Sunday, June 28News That Matters

Breaking News 2

निर्वाचनमा फूलमाला बिक्री बढ्यो

निर्वाचनमा फूलमाला बिक्री बढ्यो

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ ७ रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गर्नुभएको छ । एक हप्तामा उहाँले रु एक लाख बराबरको सयपत्री फूल बिक्री गर्नुभयो । अहिले उहाँको बगैँचामा पहेँलपुर सयपत्री फूल फूलेका छन् । वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गर्नुभएका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूलमालाको माग आइरहेको छ ।” यसभन्दा अघि पनि फूलखेती थापा अहिले नसोचेको व्यापार हँुदा दङ्ग हुनुहुन्छ । निर्वाचनलाई मात्रै केन्द्रित गरेको हँुदा उहाँले यस पटक एक रोपनीमा खेती गर्नुभएको हो । “छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु, कतिपय...
त्रियुगा–१२ को मतदान केन्द्रबारे आयोगको छानबिन टोली

त्रियुगा–१२ को मतदान केन्द्रबारे आयोगको छानबिन टोली

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ६ काठमाडौँ–निर्वाचन आयोगले उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा अवरुद्ध भएको मतदानबारे स्थलगत अध्ययन गरी मुख्य निर्वाचन अधिकृतलाई आवश्यक निर्देशन दिन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा ती सदस्यीय उच्चस्तरीय टोली गठन गरेको छ । सो टोली हाल स्थलगत अध्ययनका क्रममा रहेको छ । आयोगको जेठ ५ गतेको निर्णयानुसार टोलीले स्थलगतरूपमा अध्ययन गरी आयोगका तर्फबाट अधिकार प्रयोग गरी आवश्यक निर्देशन दिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । गत वैशाख ३० गते सञ्चालन भएको उक्त वडाको जनप्रेमी आधारभूत विद्यालय (पुरानो गाईघाट) मतदान केन्द्रमा सञ्चालन भएको मतदान कार्यक्रम अवरुद्ध भएको थियो । आयोगले बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न आयुक्त सगुनशमशेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ । (रासस)...
त्रियुगाको १२ नं. वडामा सयौँ मतदाता मतदान गर्नबाट बञ्चित

त्रियुगाको १२ नं. वडामा सयौँ मतदाता मतदान गर्नबाट बञ्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । उदयपुरको त्रियुगा नगरपालिका–१२ नं. वडाका सयौँ मतदाता मतदान गर्नबाट वञ्चित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा मतदानको क्रमममा जनप्रेमी विद्यालयमा भएको विवादका कारण मतदान स्थगित भएको थियो । सूचनामा उल्लेख भए अनुसार वर्षाको कारण वडा नम्बर १२ को मतदान स्थगित भएको र अर्को सूचना टास गरि पुन: मतदान गरिने सूचनामा उल्लेख रहेको थियो । मतदान स्थगित भएको ८ दिन भइसक्दा पनि पुन ः निर्वाचन नहुदा स्थानीय मतदान गर्नबाट बञ्चित भएका हुन् । वडाबासीहरु आज (शुक्रवार) निर्वाचन कार्यालयमा गएर नवनियुक्त निर्वाचन अधिकृत उत्तम सिलवाललाई आफ्नो मत हालेर जनप्रतिनिधी छान्ने अधिकार हनन् भएको भन्दै ज्ञापन पत्र बुझाएका छन् । वडाका करिब २ सय भन्दा बढी मतदाताहरुले आफ्नो नामसहित लिखित रुपमै मतदानबाट बञ्चित भएको ज्ञापन पत्रमा उल्लेखित निर्वाचन कार्यालयलाई जानकारी गराएको छ । उनीहरुले पु...
त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ ६ वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै अन्योल छ । दिनको १२ बजेदेखि मतदान गर्न लाइनमा बसेका मतदाताले समेत सो दिन समयमा मतदान गर्न गएर पनि मतदान गर्न नपाएका कारण यस क्षेत्रका मतदाताको मतदान गर्ने अधिकार नै हनन हुन पुगेको त्रियुगा–१२ का मतदाता बताउँछन् । मतदान गर्न लाइनमा बसिरहेका मतदातालाई बेलुकी ४ बजे सो मतदान केन्द्रका मतदान अधिकृतले वर्षा र विभिन्न प्राविधिक कारण देखाउँदै मतदान स्थगित गरिएको तथा पुनः उपयुक्त समयमा मतदान हुने भन्दै फर्काएको तर अहिलेसम्म मतदान गर्न नपाएपछि यस क्षेत्रका मतदाताले आफूहरुको मतदान गर्ने अधिकार हनन् भएकामा गुनासो गर्न थालेका छन् । तीन हजार २६७ मतदाता रहेको त्रियुगा–१२ मा सो दिन दिनको २ बजेसम्ममा एक ह...
कटारीको ९ नं. वडामा एकिकृत समाजवादी विजयी

कटारीको ९ नं. वडामा एकिकृत समाजवादी विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । उदयपुरको कटारी नगरपालिका–९ मा एकिकृत समाजवादीको विजयी भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार रहेका धुव्रकुमार कार्कीलाई १२७ मतले हराएर समाजवादीका बेगबहादुर आलेमगरले वडा अध्यक्षमा जीत हासिल गरेको हो । आलेमगको ४०७ मत आउदा कार्कीले २८० मत ल्याएका थिए । कटारी–९ मा समाजवादीको प्यानलै विजयी भएका छन् । महिला सदस्य निर्मला खप्तरी मगर, दलिद महिला सदस्यमा सिता कुमारी सार्की, खुल्ला सदस्यमा खम्ब सिँ थापा मगर र चक्रबहादुर कार्की विजयी भएको हुन् ।...
देशभर २७९ स्थानीय तहमा काँग्रेसको जीत : ४६ स्थानमा अग्रता

देशभर २७९ स्थानीय तहमा काँग्रेसको जीत : ४६ स्थानमा अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ६ गते । स्थानीय तहको निर्वाचन सम्पन्न हुँना साथ मतगणनाको कार्य देशभर धमाधम भइरहेको छ । मतगणना भएको आठै दिन सम्मको मत परिणम अनुुसार देशभर नेपाली काँग्रेसले ७५३ वटा स्थानीय तह मध्ये २७९ प्रमुहको सिट जितिसकेको छ । उप–प्रमुखमा पनि काँग्रेसनै अगाडी रहेको देखिन्छ । त्यस्तै, यता अग्रताको कुरा गर्ने हो भने देशभर ४८ प्रमुख तथा ४६ उप–प्रमुखमा काँग्रेसनै अग्रस्थानमा देखिन्छ । नेकपा एमालेले देशभरमा १७५ प्रमुख तथा १९६ स्थानमा उप–प्रमुखमा जीत हासिल गरेर दोस्रो स्थानमा रहेको छ । अग्रतामा भने २३ स्थानमा प्रमुख र उप–प्रमुखमा ४४ स्थानमा अगाडी रहेको छ । यता माओवादी केन्द्रले भने ११२ स्थानमा प्रमुख पदमा तथा उप–प्रमुखमा १२० स्थानमा जितेको छ । देशभरमा प्रमुुखमा १० स्थानमा र उप–प्रमुखमा ९ स्थानमा माओवादी अगाडी रहेको छ । त्यस्तै, जसपा नेपालले प्रमुखमा २० र उप–प्रमुखमा २० स्थानमा जीतेको छ । एकि...
मतदान गर्न दवाव दिदै प्रदर्शन

मतदान गर्न दवाव दिदै प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ५ त्रियुगाको नगरपालिकाको मतगणना गर्नुपर्ने माग राख्दै एमालेले प्रदर्शन गरेको छ । एकालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे , नगर प्रमुख पदका उम्मेदवार भागवत राउत लगायतले नेतृत्व गर्दै मालपोत कार्यालयबाट प्रदर्शन शुरु गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी पुगेर प्रदर्शन गरिरहेका छन । एमालेले त्रियुगाको मतगणना तत्काल शरु गर्नुपर्ने माग गदै आएका छन । त्रियुगा १२ को जनप्रेमी आधारभुत विद्यालयमा वर्षात तथा असमान्य परिस्थितीका कारण मतदान रोकिएको थियो । मतदान अधिकृतले पुन मतदान गर्ने मिति सार्वजनिक गर्नेभन्दै सुचना टासेका थिए । १२ नं वडाका जनताको मतदान गर्ने अधिकार कुष्ठित हुँदा समेत एमाले मतगन्नु पर्नेभन्दै प्रदर्शनमा उत्रिएको छ ।...
कटारी १२ मा माओवादीको एकल जित

कटारी १२ मा माओवादीको एकल जित

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ५ कटारी नगरपालिका वडा नं. १२ को वडाध्यक्षमा माओवादी केन्द्रका यम्बर ब. कटुवालले जितेका छन । उनले ४६७ मत प्राप्त गरी विजयी भएका छन । कटुवालले काग्रेसका क्षत्र ब. कार्कीलाई पराजित गरेका छन । काग्रेसका कार्कीले ३४१ मत प्राप्त गरेका थिए । सो वडामा १०९५ मत खसेको थियो ।
चौदण्डीको प्रमुखमा कसले कती मत ल्याए ?

चौदण्डीको प्रमुखमा कसले कती मत ल्याए ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ५ चौदण्डीगढी नगरपालिकाको प्रमुखमा एमालेका कालुमान लामा ८८६३ मत ल्याउदै विजयी भैसकेका छन । सो पालिकाको प्रमुखका आंकाक्षीले पाएको मत विवरण खगेन्द्र राई (काग्रेस)–८०१२ नरेन्द्र कुमार राउत (एकिकृत समाजवादी)–४३७५ कमलध्वज राई (पुतली चिह्न)–६२१ राम प्रसाद आचार्य (रा.प्र.प्रा)–४७९ भुमीराज राई (मंगोल नेशनल)–३० प्रशान्त कुमार राई (हास चिह्न)–२९ अम्बर ब. विष्ठ (गुलाफ)–१८...
३ मतले विजयी

३ मतले विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,जेठ ५ गते । कटारी नगरपालिकाको वडा नं. ११ मा एमालेका उम्मेदवार ३ मतले विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष लडेका अनन्त हायुू ३ मतको झिनो मततान्तरले विजयी भएका छन् । हायूले ४१५ मत ल्याइ विजयी हुँदा निकटमत प्रतिस्प्रर्धी माओवादीका दिपक बुडा क्षेत्री ४१२ मत ल्याई पराजित भएका हुन् ।