Monday, June 1News That Matters

Breaking News 2

श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको अभियोगमा श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ११ उदयपुर घर भएकी एक महिलालाई मट्टितेल खन्याएर आगो लगाएको अभियोगमा उनकै श्रीमान ललितपुरबाट पक्राउ परेको छ । गोदावरी नगरपालिका झरुबासीस्थित आज बिहान २७ वर्षीया मुना मगरमाथि मट्टितेल खन्याएर आगो लगाइएको अभियोगमा २८ वर्षीय राजु देसारलाई प्रहरीले पक्राउ हो । चापागाउँ घर भएका देसारलाई आफ्नै श्रीमतीलाई आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मुनाको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो । ‘बिहान करिब ४ बजेतिर खबर आएको हो । उनीहरू झरूबासीमा कारखानामा बस्ने रहेछन्,’ महर्जनले भने, ’श्रीमानले आफूमाथि मट्टितेल खन्याएर आगो लगाइदिएको भनेका छन्। श्रीमानले भने उनी आफैंले आगो लगाएको बताएका छन् ।’ घाइते भएकी मुनाको चिउँडोमुनिको भाग जलेको छ । अहिले उनी बोल्न सक्ने भएपनि अवस्था गम्भीर रहेको महर्जनले...
कटारीको पोखरियामा विद्युत पुग्यो, तिहारमा गाउँनै झिलिमिलि हुँने मेयर श्रेष्ठको भनाई

कटारीको पोखरियामा विद्युत पुग्यो, तिहारमा गाउँनै झिलिमिलि हुँने मेयर श्रेष्ठको भनाई

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ११ राष्टिय प्रसारण प्रणालीको विद्युत सेवा उदयपुरको अति विकट ठाउँ कटारी नगरपालिका–१ पोखरिया गाउँमा पुगेको छ । बुधबार एक कार्यक्रम बिच पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घले र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले वत्तिको स्विच थिचेर उद्घाटन गरेका थिए । नेपाल विद्युत प्राधिकरण र कटारी नगरपालिकाको सहकार्यमा पहिलो पटक पोखरियामा राष्ट्रिय प्रणालीको विद्युत पुर्याएको हो । अहिले ३० घरमा मिटर जडान गरी विद्युत वत्तिको उद्घाटन गरिएको छ केहि दिनमा थप ३० घरमा मिटर जडान गरिने छ । भौगोलिक विकटताका कारण नगरपालिकाको पहलमा विजुली पोखरियासम्म पुगेको मेयर श्रेष्ठले बताउनुभयो । उनका अनुसार ट्रान्सफर्मर, पोल ढुवानी लगायतको कामको लागि नगरपालिकाले सहयोग गरेको बताए ।लामो प्रयास स्वरुप पोखरियामा विद्युत पुगेको छ । गाउँमा विद्युतको पहुँच पुगेसँगै अबस्थानीय स्रोत र साधनको सदुप...
लागूऔषध सहित एक युवक पक्राउ

लागूऔषध सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ११ मोरङ बिराटनगर महानगरपालिका–१४ जतुवा चोकबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका ९ का १९ बर्षीय आशिष महतो रहेका छन् । हिजो दिउसो साढे २ बजे CRV पोष्ट जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
सेयर बजार बुधबार पनि उकालो लाग्यो, कारोबार रकममा पनि सुधार

सेयर बजार बुधबार पनि उकालो लाग्यो, कारोबार रकममा पनि सुधार

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक १० लगतारको करेक्सन पछि सेयर बजार पुनः उकालो लागेको छ । साताको चौथो दिन आर्थात पनि सेयर बजारमा सुधार देखिएको छ । आज नेप्से १८.०६ अंकले बढेर रोकिएको छ । बजारमा कारोबार रकम पनि सुधारमा आएको छ । आज नेप्से २७५९.१३ पुग्दा कारोबार रकम ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो । अघिल्लो साता दुई÷तीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो । यो रकम मंगलबारको तुलनामा समेत बढेको छ । बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो । यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । बुधबार जिवन बिमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो । तर, होटेल र प...
हावाहुरीका कारण १५ बिघा क्षेत्रफलको केराबगानमा २५ लाख बढीको क्षती

हावाहुरीका कारण १५ बिघा क्षेत्रफलको केराबगानमा २५ लाख बढीको क्षती

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १० बेमौसमी हावाहुरी र बर्षाका कारण सप्तरीको केराबगानमा २५ लाख बढी क्षती पुगेको छ । लाखौँको क्षती पुगेपछि किसान चिन्तित बनेको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए । एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित रहेको केरा बगानमा ठूलो क्षति पुगे सँगै सयौँ घरी केरा नष्ट भएको हो । दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा रु.२५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताए । उनले भने, छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उनले सुनाए । यही कात्तिक १ र २ गते भएको वर्षा र हावाहुरीले उनले लगाएको केराबाली नष्ट गरेको हो । वर्षा र हावाहुरीले लगाएका अधिकांश केराक...
रौतामाई गाउँपालिकाको एमाले कमिटि अध्यक्षमा केशव राई

रौतामाई गाउँपालिकाको एमाले कमिटि अध्यक्षमा केशव राई

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १० रौतामाई गाउँपालिकाको एमाले कमिटि अध्यक्षमा केशव राई सर्वसहमत चयन भएको छ । हाल देशैभर भईरहेको एमाले अधिवेशन उदयपुरमा पनि जारी छ । यस अघि जिल्लाको कटारी, लिम्चुङबुङ र उदयपुरगढीले एमाले कमिटिका पालिका अध्यक्ष ढंगो लगाईसकेको छ । रौतामाईले पनि टुंगो लगाएपछि अब त्रियुगा, बेलका, चौदण्डीगढी र ताप्लीले अध्यक्ष टुंगो लगाउने प्रयासमा छ । सम्वत जिल्लाका अन्य बाँकी रहेको पालिकाहरुले पनि आजै एमाले पालिका अध्यक्षको टुंगो लगाउने निर्वाचन अध्यक्ष मण्डलका सदस्य महेश रोक्काले जनाए । रौतामाईमा एमाले कमिटि अधिवेशनले राईको नेतृत्वमा उपाध्यक्ष खिलराज राई, सचिवमा ललित मगर, उपसचिव देवीमाया दाहाल र चेतबहादुर थापा चयन गरेको सँगै कमिटीमा ७५ सदस्सीय रहेको छ ।...
नेकपा एमाले त्रियुगा नगर अध्यक्षमा चारजनाको मनोनयन

नेकपा एमाले त्रियुगा नगर अध्यक्षमा चारजनाको मनोनयन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, कात्तिक १० । नेकपा एमाले त्रियुगा नगर कमिटिको नेतृत्वमा चारजनाको दावी परेको छ । नगर अध्यक्षका लागि चारजनाले मनोनयन गराएका छन् । सिर्जना दनुवार, केशब घिमिरे, दुर्गानन्द चौधरी र कुलबहादुर राउतको मनोनयन परेको हो । उनीहरुबीच सर्बसहमतिबाट नेतृत्व खडा गर्नेमा पार्टी लागी परेको बुझिएको छ । सोही अनुरुप उनीहरुबीच सहमति जुटाइ नेतृत्व चयन गर्ने उद्देश्यले पार्टी कार्यालयमा आज  पहल भइरहेको छ । एमाले स्रोतका अनुसार हर्दैसम्म सर्बसहमतका लागि पहल गरिनेछ, अन्यथा चुनाव हुनेछ । मनोनयन गरेका सबै उम्मेदवारहरुले आप्mनो नेतृत्व स्थापनामा जोड दिएका छन् ।...
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘हल्का रमाईलो’ अब हिमालयन टेलिभिजनबाट प्रसारण हुने

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘हल्का रमाईलो’ अब हिमालयन टेलिभिजनबाट प्रसारण हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक १० नेपालको चर्चित हास्य टेलिसिरियल हल्का रमाईलो अब हिमालयन टेलिभिजनबाट प्रसरण हुने भएको छ । नेपालमा अत्यादिक रुचाईएको हल्का रमाईलो आउँदो आईतबार बाट हिमालयन टेलिभिजनबाट प्रसारण हुने हल्का रमाईलोका लेखक, निर्देशक तथा कलकार मरिचमान श्रेष्ठले बताए । यस टेलिसिरियलको १०२ भाग प्रशारणमा आईसकेको छ । मरिचमान र राजुको लेखक, निर्देशन एवं अभिनय समेत रहँदै आएको अर्को टेलिसिरियल ‘जुठे’ पनि हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको छ । अबदेखि हरेक आईतबार राती ८ बजेपछि टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन, निर्देशन रहँदै आएको ‘हल्का रमाईलो’ लोकप्रिय हास्य टेलिसिरियल मानिन्छ । टेलिसिरियलमा मरिचमान श्रेष्ठ, राजु पौडेल, सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्वल खड्का, सविना आचार्य, सविना गिरी लगायतको अभिनय रहँद...
उदयपुरमा दुई दिनदेखि बेपत्ता रहेका एक पुरुषको शव फेला

उदयपुरमा दुई दिनदेखि बेपत्ता रहेका एक पुरुषको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ९ उदयपुुरमा दुई दिनदेखि बेपत्ता भएका एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको सदरमुकाम गाईघाटस्थित डीएम गेट नजिकै घर भएको ७८ वर्षीय खड्गबहादुर विश्वकर्माको शव फेला परेको हो । विश्वकर्मामा शनिवारबाटै हराएका थिए । आफ्नै घरबाट हराएका एक्कासी सम्पर्कबिहीन बनेका उनको शव सोमबार बिहान साढे ९ बजे त्रियुगा नगरपालिका–१३ पोर्ताहस्थित त्रियुगा नदी किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पोर्ताहका एक स्थानीयले नदीले बगाएर ल्याएको व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै जिप्रका उदयपुरबाट खटिएको टोलीले मुचुल्का तयार पारी लाश पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको जिल्लाका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो । पोस्टमार्टमलगतै दाहसंस्कारसमेत गरिएको पारिवारिक स्रोतले जनाएको छ ।...
प्रदेश १ मा हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

प्रदेश १ मा हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ९ इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्यमान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरिया...