Monday, June 1News That Matters

Breaking News 2

मोटरसाईकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १६ गएराति रौतताहटमा भएको मोटरसाईकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादव रहेको छ । बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भएको थियो । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर प्रहरी जवान यादवको मृत्यु भएको रौताहट प्रहरीले जनाएको छ ।...
उदयपुरको रौतामाईमा करेन्ट लागेर मगरको मृत्यु

उदयपुरको रौतामाईमा करेन्ट लागेर मगरको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १५ उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । रौतामाई गाउँपालिका ८ खमारेका ४१ बर्षिय डम्वर बहादुर मस्र्याग्री मगरको करेन्ट लागी मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमका अनुसार घर नजिकैको बाँस काट्ने क्रममा अचानक मेन लाईनको विधुत तारमा टच भई करेन्ट लाग्दा घट्ना स्थलमै मगरको मृत्यु भएको जनाएको छ । करेन्ट लागेर मृत्यु भएको खबर प्रहरीमा आउन साथ सुकौरा बाट प्रहरी टोली घटना स्थल तर्फ गएर घटा स्थललाई सुरक्षित राख्ने र थप अनुसन्धान गर्ने काम भईरहेको डिएसपी गौतमले जनाए । मगरको लास पोष्टमार्टमका लागि जिल्ला हस्पिटल उदयपुर झारिएको छ ।...
चार वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

चार वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १४ चार वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ परेको छ । जिल्लाको भिमदत्त नगरपालिका–१६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई प्रहरीले करणी गरेको अभियोगमा पक्राउ गरेको हो । सिहंले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सिहंमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित

तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १४ तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित तामाङ चयन भएका छन् । उनि तामाङ पत्रकार संघ उदयपुरको तेस्रो जिल्ला अधिवेशनमा बाट सर्वसहमत अध्यक्षमा चयन भएको हो । अध्यक्ष तामाङ सहित उपाध्यक्ष सन्तोषकला तामाङ, सचिव तारा तामाङ ब्लोन, सह सचिव मिलन लो तामाङ, कोषाध्यक्ष सम्झनाकुमारी तामाङ र सदस्यहरु ः कुसुम तामाङ, भेषमोहन गोले, यमुना गोले, असोक तामाङ रहेका छन् । अधिवेशन शनिवार गाईघाटमा भएको थियो ।...
प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनमा व्यस्त

प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनमा व्यस्त

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १३ प्रधानमन्त्री शेरबहादुर देउवा अहिले लण्डनको भ्रमणमा छ । देउवाको लण्डनमा व्यस्त कार्यतालिका सार्वजानिक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन पुगेका छन् । प्रधानमन्त्री देउवासँग दिउँसो बेलायत–नेपाल समाजका प्रतिनिधि र बेलायत–नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिलगायतले भेट्ने कार्यक्रम रहेको छ । आजै साँझ उनले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गने स्वागत कार्यक्रमलाई सम्बोध...
देश र जनताप्रति जवाफदेही पत्रकारिता हुनुपर्ने राज्यमन्त्री अधिकारीको भनाइ

देश र जनताप्रति जवाफदेही पत्रकारिता हुनुपर्ने राज्यमन्त्री अधिकारीको भनाइ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लव अधिकारीले देश र जनताप्रति जवाफदेहि बनेर पत्रकारहरुले काम नगरे पत्रकारिताको धर्म नष्ट हुने बताएका छन् । पत्रकारिताको धर्म बचाउन देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने उनले बताए । प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षसमेत रहेका राज्यमन्त्ती अधिकारीले प्रतिष्ठानको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको संयोजनमा भएको पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रियामा बोल्दै सो कुरा बताएका हुन् । “मुलुक र जनता जहिल पनि शिरमा हुनुपर्छ ” उनले भने “पत्रकारिता मात्र नभइ सबै क्षेत्र जनताप्रति जवाफदेहि हुनुपर्छ । सरकार कहिले काँही शक्तिको आडमा अन्धो हुनसक्ने भन्दै त्यस्तो बेला पत्रकारिता जगतले झकझाउनु पर्ने बताउनुभयो । सरकार कहिलेकाही निरंकुश पनि हुनसक्ने भन्दै त्यस्तो बेला पत्रकारिताले खबरदारी ...
उदयपुरमा पत्रकार आचार संहिता सम्बन्धी अन्तरक्रिया

उदयपुरमा पत्रकार आचार संहिता सम्बन्धी अन्तरक्रिया

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १२ उदयपुरमा पत्रकार आचार संहिता सम्बन्धी एक दिने अन्तरक्रिया कार्याक्रम भएको छ । प्रादेशिक सञ्चार प्रतिष्ठान विराटनगरको आयोजनामा गाईंघाट स्थित ड्रिमल्याण्ड होटलमा बृहत आचार संहिता कार्यक्रम भएको हो । पत्रकारिताको लागि आचार संहिताको अत्यादिक महत्व देखाउँदै यसको परिधिभित्र रहेर पत्रकारहरुले समचार लेख्दा पत्रकारिताको पहिचान हुने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रादेशिक संञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशक यज्ञ शर्माले बताए । अन्तरक्रियामा शर्मा स्वयम आफैले प्रतिष्ठानको बारेमा प्रष्ट पारेको छ । तत्कालै निर्माण गरिएको प्रतिष्ठानले गर्ने बिभिन्न कामको बारेमा शार्माले प्रष्ट पारेको छ । शर्माले प्रतिष्ठानको मुख्य कामहरु क्ष्मता अभिबृद्धि गराउने, पत्रकार सुरक्षा,  अध्यान अनुसन्धान, जनचेतना अभिबृद्धि, सहकार्य, सूचनाको हक र पत्रकार आचारसंहिता लगायतको कामहरु गर्ने ...
नक्कली भारतीय तथा नेपाली नोट छापेको अभियोगमा एक पक्राउ

नक्कली भारतीय तथा नेपाली नोट छापेको अभियोगमा एक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १२ नक्कली भारतीय तथा नेपाली नोट छापेको अभियोगमा महोत्तीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका गौशाला नगरपालिका–९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा–५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ वर्षीय सुकन महतो पक्राउ परेको हो । महतोलाई नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनको साथबाट तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको ८ लाख ८२ हजार ४ सय २० नेपाली नोट र विभिन्न दरको कटिङ गरिएको नक्कली २ लाख ७७ हजार ९ सय ७० भारतीय रुपैयाँ महतोको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । यस्तै उनको साथबाट विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७०, भारु २६ समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार काठको ट्रेस फर्मा २ थान, रब...
बोक्साको अभियोगमा एक पुरुषमाथि कुटपिट, एकजना पक्राउ

बोक्साको अभियोगमा एक पुरुषमाथि कुटपिट, एकजना पक्राउ

Breaking News 2
पूर्णपुष्टि, कार्तिक १२ बोक्साको अभियोगमा एक जना पुरुषमाथि निरघात कुटपिट भएको छ । औरही नगरपालिकाका–९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई स्थानीयहरुले बोक्सा भनि कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ । कुटपिटको शिकार भएका ठाकुर र रामशिलाका पति पहिला सँगसँगै काम गर्थे । उनीहरु दुवै जना सँगै बसेर रक्सी पनि पिउने गर्थे । दशैंको केही दिन अगाडि दुवै जनाले रातिको समयमा रक्सी पिएका थिए । त्यसको भोलिपल्ट रामशिलाका पतिको मृत्यु भयो । पतिको मृत्युपछि गत कात्तिक १० गते उनका छोरा मोटरसाइकल दुर्घटनामा परेका थिए । यो दुई घट्ना ठाकुरले नै टुनामुना लगाएर गराएको भन्दै रामशिलाले घरमै गएर ठाकुरमाथि कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ । ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितकाले कुटपिट गरेको जिल्ला प्रहरी क...
उदयपुरमा प्रादेशिक सञ्चार प्रतिष्ठानकाे अन्तरक्रिया

उदयपुरमा प्रादेशिक सञ्चार प्रतिष्ठानकाे अन्तरक्रिया

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । प्रादेशिक सञ्चार प्रतिष्ठान १ नं. प्रदेशकाे आयाेजनामा उदयपुरमा पत्रकार आचार संहिता सम्बन्धि अन्तरक्रिया आज गरेकाे छ । गाईघाटकाे ड्रिमल्याण्ड हाेटलमा भएकाे कार्यक्रममा जिल्लाका पत्रकारहरुसंग अन्तरक्रिया गरेकाे हाे । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको समन्वय तथा प्रादेशिक सन्चार प्रतिस्ठानको आयोजनामा प्रतिस्ठानका अध्यक्ष एबम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिल्लाबल्लब अधिकारी, प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे ।...