पूर्णपुष्टि, वैशाख १८ गते ।
यही वैशाख ३० गतेका दिन हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले प्रत्येक जिल्लाको फरक फरक मतपत्रको नमुना सार्वजनिक गरेसँगै उदयपुरको पनि मतपत्र सार्वजनिक गरिएको हो ।
हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुने निर्वाचन आयोगले जनाएको छ ।...
पूर्णपुष्टि, वैशाख १८ गते ।
पार्टी अधिकारिका उम्मेवार विरुद्ध बागी उम्मेवारी दिएका नेतालाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरको छ । जिल्लाका पार्टी सभापति हिमाल कार्कीले वैशाख १७ गते विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको हो ।
विज्ञप्तीमा भनिएको छ “ केन्द्रीय कार्यालयको वैशाक १६ गतेको पत्र र नेपाली कांग्रेस उदयपुरको प्रेष विज्ञप्ती पत्रबाट वैशाख १४ गते गरिएको अनुरोध पत्रानुशार पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नलिएका साथिहरुलाई पहलो चरणमा नेपाली कांग्रेसको विधाननुशार निस्काशन गरिएको छ ।
नेपाली कांग्रेस उदयपुरले चौदण्डीगढी नगरपालिकामा प्रमुखमा बागी उम्मेदवारी दिएका प्रशासन्न राई, कटारीका प्रमुखमा उम्मेदवारी दिएका थापा, सोही नगरका उप–प्रमुखकी उम्मेदवार मन कुमारी भूजेल, ताप...
काठमाण्डौँ, बैशाख १८
पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उहाँ आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसक्नुभएको छ ।
दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आउनुभएको छ । यसरी नै उहाँले करिब तीन दशक बिताउनुभयो । श्रमिक दिवसको दिन पनि उहाँले आराम गर्ने समय पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “श्रमिक दिवस भनेको के हो ? हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उहाँ मजदुरी गरेवापत दैनिक रु ६०० ज्याला बुझ्नुहुन्छ । त्यसैबाट चार छोराछोरी र श्रीमत...
पूर्णपुष्टि, बैशाख १७
मतातिर्थ औँसीका अवसरमा सहिद लिलाप्रसाद पराजुलीकी आमा हरिमाया पराजुली सम्मानीत भएकी छन् । शनिबार सहिदकी आमा पराजुलीलाई वाम लोकतान्त्रिक गठबन्धन धरानका उम्मेदवारहरुले सम्मान गरेका हुन् । गठबन्धनका धरान प्रमुखका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले सम्मान गरेका हुन् ।
स्थानीय तहको निर्वाचनको घरदैलो कार्यक्रममा सम्मान गरेका हुन् । सहिद पराजुली २३ वर्षको उमेरमा घरबाट बेपत्ता भएका थिए । २० वर्ष बितिसक्दा पनि छोरो घर नफर्किएको हरिमायाको भनाई छ । उनले भनिन् ‘जनयुद्धको समयमा साथीहरुसँग घरबाट निस्केको थियो, हालसम्म फर्किएन । अन्य साथीहरु घर फर्किए ।’ उनले थपिन्, ‘पार्टीका मान्छेले छोरो सहिद भएको खबर दिए तर लास देख्न पाएनौं ।’ गठबन्धनका उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले धरानका युवाहरुको साथ र वृद्धवृद्धा आमाबुबाहरुको आशिर्वादले मनोबल बढेक...
पूर्णपुष्टि, बैशाख १७
कटारी नगरपालिकाको मेयर पदमा एमालेका उम्मेदवार बिरुद्द बागी उम्मेदवारी दिएकी भिम कुमारी राउतले चुनाब चिह्न खानेपानीको धारा पाएकी छिन । निर्बाचन अधिकृतको कार्यलय कटारीले उनलाइ आज धारा चुनाब चिह्न प्रदान गरेको हो । उनी कटारी नगरपालिकाको निबर्तमान उपमेयर समेत हुन ।
पूर्णपुष्टि, बैशाख १७
उदयपुरको लिम्चुङचुङ गा.पा. को अध्यक्ष पदमा उम्मेदवारी दिएका होम ब. राईले जेब्रा चुनाव चिह्न पाएका छन यस्तै गा.पा. उपाध्यक्ष पदका लागि काङ्ग्रेसबाट बागि उम्मेदवारी दिएकी रमिला राइले पनि जेब्रा चुनाब चिह्न रोजेको निर्बाचन अधिकृतको कार्यलय लिम्चुङबुङले जनाएको छ ।
पूर्णपुष्टि, बैशाख १७
त्रियुगा नगरपालिकका मेयर पदका स्वतन्त्र उम्मेदवार चित्रकुमार कार्कीले जेब्रा चुनाव चिन्ह पाएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेले चुनाव चिन्ह प्रदान गरेको हो ।
पूर्णपुष्टि, वैशाख १६ गते ।
त्रियुगा नगरपालिकामा उपमेयर उम्मेदवारी रहेकी महेश्वरी राईले रक्तदान गरेकी छिन् । १३३ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राईले रक्तदान गरेकी हुन् । समग्र ट्रेड युनियन नेपाल उदयपुर सिमेन्ट उद्योगको आयोजनामा भएको रक्तदान कार्यक्रममा राईले सहभागी जनाएकी हुन् । समाजसेवीको रुपमा परिचत राईले रक्तदान सँगै उपस्थिति जनताहरुमा भोटको समेत अपिल गरिन् । नेकपा एमाले बाट उपमेयर पदका लागि उम्मेदवारी राईले जनताको विकासमा आफ्नो पूर्ण समर्थन र सुखि नगरवासीका लागि उम्मेदवारीको कारण समेत जनाईन् । उनीले रक्तदान जिवन दान पनि आफ्नो प्रमुख अभियानको रुपमा रहेको बताईन् । राई सहित करिब ७० जना बराबरले रक्तदानमा सहभागी लिएका छन् ।...
पूर्णपुष्टि, वैशाख १६ गते ।
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरी गरीएको निर्णय देशको अहितमा रहेकोले सो निर्णय सच्याउनु पर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयबाट दुरदरामा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने टिप्पनी प्रशासकको रहेको छ ।
प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने विषलेशण गरेका छन् । सरकारले आगामी १ जेठदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना भएको छ ।
सरकारको यस्तो निर्णयले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने भन्दै विरोध भएको हो । पूर्व मुख्यसचिव विमल कोइरालाले बिना अध्ययन र विश्लेषण दुई दिन बिदा दिने गरी गरिएको निर्णयले परिणाम उल्टो आउन सक्ने बताए । कोइरालाले हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन नसक्ने र यो निर्णय प्रत्युत्पादक हुन स...
पूर्णपुष्टि, वैशाख १५ गते ।
स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता भएसँगै राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा होमिन थालेका छन् । उदयपुरमा दलहरु जनताको घर–घरमा मतमाग्न जान थालेका छन् ।
उदयपुरमा कांग्रेस, एमाले तथा कुनै पालिकामा दुई दलिय त कुनै तीन दलीय गठबन्धनको प्रतिस्प्रर्धा छ ।
राजनितीक दलहरु मतदानसँग आफूलाई मतदान गर्न आग्रह गर्दै गाउँगाउँ पुगेका छन् । यसरी मतमाग्न जादा राजनीतिक दलका कार्यकर्ताको हुलै जाने गरेको छ । आफूलाई मतदिने कार्यकर्ता तथा मतदाताको घरमा झण्डा राख्ने, चोकमा भण्डा पार्टीका चुनाव चिन्ह राख्नेदेखी आफ्नो घोषणापत्र प्रतिवद्धता पत्र बाड्न व्यस्त हुन थालेका छन् ।
उदयपुरमा ठूला दल चुना प्रचार–प्रसारमा सक्रिय देखिएपनि साना दलहरु भने चुनाव प्रचार प्रसारमा खासै देखिएका छैनन् ।
...