त्रियुगामा त्रीपक्षिय प्रतिस्पर्धा
पूर्णपुष्टि, वैशाख १५ गते ।
उदयपुरको त्रियुगामा त्रीपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । त्रियुगा नगरपालिकाको प्रमुखका लागि १३ जना र उप–प्रमुखका लागि ११ जनाको मनोनयन परेपनि कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादीको दुई दलिय गठबन्धन बीच तीब्र प्रतिस्पर्धा हुने नेता कार्यक्रर्ताले नै बनाउने गरेका छन् । त्रियुगा नगरको प्रमुखका लागि दुई दलिय गठबन्धनबाट एकिकृत समाजवादीका बलदेव चौधरीले उम्मेदवारी दिएका छन् । उनी निर्वतमान मेयर समेत हुन् । उनले अघिल्लो चुनावमा एमालेबाट चुनाव जितेका थिए । चौधरी त्रियुगाको मेयर हुँदा आफूले जनताको चाहना बमोजिम काम गरेकोले फेरी पनि बिजय हुनेमा ढुक्क छन् । उझ आफू त्रियुगालाई उपमहानगर बनाउने उद्देश्यका साथ अगाडी बढेकाले जनताले आफूलाई फेरी चुन्नेमा ढुक्क छन् ।
यस्तै, गठबन्धनको उपमेयरकी उम्मेदवार गिता खड्का कार्की पनि माओवादीको संगठनमा भिजेकी नेतृ हुन् । उनी यसअघिको...









