओवादी केन्द्रका उम्मेवार विनोद कटुवाललाई २ हजार ५ सय ९२ मतान्तरले हराएकी छिन् । खड्काको ६ हजार ४ सय १३ मत आएको छ, भने कटुवालले ३ हजार ८ सय २१ मत ल्याउन सफल भएका छन् ।...
त्रियुगामा काँग्रेसको सुरुवाती अग्रता

त्रियुगामा काँग्रेसको सुरुवाती अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको त्रियुगा नगरपालिकामा आजबाट मत गणना सुरु भएको छ । आज १ बजेबाट वडा नम्बर १ बाट सुरु गरिएको हो । मतगणनाको सुरुवाती चरणमा काँग्रेसबाट मेयर पदका उम्मेदवार रहेका बसन्तकुमार बस्नेतको सुरुवाती अग्रता देखिन्छ । उनले वडा नं. १ को मत गणना गर्दा ८८ मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेकपा एसको उम्मेदवार बलदेव चौधरीले ४७ मत ल्याउनको छ, भने नेकपा एमालेका उम्मेदवार भागवत राउतले ३१ मत प्राप्त गरेको छ । यता उपमेयर तर्फ पनि काँग्रेसकै सरिता राईले ७४ मत ल्याएर अग्रस्थानमा रहेको छ । दोस्रोमा एमालेका उम्मेदवार महेश्वरी राईले ३९ मत ल्याएका छन्, भने गठबन्धनको माओवादीबाट गिता खड्का कार्कीले १४ मत प्राप्त गरेको छ । २ सय मत गणना गरिसक्दा वडा नम्बर १ का एकालेबाट वध्याक्ष उम्मेदवार रहेका दिलिपकुमार चौधरीको ३६ मत आएको छ । काँग्रेसका उम्मेदवार मनोज चौधरीको ७५ मत आएको छ, भने नेकपा ए...
कटारीमा गठन्धनको अग्रता कायमै, एमालेबाट उपप्रमुखको जीत करिब निश्चित

कटारीमा गठन्धनको अग्रता कायमै, एमालेबाट उपप्रमुखको जीत करिब निश्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको कटारीमा गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार राजेस चन्द्र श्रेष्ठ ५४८४ मतका साथ अगाडी रहेका छन् । एता उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ४७६५ मतका साथ पछ्याउदै छन् । दवै प्रतिस्पर्धी बीचमा ७१९ मतको मतान्तर रहेको छ । यता एमालेबाट उपमेयर पदका रहेका गिता खड्काले ५०४८ मत ल्याएर अगाडी रहेका छन् । उनको प्रतिस्पर्धी नेकपा एसका उम्मेदवार हृदयबहादुर तामाङ ३२८५ मतका साथ खड्कालाई पछ्याइरहेका छन् । उपमेयर पदमा खड्काको जीत गरिब निश्चित भैसकेको देखिन्छ, भने मेयर पदको उम्मेवारहरुको लागि मतगणना गर्न बाँकी भएका १ र २ नं. वडाको मत निर्णायक हुने छ ।...
कटारीमा गठन्धनको अग्रता कायमै, एमालेबाट उपप्रमुखको जीत करिब निश्चित

कटारीमा गठन्धनको अग्रता कायमै, एमालेबाट उपप्रमुखको जीत करिब निश्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको कटारीमा गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार राजेस चन्द्र श्रेष्ठ ५४८४ मतका साथ अगाडी रहेका छन् । एता उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ४७६५ मतका साथ पछ्याउदै छन् । दवै प्रतिस्पर्धी बीचमा ७१९ मतको मतान्तर रहेको छ । यता एमालेबाट उपमेयर पदका रहेका गिता खड्काले ५०४८ मत ल्याएर अगाडी रहेका छन् । उनको प्रतिस्पर्धी नेकपा एसका उम्मेदवार हृदयबहादुर तामाङ ३२८५ मतका साथ खड्कालाई पछ्याइरहेका छन् । उपमेयर पदमा खड्काको जीत गरिब निश्चित भैसकेको देखिन्छ, भने मेयर पदको उम्मेवारहरुको लागि मतगणना गर्न बाँकी भएका १ र २ नं. वडाको मत निर्णायक हुने छ ।...
त्रियुगामा ६० हजार मतदाता रहेकोमा ४० हजारले मात्रै मतदान गरे

त्रियुगामा ६० हजार मतदाता रहेकोमा ४० हजारले मात्रै मतदान गरे

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको त्रियुगा नगरपालिकामा ६० हजार ६ सय ५७ मतदाता रहेकोमा ४० हजार १ सय ७३ जनाले मात्रै मतदात गरेका छन् । यो कुल मतदाताको ६६ प्रतिशत मात्रै हो । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचन भएकोमा मतगणना कार्य विवादका कारण स्थगित रहेको थियो । मतदान भएको १२ दिनपछि आजबाट त्रियुगामा मतगणना कार्य सुरु भएको छ । निर्वाचन आयोगको जेठ ९ गतेको नियर्ण अनुसार आजबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरको सहायक निर्वाचन अधिकृत दिपक मगरले जानकारी दिए ।...
अवैध लागुऔषध सहित १ जना पक्राउ

अवैध लागुऔषध सहित १ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १० सुनसरीको गढी गाउँपालिका–४ स्थितबाट अवैध लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय २७ बर्षीय रोशन मेहेता रहेका छन् । हिजो दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका मेहेतालाई संका लागि चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको Dialex-Dc 100 ml. को २० बोतल,  Nitrosun-१०० ट्यावलेट, Nitravet-७०० ट्यावलेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...