Sunday, June 28News That Matters

Breaking News 2

दिखलीपाछाबाट जनप्रतिनिधी हुनेलाई अभिनन्दन

दिखलीपाछाबाट जनप्रतिनिधी हुनेलाई अभिनन्दन

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ९ । राेदुङ चामलिङ दिखलीपाछा राेमिपाेमीकाे गाईघाटमा सञ्चालन भएकाे दाेस्राे राष्ट्रिय  सम्मेलनमा आफ्नाे पाछाबाट जनप्रतिनिधि हुनेहरुलाई अभिनन्दन गरेकाे छ । उदयपुरकाे लिम्चुङबुङ गाउपालिकाकाे उपाध्यक्षमा निर्वाचित पुष्पलाल राई, साेहि पालिकाकाे वडा नं. ४ काे वडाध्यक्ष क्षत्र राईलाई राई संस्कार अनुसार सिर उभ्याउनीसहित अभिनन्दन एवम् सम्मान गरेकाे हाे ।  अन्य दुई वडासदस्यसमेतलाई आयाेजककाे अभिनन्दन रहेकाे छ ।  त्यसैगरि मुन्धुम मासिककाे सम्पादक, प्रकाशक राजबल राईलाई पनि सम्मान गरिएकाे थियाे ।...
कटारीमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

कटारीमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ९ । उदयपुरको कटारी नगरपालिकाको पछिल्लो मतगणनाको परिणाममा प्रमुखमा गठबन्धनतर्फको प्रमुख पदका उम्मेदवार नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठको अग्रता छ भने उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काको अग्रता छ । प्रमुखमा ३१६ मतको अन्तरले काङ्ग्रेसको श्रेष्ठको अग्रता छ । ४६९५ मत रहेको श्रेष्ठको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठको मत ४३७९ रहेको छ । उपप्रमुखमा फराकिलो मत अन्तर रहेको छ । १७८२ मतअन्तरले एमालेकी खड्का अगाडी छिन् । उनको ४६५२ मत प्राप्त हुँदा निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फका उपप्रमुख उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विनोद कटुवालको २८७१ मत रहेको छ । प्रमुखमा एमाले र काङ्ग्रेसको अग्रता आलोपालो आउने गरेको छ । तर, उपप्रमुखमा भने सुरुदेखि नै एमालेले अग्रता कायम गरेको छ ।...
के धरानवासीको हर्ष बन्लान् त हर्क ?

के धरानवासीको हर्ष बन्लान् त हर्क ?

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ९ स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभएको छ । साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाउनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्नुभएको हो । साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्नुभएको छ भने उहाँ प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गर्नुभयो । यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुस...
बलात्कृत युवतीको न्यायका लागि उदयपुरमा पनि विरोध प्रदर्शन

बलात्कृत युवतीको न्यायका लागि उदयपुरमा पनि विरोध प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ९ आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी एक युवतीका लागि न्याय माग्दै उदयपुरको गाईघाटमा आईतबार विरोध प्रदर्शन गरेको हो । उदयपुरका युवाहरुको अगुवाई र ओरेक उदयपुर, महिला सशक्तीकरण श्रोत केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल र उदयपुरका महिला अधिकार कर्मीहरुको एक्यबद्धतामा न्यायका लागि दवाब मुलक कार्यक्रम गरिएको हो ।युवाहरु रञ्जना मगर र सिताराम राउत लगाएको नेतृत्वमा स्वतन्त्र युवाहरुले दबाब मुलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा युवाहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् । युवाहरुले कार्यक्रममा बलात्कारी होसियार, बलात्कार र अन्य यौनजन्य हिंसा सम्बन्धि कानुनको हदम्यादको व्यवस्था हटाउ, सुन्दरी प्रतियोगिता खारेज गर, पीडितलाई न्याय दे, युवाहरु एक हौऔं, न्यायालय होसियार लगातका नारा लगाई पीडकलाई कडा कार्बाहिको माग सहितको नारा लगाएका थिए ।आठ वर्षअघि भएको एउटा ...
धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ८ धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी हुनुभएको छ । चार हजार ७६२ मतान्तरसहित उहाँ प्रमुखमा विजयी हुनुभएको हो । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गर्नुभयो । उहाँ लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिनुभएको थियो । नेकपा (एमाले) का मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गर्नुभयो । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी नेकपा ९एमाले०का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गर्नुभयो । बीस वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपा...
धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ८ गते । धारिलो हतियार प्रहार गरी सिरहामा बाबु र छोराको हत्या गरिएको छ । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ । मृतकको बाबु–छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो । विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु–छोराको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०–१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए । सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै ...
कटारीमा एमाले पछ्याउदै काँग्रेस

कटारीमा एमाले पछ्याउदै काँग्रेस

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ८ गते । उदयपुरको कटारी नगरपालिका–१० मा मतदान पश्चात गोली चल्दा १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको थियो भने १३ वर्षीय मोहन श्रेष्ठ घाइते भएका हुन् । सोही घटनाले कटरीको मत गणना केही समयको लागि स्थगित गरिएको थियो । अहिले निरन्तर मत गणनाको कार्य भईरहदा एमालेबाट मेयर पदका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ ३३०० मतका साथ अगाडी रहेका छन् । श्रेष्ठलाई ३१३३ मतका साथ गठबन्धका उम्मेवाद राजेश चन्द्र श्रेष्ठले पछ्याइरहेको छ । यता, उपमेयर पदमा एमालेकै उम्मेदवार गिता खड्का ३४३७ मतका साथ अगाडी रहेका छन् । खड्कालाई गठबन्धनबाट विनोद कटुवालले २५२३ मतका साथ पछ्याइरहेको छ । अहिले सम्म कटारीको ९ वटा वडामा गणना सकिएको छ । वडा १४ मा अम्बरबहादुर मगर, १३ मा शम्भु श्रेष्ठ, १२ मा यम्बरबहादुर कटुवाल, ११ मा अनन्त हायु, १० मा क्षेत्रबहादुर खड्का, ९ मा वेग बहादुर आलेमगर, ८ मा नविन्द्रकुमार तामाङ, ७ मा सुव...
उदयपुरको कटारीमा चट्याङ लागि महिलाको मृत्यु

उदयपुरको कटारीमा चट्याङ लागि महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ८ उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा चट्याङले लागेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भक्त कुमारी बुढाथोकी रहेकी छिन । आज बिहान ८ बजेको समयमा आफ्नै घरमा बसीरहेको अबस्थामा पानी सँगै परेको चट्याङ लागि सक्त घाईते भएकी थिईन । घाईतेलाई तत्काल उपचारको लागि कटारी अस्पताल ल्याएकोमा उनको उपचारको क्रममा १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय चौधरी निर्वाचित

छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय चौधरी निर्वाचित

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ८ सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उहाँले दुई हजार ८९५ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याउनुभयो । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याउनुभयोे । लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित हुनु भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवा...
म्यादी प्रहरी बालिका करणी अभियोगमा पक्राउ

म्यादी प्रहरी बालिका करणी अभियोगमा पक्राउ

Breaking News 2, समाचार
काठामण्डौँ, जेठ ७ प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ । पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् । (रासस)...