मोरङ कारागारमा चौकीदारको यातना सहन नसकेको भन्दै कैदीहरु बीचमै झडप, ६ जना घाईते
पूर्णपुष्टि, कार्तिक २३
मोरङको विराटनगर कारागारमा चौकीदारको यातन सहन नसकेको भन्दै कैदीबन्दी बिच झडप भएको छ । सो झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दी बीच आज बिहान झडप भएको हो ।
कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका छन् । घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।
चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति पैदा भएको हो । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए ।
पदम कुमार लिम्बु, निर्मल ढकाल, राम ...









