Monday, June 1News That Matters

Breaking News 2

उदयपुरमा टिपरमा करेन्ट लाग्दा चालक गम्भीर घाईते

उदयपुरमा टिपरमा करेन्ट लाग्दा चालक गम्भीर घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ८ उदयपुरमा टिफरमा करेन्ट लाग्दा चालक गम्भिर घाईते भएको छ । उदयपुर कटारी नगरपालिका–८ बर्मीमा अस्थाई नम्बर प्लेट १०६४ को टिपरले टायल, मार्वलको टुक्रा (फोहोर) फाल्ने क्रममा टिपरको ट्रलीले मेन लाईनको विद्युतिय तारमा टच भर करेन्ट लाग्दा चालक गम्भीर घाईते भएको हो । घाईते हुनेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–११ बस्ने ३० बर्षीय सागर तामाङ्ग रहेको छ । घाईते तामाङ्गलाई उद्धार गरी कटारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी किर्तिपुर अस्पताल काठमाण्डौं पठाईएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।  ...
बलिउड स्टार सुनिल सेट्टीले नेपाली चलचित्र खेल्दै, नेपालमा ६ दिन सुटिङ गर्ने

बलिउड स्टार सुनिल सेट्टीले नेपाली चलचित्र खेल्दै, नेपालमा ६ दिन सुटिङ गर्ने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक ८ बलिउड स्टार सुनिल सेट्टीले नेपाली चलचित्र ‘एक्स ९’मा काम गर्ने भएको छ । उनले नेपालमा ६ दिन सुटिङ गर्ने भएको छ । चलचित्र ‘एक्स ९’मा बलिउड नायक सुनिल सेट्टीले १२ दिनको समय दिने छ । सेट्टीले नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । चलचित्रका निर्देशक मुकुन्द भट्टले बलिउड स्टार सेट्टी सँग चलचित्रका लागि संझौता भैसकेको जानकारी दिएका छन् । यो चलचित्रलाई महंगो बजेटमा बनाउन लागिएको छ । केहि दिनमै चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी समेत गरिएको उनको भनाई छ । चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । साथमा, सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ । चलचित्रमा २ नयाँ नायिका हुने भट्टको भनाई छ ।...
उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट 

उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट 

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ८ उदयपुरमा आग्लागी हँदा एक घर जलेर नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका– १ सिम्लेस्थित फुसको छानो भएको रहरमान राईको घरमा आग्लागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आईतबार बिहान १० बजेदेखि सल्कीएको आगो घर खरानी भएपछि मात्र नियन्त्रणमा आएको थियो । स्थानीय राईको एक तले घरमा भएको खाद्यन्न तथा लताकपडा र नगद सबै जलेको स्थानीले बताएका छन् । आगलागीको कारण भने थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।...
उदयपुरमा बोलेरो दुर्घटना, ८ जना घाइते

उदयपुरमा बोलेरो दुर्घटना, ८ जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ७ उदयपुरमा ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका–५ आम्बोटेमा बर्रेबाट कटारी तर्फ जाँदै गरेको को १ ज ३१८८ नम्बरका बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् । उदयपुरगढी गाउँपालिका–३ का ४३ वर्षीय खिलराज तामाङ, सोही ठाउँ बस्ने वर्षीय २० आशिष खड्का, सोही पालिका–४ बस्ने ५० वर्षीया सुनमाया तामाङ, सोही वडा बस्ने २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीया चिनमाया तामाङ, १५ वर्षीय मेख बहादुर बस्नेतको साथै दोलखा जिल्ला विगुल गाउँपालिका–४ बस्ने २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । घाइतेहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भईरहेको प...
धादिङमा गुडिरहेको वसमा एक्कासी आगलागी

धादिङमा गुडिरहेको वसमा एक्कासी आगलागी

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ७ सुर्खेत बाट काठमाण्डौँ तर्फ गईरहेको यात्रुवाहक वसमा एक्कासी आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बाहक बसमा आईतबार बिहान २ बजे धादिङको गजुरीमा आगलागी भएको हो । बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ । बस भने पूर्ण रुपमा क्षेती भएको छ । धादिङ प्रहरीका अनुसार गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको जानकारी दिए । बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।...
स्रोत नखुलेको रकम र सुनसहित २ जना पक्राउ

स्रोत नखुलेको रकम र सुनसहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ५ सुनसरीको धरान उपमहानगरपालिका–२ स्थितबाट स्रोत नखुलेको नगद रकम र बिल भरपाई बिनाको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१५ सगरमाथा लाईन का ४८ वर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ का ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । हिजो दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरु दुवैलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २५८.३२० ग्राम र नगद १८ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
ब्राउन सुगर सहित ३ जना पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ५ झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १९ का २६ बर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका ८ का ३५ बर्षीय बिमल भुजेल र मोरङ कानेपोखरी गाऊपालिका ४ का २६ बर्षीय नारायण मगर रहेका छन् । बिहिबार बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो ।यसै गरी हिजै सोही समयमा अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका ८ अटल पम्प कम्पाउन्ड भित्रबाट ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा ३ कोरोना संक्रमित थपिए, ६ संक्रमणमुक्त हुन बाँकी

उदयपुरमा ३ कोरोना संक्रमित थपिए, ६ संक्रमणमुक्त हुन बाँकी

Breaking News 2, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक ४ उदयपुरमा आज (विहिबार) थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितसंगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ५ सय ७७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित त्रियुगा र कटारी नगरपालिकाका रहेका छन् । त्रियुगाको वडा नम्बर १० का एक ४२ वर्षीय पुरुष र एक ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, कटारीको वडा नम्बर ८ का एक ६० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा संक्रमणमुक्त हुनेको कुल संख्या १ हजार ८ सय ८० पुरुष र १ हजार ६ सय ३६ महिला गरी ३ हजार ५ सय १६ जना रहेका छन् । जिल्लामा संक्रमणमुक्त हुन बाँकी ६ जना मात्रै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३६ पुरुष र १६ महिला गरी ...
उदयपुरको बिलाउने कोरिया खोलाले बगाएर एक पुरुषको मृत्यु

उदयपुरको बिलाउने कोरिया खोलाले बगाएर एक पुरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३ उदयपुरमा मंलबार बिहानबाट निरन्तर परेको अबिरल वर्षाका कारण आएको खोलाबाढीले बगाउँदा एक पुरुषको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ बिलाउने कोरिया खोलामा आएको बाढीले बगाउँदा सोही स्थानका ४० वर्षीय टुुकबहादुर खड्काको ज्यान गएको हो । खड्का हिजो बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो । उनको खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ साढे ६ बजे १ किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ ।...
ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १ संखुवासभा मादी नगरपालिका १ तिनजुरे स्थित भित्री कच्चि सडक खण्डमा ट्यक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका १ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । हिजो बिहानको राती १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको ON TEST ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बाँयाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको छ । घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।  ...